साढे ४ करोड लगानीमा पोखरामा हट एयर बेलुनः यस्तो छ संघर्षको कथा



पोखरा । भक्तपुरका बिक्रम बाडे काठमाडौंस्थित एजेडब्लु कलेजको कामको शिलशिलामा ३ बर्षअघि दार्जिलिङ जाँदा आकासमा बडेमानको बेलुनमा मान्छेहरु चडेर घुमेको अनि रमाइरहेको देखे ।

त्यो दृश्यले उनलाई फ्ल्यासब्याकमा पुर्यायो । सानो छँदा उनले काठमाडौको आकाशमा हट एयर बेलुनमा पर्यटक घुमाउने गरेको देखेका थिए, जुन तत्ः समय नै बन्द थियो ।

केही दिनमा उनी आफ्नो यात्रा सकेर काठमाडौ फर्किए । तर बेलुनको हुटहुटी सकिएन । नेपालमा प्रसस्त अन्तर्राष्ट्रिय पर्यटक अनि युवामा एडभेन्चर टुरिजमप्रतिको बड्दो आकर्षणले गर्दा नेपालमा बेलुनको ब्यवसाय गर्ने योजना बनाए । उनले यसबारे इन्टरनेटमा खोज गरे । पर्यटन मन्त्रालय पुगे ।

होटल र ट्रेकिङ ब्यवसाय गरिरहेका पिन्चो लामाले तत्कालीन हवाई बिभागबाट अनुमति लिएर सन् १९९१ मा सनराइज बेलुन नामक कम्पनीमार्फत नेपालमा बेलुनको ब्यवसायिक उडान सुरु गरेका थिए । भक्तपुर सल्लाघारीबाट हुने बेलुनको उडान बड्दो सहरीकरणसँगै खुल्ला ठाउँको अभाव र सशस्त्र द्वन्द्वको समयमा सरकारी पक्षबाट विभिन्न झन्झट झेल्नु परेपछि बन्द भएको थियो ।

त्यसयता तारा एयरले चाडबाडको अवसर पारेर पोखरालगायतका ठाउँमा उडान गर्ने गरे पनि त्यसले निरन्तरता पाएको थिएन । डोर बहादुर केसीसँग सनराइज बेलुनको इतिहास बुझेर बिक्रम दार्जिलिङ हानिए ।

दार्जिलिङमा बेलुनको ब्यवसाय गरिरहेका माउन्टेनियरिङ एसोसिएसन ईन्डियाका अध्यक्ष साङ्गेसँग भेटे । बेलुनमा उँडे । अनि गोवा लागे । गोवामा समुन्द्रको छेउमा बेलुनको ब्यवसाय लोभलाग्दो देखे । भारतकी सुरु ताकाकी महिला पाइलट रिता यादब सँग भेटे ।

टाइगर बेलुन सफारीसँग प्राबिधिक र आर्थिक लगानिका कुरा बुझेर उनी थप जान्न दिल्ली पुगे । दिल्ली पुगेर बुझेपछि उनलाई थप हौसला मिल्यो ।

त्यही क्रममा उनने बेलुनको गुणस्तर बुझे । इएसए (युरोपियन एभिएसन सेफ्टी एजेन्सी) र एफएए (फेडेरेसन अफ एभिएसन एडमिनिस्ट्रेसन) द्वारा प्रमाणित बेलुन चाहिने थाहा पाए ।

आवश्यक प्राबिधिक ज्ञान र थप हौसला लिएर उनी नेपाल फर्किए । एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल काठमाडौमा रहेको अनि काठमाडौ उपत्यकाको जनघनत्वले गर्दा उनको रोजाइ थियो नगरकोट । सँगै काभ्रेको न्याल्दुममा समेत उडाउन मन्त्रालयमा माग गरे ।

काठमाडौ उपत्यका आसपास अनुमति दिन नमिल्ने मन्त्रालयका कर्मचारीले बताएपछि उनको सपनामा तुसारपात भयो । समय र पैसाको लगानी ब्यर्थ भयो ।

साथीभाई र आफन्तले पनि बेलुनको सपना नदेख्न भने । सहपाठी नुरिज्ञा रन्जितले न हौस्याएको भए पनि सायद आफुले कोसिस बिचैमा काम छोड्ने बिक्रम सम्झन्छ्न् ।

त्यस्तैमा बिक्रमको भेट सरला श्रेष्ठसँग भयो । उनले पोखरामा गर्न सकिने सुझाइन् । खासै हिमचिमको ठाउँ नभए पनि आफ्नो सपना पूरा गर्न उनले पोखरा चितवन र लुम्बिनीमा बेलुनको ब्यवसायिक उडान गर्न अनुमती मागे । यसमा भने मन्त्रालय सकारात्मक देखियो ।

उनले स्पेनको अल्ट्रा म्याजिक बेलुन कम्पनीबाट बेलुन मगाए । नागरिक उड्डयन प्राधिकरणको टोलीसहित उनी पनि पोखरा नजिकै धम्पुसमा उँडे ।

२६ अक्टोबर २०१८ को त्यो उडानमा उनी खुसी थिए किनकी उनको सपना पूरा हुँदै थियो । कता कता मनमा डर पनि थियो सफल नहुने पो हो कि भन्ने । बेलुनले जति जति उचाइ लिँदै थियो उनको ढुकढुकी बड्दो थियो ।

उडान सफल भयो । अन्तत उनले ७ महिनाको लगातारको प्रयासपछि ५ नोभेम्बर २०१८ मा लाइसेन्स पाए । लाइसेन्स पाउँदा क्विन्टलको भारी सगरमाथाको चुचुरोमा बिसाएको अनुभव गरेको बिक्रम सुनाउँछ्न्।

राजस्थानको स्कार्इ वाक कम्पनीबाट पाइलट नितेस पारिकलाई ल्याएर उनले १६ नोभेम्बर २०१८ बाट ब्यवसायिक उडान सुरु गरे । फेवाताल किनारको पामे बाट हाल ब्यवसयीक उडान भैरहेको छ ।

जमीनबाट चार हजार मिटरको उचाई बेलुन उड्छ । सराङ्कोटको डाँडा चुम्दै बेलुनमा उड्दा बिहान सुर्योदय र साँझ सुर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न पाइन्छ । पोखरा उपत्यका सँगै फेफाताल र अन्नपूर्ण हिम शृङ्खला कम मनमोहक देखिदैनन ।

आधा घन्टा उडानको नेपाली र भारतीय पर्यटकले नौ हजार तिर्नु पर्छ भने अन्य देशकाले एक सय बीस डलर । त्यस्तै एक घण्टा उडानको नेपाली र भारतीयलाई एघार हजार र बिदेशीलाई एक सय पचास डलर लाग्छ ।

गण्डकी प्रेदशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पर्यटन मन्त्री बिकास लम्साल लगायत लगायतको टोली बेलुनमा उडेर पर्यटन बर्ष २०२० को पोखराको उद्घाटन समेत गरिएको थियो ।

सन २०१९ जनावरिमा तत्कालीन पर्यटनमन्त्री रबिन्द्र अधिकारी, नेपाल पर्यटन बोर्डका तत्कालिन सिइओ दिपकराज जोशी र नागरिक उड्डयन प्राधिकरणका डिजि ६ महिनादेखि ब्रीटिस पाइलट अलेकजेन्डर ब्रेनकोर्ट कार्यरत छ्न् । अब नेपालीलाई नै तालिम दिई स्थानीय जनशक्ति उत्पादन गर्ने योजना छ ।

हाल बेलुन नेपालमा बाडेसँगै हिमालयन इन्भेस्टमेन्ट प्रालिका तर्फबाट दीपक कुमार श्रेष्ठ र सबिन महर्जनको संयुक्त ४ करोड ५० लाखको लगानी रहेको छ । 


पुष्प दुलाल