सेयर बजारमा नयाँ इतिहास, के भन्छन् विज्ञ ?



काठमाडौं । आइतबार सेयर बजारले उत्साहजनक रुपमा नयाँ रेकर्ड कायम गरेको छ । रेकर्ड कायम गर्ने मात्रै होइन आफ्नै रेकर्ड ब्रेक गर्दै आफैमाथि चुनौती पनि थपेको छ ।

नेप्से सूचक ६९.५६ अंकले बढेर १५०४.१४ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा कारोबार रकमले नयाँ इतिहाँस रचेको हो । ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेमा देखिएको यो उछाललाई विभिन्न दृष्टिकोणबाट हेर्न थालिएको छ । बजारमा एकाएक कताबाट पैसा आयो भन्ने विषयमा पनि चर्चा सुरु भएको छ ।

बजारमा एकाएक देखिएको उछाललाई लगानीकर्ताको उत्साह, तरलता सहज, बैंकबाट कम ब्याजदरमा सहजै ऋण पाइनुलगायत कारणले बजारमा कारोबार रकमको फ्लो बढेको चर्चा शुरु भएको छ ।

सेयर बजारका जानकार अनलराज भट्टराईका अनुसार यतिबेला बजारमा देखिएको सुधारको कारण लगानीकर्ताको मनोबललाई नै लिन्छन ।

लगानीकर्ताहरुमा लामो समयपछि मनोबल बढदै गएको कारण बजारमा यसरी उछाल आएको उनको तर्क छ ।

‘अहिले विश्व बजारमा कोरोना भाइरसको आंतक पनि निकै बढेको छ । हाम्रोमा पनि चीनबाट आउने आयातमा कमी देखिएको छ । आयातमा कमी हुँदा बैंकहरुले त्यो पैसा सहजै रुपमा सेयर बजारमा लगानी गरेका छन्, त्यसले पनि बजारलाई माथि उठन सहयोग गरेको छ ’ उनले भने ।

चीनतर्फ जाने पैसाले यतिबेला सेयर बजारमा स्थान पाएको उनको बुझाइ छ ।

यतिबेला अर्थमन्त्रालय, धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र समग्र सरकार नै सेयर बजारप्रति सकारात्मक देखिँदा लगानीकर्ताको मनोबल क्रमिक रुपमा बढेको भट्टराईको बुझाइ छ ।

अहिले सरकारले पनि पुँजी बजारलाई व्यवस्थित गर्नुको बिकल्प नदेखेको उनको भनाइ छ । त्यसले गर्दा पनि पुँजी बजार बिस्तारै कुल ग्राहस्त उत्पादन (जिडीपी) को साइजमा आउन लागेको भट्टराईले बताए ।

बजारको खास विकासमन लागि बैंकिङ र नेप्सेको इन्डेक्समा धेरै अन्तर हुन नहुने उनको भनाइ छ । पहिला १ सयको मात्रै अन्तर हुने गरेकोमा अहिले २ सयको हाराहारीमा नेप्से र बैंकिङ सूचकको अन्तर छ ।

जब सबै क्षेत्रमा वृद्धि हुन्छ तब बजारले बुल ट्रेन्ड लिन सक्ने उनको बुझाइ छ । अहिले केही कम्पनीको सेयर अझै खण्डर भ्यालु भए पनि अब ती कम्पनीको सेयर पनि विस्तारै बढने र त्यस्ता कम्पनी घटनुपर्ने कुनै कारण नरहेको उनको बुझाइ छ ।

सेयर बजारमा जानकार भट्टराईले बजारमा २ महिना यता राम्रो सुधार भएको र यसैगरी १ महिना सुधार भएको खण्डमा बुलको एनिभर्सनरी भनाउने दाबी गरे ।

‘अब एक महिना बजार कसरी बढ्छ हेरौं अनी यसको बारेमा यकिन गरेर भन्न सकिन्छ,’ उनले भने । २, ४ वटाको मात्रै इन्डेक्स बढनुभन्दा पनि समग्र इन्डेक्स बढेको बढेको खण्डमा नयाँ रुप लिन समस्या नहुने उनको भनाइ छ ।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि बजारमा लगानीकर्ताको विश्वास बढेको, बैंंकले सहजै ऋण दिने, तरलता सहज भएको जस्ता कारणले बजारमा उछाल देखिएको बताउँछिन ।

बैंकहरुले घर जग्गा, सवारी साधानमा दिने कर्जामा कडाई भएपछि सेयर धितोमा सहजै कर्जा दिन थालेको उनको भनाइ छ । पहिला कर्जा दिन आनाकानी गर्ने बैंकहरुले अहिले बोलाएर नै ऋण दिन थालेको उनको भनाइ छ । यतिबेला नियामक निकाय, सरकार लगायतले पुँजी बजारमा आवश्यक समन्वय गरेका कारण पनि बजार बढेको उनको भनाई छ ।

यता नेपाल इन्भेष्टर फोरमका उपाध्यक्ष तुल्सीराम ढकाल पनि तलरता सहज, सहजै ऋण पाउने, लगानीकर्ताको मनोबल बढेको जस्ता कारण अब बजार पछाडि फर्कने अवस्थामा नरहेको बताउँछन् ।

४२ महिना ओरालो लागेको बजार यतिबेला बैंकमा तरलता रहेको, सहजै ऋण पाइने, ब्याजदर सामान्य रहेको, सबै सरकारी निकाय सकारात्मक भएको समयमा बजार बढ्नु आवश्यक रहेको उनको भनाइ छ ।

अघिल्ला कारोबार दिनमा माइक्रोफाइनान्स, बीमामा बढी लगानीकर्ता झुम्मिए पनि आइतबारबाट बैंकिङमा पनि लगानीकर्ता देखिएकाले अब बजारमा उछाल देखिने उनको भनाइ छ ।

‘यो बजार बजारको लागि कास्टिङ मात्रै हो’ उनले भने ‘अब लगानीकर्ताले यसको पूर्णरुप चाँडै देख्नेछन् ।’

यो बेलामा लगानीकर्ता चनाखो भएर लगानी गर्नुपर्ने उनको सुझाव छ । पहिला भनेको समयमा ऋण नपाउने, ब्याजदर मंहगो, अस्थिर सरकार, भएको समयमा बजार ११ सयको हाराहारीमा पुगेको भएपनि अबका हरेक दिन नयाँ नयाँ रेकर्ड कायम गर्दै जाने उनको भनाइ छ ।

यसका लागि लगानीकर्तामा सुझबुझसहित लगानीगर्ने क्षमता आवश्यक रहेको ढकालको भनाइ छ ।


क्लिकमान्डु