कोरोना भाइरसले तपाईको गोजीमा कस्तो असर गर्ला ?



बितेका केही सातायता अन्तर्राष्ट्रिय स्तरमा सेयर बजार तनावपूर्ण रह्यो । केही विशेषज्ञहरुले त आर्थिक मन्दीको चेतावनी समेत दिइसकेका छन् ।

तर यदी तपाई बिजनेश म्यान नभइ आम मानिस हुनुहुन्छ यस्तो अवस्थामा ‘बजार’ र ‘सेयर’ तपाईका लागि कति अर्थ राख्ला ?
किनभने जुन परिस्थितीबाट सेयर बजार अहिले जुधिरहेको छ त्यसलाई हामी सबैलाई प्रभावित पार्न सक्छ ।

त्यो कसरी भने,

मैले कहिल्यै पनि सेयर खरिद गरेको छैन, मलाई केको चिन्ता ?

तपाईलाई लाग्न सक्छ कि तपाईसँग न त सेयर नै छ र त तपाई कहिल्यै सेयर बजारमा लगानी गर्नुहुन्छ । त्यसैले सेयर बजारमा आएको तनावबाट तपाई अछुतो नै रहनुहुन्छ ।

तर पेन्सन पाउने लाखौं मानिसहरुले आफ्नो पैसा पेन्सन स्किममा लगाएका छन् । र उनीहरुको पैसा वर्तमान अवस्थामा कति होला यो पूरे सेयर बजारमा निर्भर हुन्छ ।

सेयरको मूल्यमा ठूलो गिरावट यस्ता पेन्सन लिनेहरुका लागि नराम्रो समाचार हुन सक्छ ।

यदी तपाईले पेन्सन स्किममा लगानी गर्नु भएको छैन भने पनि स्टक मार्केटमा आउने परिवर्तन विश्वव्यापी अर्थव्यवस्थामा असर पार्दा त्यसले सबैको जीवनमा प्रभावित गर्छ ।

अब शुरु गरौं

कुनै पनि कम्पनीको वित्तीय स्वास्थ्य उसको सेयरको मूल्यमा निर्भर हुन्छ । जति धेरै सेयरको मूल्य उत्तिनै धेरै कम्पनीको मूल्य ।

इन्डेक्स नामको एक ग्रसपमा कुनै देश तथा क्षेत्रको ठूलो कम्पनीको सूची राखिन्छ । जस्तै, बेलायतको सबैभन्दा ठूला १०० कम्पनीको सूची एफटीएसई १०० मा छ । यो सूचीबाट थाहा हुन्छ कि देशको अर्थ व्यवस्था कुन अवस्थामा छ ।

स्टक मार्केटसँग के नाता ?

सेयरको मूल्य तब मात्रै कमजोर हुन्छ जब देशमा आर्थिक अस्थिरता हुन्छ । जो वित्तीय संकट वा कोभिड १९ जस्ता महामारीका कारण हुन्छ ।
यसको अर्थ लगानीकर्ताहरु कम्पनीको सेयर खरिद गर्ने सम्भावना कम हुन्छ । र, उनीहरुले आफ्नो पैसा बजारबाट निकाल्ने सम्भावना धेरै हुन्छ ।

पहिले अमेरिकाको कुरा गरौं जो विश्वका अन्य बजारलाई प्रभावित गर्दछ ।

गत सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण लगाइएको राष्ट्रव्यापी आपतकालीनको अवधि गर्मीको समयसम्म वा त्योभन्दा पनि बढी समयसम्म हुन सक्ने आँकलन गरेका थिए ।

यसले लगानीकर्ताको आर्थिक गतिविधि कम्तीमा पनि ४ महिनासम्म सुस्त रहने देखाइसकेको छ । यसको ठूलो प्रभाव सप्लाइ चेनका माध्यमबाट पूरा विश्वव्यापी बजारमा पर्छ । जुन तपाईसँग पनि जोडिएको छ ।

पश्चिमी देशका साथै विश्वका लागि कति महत्वपूर्ण ?

विश्वको सबैभन्दा ठूलो उपभोक्ता अमेरिका हो । यदी यहाँका मानिसहरु घरबाटै काम गर्ने र आफ्नो. खर्च कम गर्छन भने यसको असर उत्पादन गर्ने कम्पनीमा र सेवा प्रदान गर्ने कम्पनीमा पर्नेछ ।

यस्तो पनि हुन सक्छ कि उपभोक्ता अमेरिकामा भए पनि जुन सामान उपभोग हुन्छ त्यसको उत्पादन अमेरिकामा, चीनमा र भारतमा पनि हुन सक्छ । यदी ती सामानको मागमा कमी आयो भने त्यसको असर भारत, चीन लगायतका देशमा पनि पर्छ ।

के यसको असर रोजगारीमा हुन्छ ?

एप्पल, नाइकी र माइक्रोसफ्ट जस्ता दर्जनौ ठूला कम्पनी पहिलदेखि नै चेतावनी दिइसकेका छन कि महामारीले उनीहरुको राजस्वमा असर पार्ने निश्चित छ । यी कम्पनीहरुले उत्पवादनमा कटौती वा भवन बन्द गरिन सक्छन् । तर सबैलाई थाहा छ कि कम्पनीलाई चलाइ राख्नका लागि आमरुपमा सबैभन्दा पहिले रोजगारी कटौती हुनेछ ।

त्यसैले यस्तो अवस्था र बिग्रेको विश्वव्यापी अर्थव्यवस्था तथा उद्योगमा प्रभाव पर्न सक्छ । र सायद तपाईको जागिर पनि गुम्न सक्छ ।

के महिलामा यो असर पर्ला ?

अहिलेसम्म यो कुराको कुनै पुष्टि भएको छैन कि आर्थिक रुपमा महिला र पुरुषलाई फरक फरक तरिकाले प्रभाव पार्नेछ ।

लन्डनमा रहेका एक स्वतन्त्र थिंक ट्यांक ओभरसिज डेभलपमेन्ट इन्स्टिच्युट (ओडीआई)का अर्थशास्त्री तथा वरिष्ठ अनुसन्धान अधिकारी सेर्लिन रागस भन्छिन, ‘महिला र पुरुषमा पर्ने असरमा फरक हुन्छ वा हुँदैन भन्न अहिले नै छिटो हुनेछ, तर यो महामारीबाट कुन उद्योग प्रभावित हुन सक्नेछ र यसको सास्कृति र लैगिक असर के हुनेछ भन्ने बताउन भने सकिन्छ ।’

‘इथियोपिया, इटली वा कम्बोडिया जस्ता देशमा जहाँ ठूलो संख्यामा कपडा उद्योगमा महिलाहरु काम गर्छन, यहाँ धेरै असर महिलामा हुनेछ,’ उनले भनिन् ।

म विकासशिल देशमा बस्छु मलाई के असर होला ?

विश्वव्यापी आर्थिक मन्दीको अवधिमा मानिसहरु कम पैसा खर्च गर्छन । लगानी पनि कम हुन्छ । जसको सिधा अससर राष्ट्रिय अर्थव्यवस्थामा पर्छ ।

निम्न र मध्य आय हुने देशमा खासगरी बढ्दै गरेको बजारको रुपमा देखिन्छ । यी बजारमा लगानी गर्न ठूलो जोखिम हुन्छ । तर फेरि पनि ठूलो फाइदा हुने सम्भावना पनि रहन्छ ।

रागस भन्छिन, ‘विकास हुँदै गरेका बजारमा खासगरी ब्याजदर धेरै हुन्छ, तथा जब विश्वव्यापी बजार स्थिर हुन्छ तब लगानीकर्ता धेरे पैसा कमाउन पनि सक्छन ।’

तर जब विश्वव्यापी बजार उथलपुथल हुन्छ तब लगानीकर्ता खासगरी यस्ता बजारबाट बाहिर निस्कन चाहन्छन् ।

उनी भन्छिन, ‘लगानी कम भयो भने देश आर्थिक रुपमा बलियो अवस्थामा नभएइको देखिन्छ र यसै कारण मुद्रा कमजोर हुन थाल्छ, र मुद्राको कमजोर स्थितीको अर्थ अब महंगी बढ्न लाग्यो भन्ने हुन्छ ।’

विकासशील देशका लागि उधार दिनु सामान्य कुरा हो । उसका लागि कमजोर मुद्राको अर्थ ऋण तिर्ने देशका लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ । यस अवस्थामा सरकारले स्वास्थ्य र सामाजिक सेवामा गर्ने खर्चमा कटौती गर्नुपर्ने हुन्छ ।

यसले आयात-निर्यातमा के असर पर्ला ?

उत्पादन, आयात तथा निर्यातको क्षेत्रमा आएको मन्दी फरक फरक देशका लागि फरक फरक रुपले प्रभावित गर्छ । तर यो कुराले पनि अर्थ राख्छ कि ती देशहरु त्यसमा कति निर्भर छन् ।

रागस भन्छिन्, ‘नाइजेरिया, अंगोला तथा मंगोलिया जस्ता तेल निर्यात गर्ने देशलाई निर्यातबाट हुने राजस्वमा भारी कमी आउने देखिन्छ भने यसको असर त्यहाँको मुद्रा कमजोर हुन सक्छ ।’

ओडीआईका अनुसार अंगोला जसले तेलको उत्पादन गर्छ यसको ६० प्रतिशत चीनमा मात्रै निर्यात हुन्छ । तर आयात निर्यातमा असर पर्यो भने यसको सबैभन्दा ठूलो असर उसको अर्थव्यवस्थामा हुन्छ ।

उनी अगाडि थप्छिन, ‘अफ्रिका जस्ता क्षेत्रमा खाद्या संकट जस्तै अन्य अप्रत्याशित समस्या पनि आउन सक्छ, यस्तो किन पनि भने अप्रिका संसाधन निर्यात गर्दछ र ठूलो संख्यामा खाद्यान्न आयात गर्छ ।’

अफ्रिका डेभलपमेन्ट बैंका अनुसार अफ्रिकामा हरेक वर्ष ३५ अर्ब अमेरिकी डलरको खाद्यान्न मात्रै आयात हुन्छ । कोभिड १९ का कारण उत्पन्न भएको विश्वव्यापी मन्दीको असर सप्लाइ चेनमा हुनेछ र यसले आयात धेरै महंगो हुनेछ । साथै निर्यातको माध्यमबाट निकै कम पैसा मिल्नेछ ।

के यसबाट केही फाइदा होला त ?

जब लाखौंको संख्यामा मानिसहरुको रोजगारीमा खतरा उत्पन्न हुन्छ उसको ज्यान पनि जोखिममा हुने भएकाले कोरोना भाइरसका कारण के फाइदा हुन सक्ला त्यो भन्न निकै गाह्रो छ ।

यदी केवल लगानीकर्ताका बारेमा हेर्ने हो भने सेयर बजार घट्दा सेयर खरिद गर्नका लागि राम्रो अवसर हुन सक्छ कि सेयर बजार स्थिर हुनेछ र पछि बढ्ने अनुमानमा ।

सेयरले तबमात्रै धेरै लाभ दिन सक्छ जब उसको मूल्य सबैभन्दा कम भएको अवस्थामा खरिद गर्न सकियो ।

तर जानकारहरुले के चेतावनी दिन्छन भने लगानीकर्ताले के बुझनुपर्छ भने कति समयसम्म लगानी घट्दै गरेको देख्नका लागि तयार हुनुहुन्छ र यो पनि सुनिश्चित गर्नुपर्छ कि सबै पैसा एकै ठाउँमा नलगाइयोस ।


पुष्प दुलाल