के कोरोना भाइरस पत्रपत्रिकाबाट पनि सर्छ ?



तीव्र गतीमा फैलिएको कोरोना भाइरसको ट्रान्समिसन चेनलाई रोक्नका लागि सरकारले चैत १८ गतेसम्मका लागि सम्पूर्ण लकडाउन घोषणा गरेको छ । तर जति तीव्र गतिमा भाइरस विश्वमा फैलिएरहेको यसलाई लिएर फेक र भ्रमपूर्ण सूचना पनि फैलिरहेका छन् ।

यस्तै एउटा दाबी के छ भने कोरोना भाइरसको संक्रमण अखबार अर्थात पत्रपत्रिकाबाट पनि हुन्छ ।

किन पनि भने अखबार प्रिन्टिङ प्रेसमा छपाई भएदेखि तपाईको घरसम्म आइपुग्दा कैयन माध्यमबाट आउँछ । यसैले यसमा कोरोना भाइरसको संक्रमण हुन सक्छ र तपाईसमक्ष आइपुग्छ ।

यस दाबीको यथार्थबारे जानकारी लिन बीबीसीले विश्व स्वास्थय संगठन (डब्ल्यूएचओ)सँग सम्पर्क गरेको थियो ।

जसको जवाफमा प्राप्त इमेलमा डब्ल्यूएचओले भनेको छ, ‘यदी कुनै कोभिड १९ संक्रमित व्यक्ति अखबारलाई छुन्छ भने अखबारमा केही समयसम्म कोरोना भाइरसको संक्रमण हुन सक्छ, तर अखबारबाट हुने संक्रमण हुने सम्भावना निकै कम हुन्छ, किनभने संक्रमणका कैयन फ्याक्टर निर्भर हुन्छ जस्तो कि तपाई समक्ष भाइरस कति मात्रामा आइपुग्छ, भाइरस कुन सतहमा कतिसम्म रहन्छ र त्यसमा पनि वातावरणको पनि खास भूमिका हुन्छ ।’

त्यसपछि हामीले यस विषयमा अझ विस्तार बुझ्नका लागि भारतका नेशनल सेन्टर फर कन्ट्रोल (एनसीडीसी)का डाइरेक्टर डा. सुजित कुमार सिंहसँग कुरा गर्र्यौ । उनले भने, ‘अखबारसँग कोभिड १९ को संक्रमण फैलाउने कुनै प्रमाण छैन, यदी यस्तो हुन्थ्यो भने हामीले यसबारेमा सूचना दिने थियौं ।’

‘कोभिड १९ को संक्रमणको मुख्य कराण भाइरस फैलने माध्यम ड्रापलेट हो । यस्तोमा मानिसहरुसँग दूरी बनाइराख्न, हात धोइराख्नु नै उत्तम उपाय हो, विश्वमै यो नयाँ भएकाले यसबारेमा जानकारीहरु पनि विस्तारै आइरहेका छन्,’ उनले भने ।

यसै विषयमा भारत सरकारले सफाइ समेत दिनु परेको थियो ।

कोरोना भाइरस धातुको सहतमा धेरे समयसम्म टिक्छ भने कपडा तथा पेपर जस्ता सतहमा यो कम समयसम्म मात्रै टिक्छ । अहिलेसम्म अखबारका कारण संक्रमण भएको भन्ने कुनै पनि जानकारी आएको छैन । तर यसको सम्भावनालाई अहिले नै अस्वीकार गरिहाल्ने अवस्था पनि छैन । साभार


क्लिकमान्डु