कोरोना भाइरसविरुद्ध लड्न सार्क राष्ट्रको एउटै स्वर, भने- एकजुट भएर लड्नुपर्छ



काठमाडौं । कोरोना भाइरसको संक्रमण र जोखिम बढेसँगै लामो समयपछि सार्क राष्ट्रबीच एकता देखिएको छ । भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारणले पाकिस्तानमा हुने भनिएको सम्मेलन भारतको चाहना नभएका कारण स्थगित भएको थियो ।

तर लामो समयपछि भए पनि कोरोना भाइरसको बाहनामा सार्क राष्ट्रबीच नयाँ आयाम थपिएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा आइतबार साँझ राष्ट्रप्रमुखहरुबीच भिडियो कन्फरेन्स भएको छ । यसले भारत पाकिस्ताबीच रहेको तिक्तता समेत कम भएको आँकलन गरिएको छ ।

कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले कोभिड १९ विरुद्ध लड्नका लागि आपतकालीन कोषको स्थापना गर्दै त्यसका लागि १ अर्ब रुपैयाँ सहयोग गर्ने जानकारी दिएका छन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा नेपालले पनि सहयोग गर्ने प्रतिवद्धता जनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो अवस्थामा सबै देशले मिलेर काम गर्न आवश्यक रहेको बताए । यो समयमा सबै देशले आफ्नो देश र विश्व भरमा रहेको मानिसको स्वास्थ्यको लागि काम गर्न आवश्यक रहेको बताए ।

श्रीलकांका राष्ट्रपति गोताबाय राजपाक्षले यो रोकथाममा लाग्न आवश्यक रहेको बताए । त्यसको लागि आफ्नो देशको सरकारले उच्च सतर्कताका साथ काम गरेको बताए । उनले यसका लागि आफ्नो देशको नागरिक पनि सचेत गरेको गराए ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसीना वाजेदले यो पहिलो पटक भएको र यसले दक्षिण एसियामा मात्रै नभएर विश्वभरमा नै समस्या ल्याएको बताइन ।

उनले यसको रोकथामको लागि सबैले मिलेर काम गर्न आवश्यक रहेको बताइ । यो विश्वको लागि चूनौती भएको भन्दै सबै मिलेर अघि बढन आवश्यक भएको उनको तर्क छ । अब हामीले कसरी काम गर्ने भन्ने विषयमा एक भएर लाग्नुको विकल्प नभएको उनको तर्क छ ।

आवश्यकता अनुसार जनताको सुरक्षामा काम गर्न सबैले आवश्यक रहेको बताइन । यसका लागि बंगलादेश सरकारले जस्तो सुकै काम गर्न पनि पछि नपर्ने बताइन । भारत सरकारले सुरु गरेको यो कामले सबैलाई प्रेरणा दिएको उनको भनाइ छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यो रोगले कुनै देश, कुनै महादेश मात्रै नभएर सबैलाई समस्या भएको भन्दै सबै मिलेर काम गर्नुको विकलप नभएको बताइ ।

यसको लागि विश्वमा रहेको सबै खाले संठगनले काम गर्न आवश्यक रहेको बताए । यसको प्राथमिक श्ुरुवातको रुपमा हाल मिलाउने कामलाई रोकेर नमस्कारलाई प्राथमिकतामा राख्न आग्रह गरे । सबै देशले सीमा क्षेत्रमा रहेको सबै अस्पतालले स्किृनिङको काम गर्न आवश्यक रहेको बताए ।

औषधि, भौतिक पूर्वाधार कसैलाई पनि अभाव हुन नहुने बताए । यो समयमा आर्थिक रुपमा पनि सबै देशलाई समस्या पर्ने बताए । आर्थिक विकासमा पनि मिलेर नै जान आवश्यक रहेको बताए ।

भूटानका प्रधानमन्त्री लोटे छिरिङले यो समस्या एकैपटक आएकाले सबैलाई एकैपटक समस्या निम्त्याएको र त्यसको असर आर्थिक रुपमा पर्ने बताए । उनले यसको असर अझ विकासोन्मुख राष्ट्रमा झनैपर्ने बताए ।

पाकिस्तानका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले आफ्नो देशको स्वास्थ्यको क्षेत्रमा केही परिवर्तन भएको बताए । आफ्नो देशमा केही सुुधार भएपनि अन्य देशमा चिन्ता भने कायमै नै रहेको बताए ।

उनले यो समयमा सार्ककको सदुपयोग गरेर धेरै काम गर्न सकिने बताए । यसमा आ– आफ्नो देशको अनुभव, आर्थिक, प्राविधिक सहयोग आदान प्रदान गरेर जनताको स्वास्थ्यको क्षेत्रमा काम गर्न सकिने बताए ।

औषधि निर्यात, खाधान्न निर्यात लगायतका सबैदेश मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ छ । त्यसका लागि पाकिस्तानले कुनै कसुर पनि बाँकी नराख्ने बताए । उनले आफ्नो देशमा स्क्रिनिङ, औषधीलगायतको सबै आवश्यक काम भइरहेको र अन्य देशले पनि यस्ता विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् ।

भिडियो कन्फरेन्समा बोल्दै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले कारोना भाइरसका कारणले माल्भिन्समा ४५० मिलियन अमेरिकी डलर घाटा लागेको बताए । उनले यसले गर्दा पर्यटनमा गम्भीर असर परेको भन्दै यसविरुद्ध लड्न सबै एकजुट हुनुपर्ने बताए ।

त्यस्तै, अफगानिस्तान राष्ट्रपति असरफ गानीले यसका लागि सार्क टास्कफोर्स आवश्यक रहेको बताउँदै टेलिमेडिसिनका माध्यमबाट सहयोग बढाउनु पर्ने बताए ।


क्लिकमान्डु