Yes Bank कसरी बन्यो No Bank ?, ग्राहकलाई पैसा फिर्ता दिन समेत सकेन



सामाजिक सञ्जालमा ‘एस’ बैंकलाई लिएर अहिले अनेकन प्रतिक्रियाहरु देखिन थालेका छन् ।

करिब १५ वर्ष पहिले ठूला–ठूला सपनाका साथमा भारतीय बैंकिङ क्षेत्रमा आएको ‘एस’ बैक अहिले ग्राहकले जम्मा गरेको पैसा पनि फिर्ता दिन सकिरहेको छैन ।

एस बैंकको देशभरमा ११०० भन्दा बढी शाखा छन् । र, यसमा २१ हजारभन्दा बढी कर्मचारी काम गर्छन । बैंक अहिले निकै खराब समयमा छ । र, यस विषयमा लामो सयमदेखि चर्चा भइरहेको थियो । तर बैंकको बोर्ड प्रबन्धकहरुले ग्राहकहरुलाई पैसा फिर्ता गर्ने भरोसा दिलाइरहेका थिए ।

तर गत बिहीबार साँझ भारतीय रिजर्भ बैंकले जारी गरेको सकुर्लरले भने ग्राहकको निद उडाइदिएको छ । रिजर्भं बैंकले एस बैंकको बोर्ड भंग गर्दै प्रशासन नियुक्त गरिदिएको छ । यसका साथै बैंकका निक्षेप संकलन गर्नेहरुले निकासीको सीमा सहित एस बैंकको कारोबारमा कैयन पाबन्दी पनि लगाएको छ ।

भारतीय केन्द्रीय बैंकले अर्को आदेश नभएसम्म बैंकका ग्राहकका लागि रकम निकासीको सीमा ५० हजार रुपैयाँ तय गरेको छ । मेडिकल इमर्जेन्सी, उच्च शिक्षा वा बिबाहका अवस्थामा भने यो सीमा ५ लाख गरिएको छ । अहिले एस बैंकको नियन्त्रण भारतीय स्टेट बैंकको नेतृत्वमा वित्तीय संस्थाको एक समूह अर्थात कंसोर्सियमको हातमा दिने तयारी भइरहेको छ ।

यसरी हेर्दा सन् २००३ शानदार शुरुवात गरेको बैंक अब खराब अवस्थामा पुगिसकेको छ ।

कसरी बन्यो एस बैंक ?
बैंक बन्नेको कथा निकै रमाइलो छ । सन् २००४ मा राणा कपुरले आफ्ना नातेदार अशोक कपुरसँग मिलेर बैंकको शुरुवात गरेका थिए । तर सन् २००८ मा मुम्बई २६÷११ को आतंकवादी आक्रमणमा अशोक कपुरको मृत्यु भयो । त्यसपछि अशोक कपुरकी पत्नी मधु कपुर र राणा कपुरका बीच स्वामित्वलाई लिएर विवाद शुरु भयो ।

मधु आफ्नो छोरी सगुन गोगियालाई बैंकको बोर्डमा निर्देशकका रुपमा सहभागी गराउन चाहन्थिन् । जबकी बोर्डका सदस्य यसका लागि राजी थिएनन् । फेरि यो लडाँइ अदालतमा पुग्यो र कैयन वर्षसम्म चल्यो ।

अदालतबाट राणा कपुरले जित पाए र २०१८ अगस्ट ३० मा रिजर्व बैंकले राणा कपुरको अर्को आदेशसम्म एमडी र सीईओका रुपमा बनिरहनका लागि मञ्जुरी समेत दियो ।

राणा कपुरको व्यक्तित्व
केही वर्ष अघिसम्म फाइनान्सियल क्षेत्रमा एक चर्चा आम जस्तै थियो । यदी कसैले लोन दिएको छैन भने राणा कपुरले पक्कै लोन दिन्छ भन्ने थियो । एक दशकसम्म यो कुरामा कसैलाई पनि शंका थिएन । न त यस बैंकका संस्थापक राणा कपुरको क्षमतामा नै शंका थियो ।

राणा कपुरको नजिकबाट चिन्नेहरु उनी कारोबारलाई लिएर निकै गम्भीर र आक्रमक भएको बताउँछन् । बैंकिङ क्षेत्रमा समेत उनको परिचय उदारहणका रुपमा दिइन्थ्यो । राणालाई कर्जा फिर्ता ल्याउन समेत निकै कुशल मानिन्थ्यो । यहाँसम्म कि जब किङफिसर जस्तो एयरलाइन्समा सरकारी बैंकको हजारौं करोड रुपैयाँ डुबेको थियो, राणा कपुरले एस बैंकको पैसा फिर्ता ल्याउनका लागि रणनीति बनाएका थिए र उनले यो काममा सफलता पनि हात पारेका थिए ।

सन् २००८ मा भएको आर्थिक मन्दीका कारण अमेरिकासमेत विश्वका कैयन बैंकहरु अप्ठ्यारोमा परेका थिए । राणा कपुरको अगुवाईमा एस बैंकले आफूलाई यस अवस्थामा पनि डुब्नबाट जोगाएको थियो । फेरि सन् २०१४ मा नरेन्द्र मोदी सत्तामा आए । राणा कपुरलाई मोदी सरकारको नीतिको ठूलो समर्थक समेत मानिन्छ ।

बैंकको खराब दिन
सन् २०१८ को सेप्टेम्बरमा रिजर्भ बैंकले राणा कपुरलाई थप एक एक्सटेन्सन दिनबाट अस्वीकार गर्यो । राणा कपुर जनवरी २०१९ मा एमडी र सीइओ पदबाट हटेपछि एस बैंकमा एकपछि एक नराम्रो खबर आउन थाल्यो । र, यहीबाट बैंकको दुर्गती शुरु भयो ।

२०१८/१९ को चौथो त्रैमासमा (जनवरी–मार्च)मा बैंकलाई १५०० करोड भारुभन्दा बढी घाटा भयो । जब बैंक अस्तित्वमा आयो, यो नै सबैभन्दा ठूलो घाटा थियो । यसमा बैंकलले जानीबुझीकन आफ्नो खातामा घाटाको यो आँकडा लुकाएको भन्ने आरोप पनि लाग्यो ।

राणा कपुर र उनका नातेदार मिलेर बैंकमा आफ्नो हिस्सेदारीइ घटाउँदै थिए । अक्टुबर २०१८ मा राणा कपुर र उनको समूहको हिस्सेदारी घटेर ५ प्रतिशतको करिबमा आइपुगेको थियो ।

तमाम विदेशी फन्ड हाउसेज तथा क्रेडिट एजेन्सीहरुले एस बैंकको आउटलुट घटाएका थिए । र नेगेटिभ लिस्टमा हालेका थिए । अर्थात अब एस बैंकका लागि ओपन मार्केट र विदेशीसँग पैसा जुटाउन गाह्रो हुन थालेको थियो ।

दलदलमा फसेको एस बैंकलाई बचाउनका लागि अर्को दाउ पनि खेलियो र डाएचे बैंक इन्डियाका प्रमुख रणवीर गिललाई नयाँ सीईओ नियुक्त गरियो । त्यसपछि बैंकको सेयर र डेट सेक्युरिजिट अर्थात बन्ड्स बिक्री गरी पुँजी जुटाउने प्रयास पनि भयो । तर सफलता हात परेन ।

पछिल्लो पटक आएको त्रैमासको नतिजाले पनि बैंकको हालत खराब छ भन्ने स्पष्ट देखाइसकेको थियो । गत वर्ष मे १४ मा रिजर्भ बैंकले आफ्नो डेपुटी गभर्नर आर गान्धीलाई एस बैंकको बोर्डमा अतिरिक्त डाइरेक्टर नियुक्त गरेका थिए । केन्द्रीय बैंक अक्सर यस्तो कदम त्यो बेला मात्रै उठाउँछ जब कुनै बैंकमा अतिरिक्त निगरानीको जरुरी हुन्छ ।

सन् २०१९ अगस्टमा जहाँ एस बैंकको सेयर ४०४ भारु थियो त्यही शुक्रबार सेयर मूल्इ ५.६५ भारुमा झरेको छ । अर्थात ७ महिनामा कुल मिलाएर सेयरको मूल्य ८५ प्रतिशत भटेको थियो । बैंकको मार्केट भ्याल्यू ७ हजार ९४३ भारु घटेको छ ।

अनुवाद – बीबीसी हिन्दी 


क्लिकमान्डु