सेबाेन अध्यक्ष ढुंगानाले भने: जनताले जलविद्युतमा गरेकाे लगानी ३० वर्षपछि पनि डुब्न दिदैनाै



काठमाडाै । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुगानाले बाेर्डले ल्याउने हरेक नियम कानूनमा सराेकारवाला निकायसँग छलफल गर्ने बताएका छन् ।

पुँजी बजार विकास तथा सम्भावना एवम आगामी चुनाैती विषयमा छलफल कार्यक्रममा अध्यक्ष ढुंगानाले यस्ताे बताएका हुन् ।

कार्यक्रममा उनले सेयर बजारमा सहभागी लगानिकर्ता, ब्राेकर, मर्चेन्ट बैकर्स लगायत सबैले याे मेराे व्यवसाय मेराे हाे भनेर ढुक्कसँग भन्ने वातावरण आवश्यक रहेकाे बताए ।

उनले त्याे भएकाे खन्डमा मात्रै बजारकाे विकास हुने बताए ।

ढुगानाले लगानिकर्ताले तिर्ने कर, अनलाइन तथा बजारमा आवश्यक प्रविधिकाे विषयमा बाेर्डले काम गरिररहेकाे जानकारी गराए ।

‘बजारमा संस्थागत विकास गर्नेकाम गरिरहेका छाै, कतिपय काम तत्काल गर्ने , कतिपयकाम केही समयभित्र हुनेछ,’ उनले भने । लगानिकर्तालाई कुनै समस्या परेकाे खन्डमा सेबाेनकाे साइटमा कमेन्ट गर्न समेत सुझाव दिएका छन ।

कार्यक्रममा उनले अहिले सरकारले नै हरेक नेपालिकाे हातमा जनताकाे जलविद्युत भन्ने याेजना ल्याएकाे भन्दै आगामी ३० वर्षपछि त्याे सेयर के हुने भन्ने विषयमा पनि आवश्यक अध्ययनसहित काम भईरहेकाे बताए ।

‘अहिले जनताकाे जलविद्युतकाे नाममा जलविद्युतकाे सेयर आइरहेको छ, अब ३० वर्षपछि त्याे सेयर के हुने भन्नेविषयमा सरकारलाई पनि सुझाव दिने छाै, ३० जनताले अब त्याे सेयर के हाेला भन्ने बातारबण बनाउन दिदैनाै,’ उनले भने ।

कार्यक्रममा सेयर लगानिकर्ता तथा सेयर बजारका जानकारहरुले बाेर्डले आगामी दिनमा गर्नकाे लागि दर्जनाै सुझाव दिएका छन् । बजारमा माग र आपुर्तिकाे असन्तुलन बढेकाेले त्यस विषयमा नियामकले ध्यान दिनुपर्ने बेला आएकाे बताए ।

लगानिकर्ताहरुले सेयर बजारमा ईन्साईडर ट्रेडिङ बढेकाेले त्यसमा ध्यान दिन बाेर्डलाई सुझाव दिएका छन् । विगत २ साता यता बजारमा साना कम्पनिमा चलखेल भएकाे लगानिकर्ताकाे तर्क छ । लगानीकर्ताकाे हितकाे लागि भन्दै ब्राेकर अफिसमा सहायता कक्ष राख्न लगानीकर्ताले सुझाव दिएका छन् ।

कार्यक्रममा हाथवे ईन्भेष्टमेन्ट सीइओ नुमनाथ पाैडेलले स्टक डिलरकाे निर्देशिका बन्दा सराेकारवाला सबैकाे सुझाव लिन बाेर्डलाई सुझाव दिएका छन् ।

सेयर बजारका विज्ञ दिलिप कुनाकर्मिले लगानिकर्ताकाे डिम्याट हुनुभन्दा अगाडिकाे डिम्याट नभएकाे सेयरकाे काराेबारमा समस्या भएकाे भन्दै त्याे समस्या समाधान गर्न सुझाव दिएका छन् ।

‘भाैतिकरुपमा रहेकाे सेयर बेच्ने बाताबरण चाहियाे । कागजमा राेकेर बस्याे ,’ उनले भने ।

कार्यक्रममा उनले बाेसनकाे लागत, बजारबाट किनेकाे सेयरकाे लागतकाे विषयमा पनि बाेर्डले प्रष्ट पार्न आग्रह गरे । उनले बाेसन सेयरमा लाग्ने कर हटाउनुपर्ने माग गर्दै ऋणपत्रकाे काराेबारमा देखिएकाे समस्या समाधान गर्दै अन्य कम्पनिकाे तत्काल काराेबार हुन आवश्यक रहेकाे बताए ।

अहिले लगानिकर्ताहरुले पुँजिगत लाभकर कसरी तिर्ने भन्ने विषयमा
अन्याैलता रहेकाे भन्दै त्याे अन्यालता हटाउन बाेर्डलाई सुझाव दिए । उनले अहिले म्युचुअल फन्डलाई दिएकाे सुविधालाई पुनर्मुल्याङकन नगरेकाे खन्डमा सेयर बजारमा ठुलाे असर देखिने उनकाे तर्क छ ।

सेयर बजार विज्ञ अनलराज भट्टराईले सेयर लगानिकर्तालाई प्रविधिसँग कसरी परिचित गराउने भन्ने विषय चुनाैतिपुर्ण रहेकाे बताए । उनले आगामी ४ वर्षमा कति जनतामा सेयर बजारकाे पहुँच पुर्याउने भन्ने विषयमा याेजना बनाउन बाेर्डलाइ सुझाव दिए ।

उनले बैककाे पर्सनल लाेन सबै सयर बजारमा गकाे भन्ने भ्रम त्याग्न आवश्यक रहेकाे बताए ।

‘लाेन बढ्दा काराेबार घटेकाे छ । लाेन नजादा बजारमा काराेबार रकम बढेकाे छ,’ उनले भने ।

कार्यक्रममा भट्टराईले धिताेपत्र बाेर्डकाे मात्रै नभई राष्ट बैकककाे काे नितिकाे कारण पनि बजारमा फरक पर्ने भन्दै बजारप्रति बाेर्ड, सरकार, राष्ट्र बैक सकारात्मक बन्न सुझाव दिए ।

डेरिभेटिभ एक्सचेन्ज सन्चालक कृष्ण गिरिले बाेर्डले पुराना कमाेडिटिलाई चिन्दिन भन्नु गलत भएकाे बताए ।

उनले पनि साना कम्पनीमा चलखेल भएकाे भन्दै त्यसलाई राेक्न एसएमई पोर्टल आवश्यक रहेकाे बताए ।

सेयर लगानिकर्ता अन्जिव तुलाधरले बजारमा सप्लाई बढ्याे पनि माग धेरै बढ्न नसकेकाे तर्क गरे ।

उनले अहिले सेयर बजार ११ सयबाट १३ सयमा पुग्दा कति नयाँ लगानिकर्ता आएको भन्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिले विश्वमा रहेका लगानीकर्ताले काराेबार गर्ने वातावरण कसरी बनाउने भन्नेमा बाेर्डलाई ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा उनले ब्राेकरले गरेकाे गल्तीका कारण उनीहरुको काराेबार नै बन्द गरेर लगानिकर्तालाई दुख नदिन आग्रह गरे ।

‘ब्राेकरकाे काराेबार राेक्दा लगानीकर्ता मारमा परे, बरु उनीहरुलाई आर्थिक कारबाही बढाउनु । लगानीकर्ता मारमा पर्नु भएन,’ उनले भने ।

उनले आगामी दिनमा लगानीकर्ता संरक्षण काेषकाे व्यवस्था गर्न आग्रह गरे । उनले डिपिचार्ज बढी भएकाे भन्दै २५ रुपैयाँबाट घटाउन सुझाव दिए ।

उनले लगानीकर्ताले कर तिरेकाे प्रमाणपत्र पनि ब्राेकरबाट पाउने वातावरण बनाउन माग गरे ।


क्लिकमान्डु