मुक्तिनाथका अध्यक्ष भरतराज भन्छन्- बिग्रेको वाणिज्य बैंक मर्ज/एक्वायर गरेर फाइदा छैन



काठमाडौं । मुक्तिनाथ विकास बैंक वित्तीय सूचकंक र स्वास्थका हिसाबले अहिलेसम्म नम्बर वान विकास बैंक हो । राष्ट्रियस्तरको विकास बैंकमा स्तरोन्नति भएको केही समयमै मुक्तिनाथ नम्बर वान बन्न सफल भयो ।

अबको ५ वर्षभित्र वाणिज्य बैंकमा स्तरोन्नति हुने मुक्तिनाथको योजना छ । त्यसैले पनि होला कहिलेकाहीँ सुनिन्छ मुक्तिनाथले सिभिल बैंकलाई लिँदैछ रे ? कहिले सुनिन्छ नविल बैंकले मुक्तिनाथ लिँदैछ रे ? यस्तै यस्तै….।

खास कुरा के हो त ? यसबारे प्रष्ट जानकारी दिने उद्देश्यले क्लिकमाण्डूले मुक्तिनाथ विकास बैंकका पूर्वसीइओ समेत रहेका वर्तमान अध्यक्ष भरतराज ढकाललाई सोधेको थियो, ‘मुक्तिनाथले त वाणिज्य बैंक नै लिँदैछ भन्ने बजारमा गाइँगुईँ हल्ला सुनिन्छ खास कुरा के हो ?

ढकालकै शब्दमा

पहिला–पहिला केटाको भन्दा केटीको बिहे गर्न गाह्रो हुन्छ भन्ने थियो । छोरीको बाउ केटा खोज्न बढी हिँड्नुपर्थ्यो । कुलघरानकी छोरी, रुपकी पनि सुन्दरी र पढाइलेखाई अनि सिलस्वभाव पनि राम्रो छ भने उसको बाउ ज्वाईं खोज्न हिँड्नु पर्दैन । त्यस्ता केटी बिहे गर्न जोजिखोजि आउँछन् ।

नेपालको सन्दर्भमा वित्तीय प्रणाली कसरी अघि बढ्ने भन्ने प्रष्ट खाका आइसकेको छैन । र, राम्रोसँग सञ्चालन भइरहेका संस्थाहरुले आफ्नो अस्तित्व गुमाउनुपर्छ भन्ने मलाई लाग्दैन ।

जसरी पहिले पहिले छोरीको उमेरै नपुगी, मानसिक र शारिरिक विकास नै नभइ आफ्नो कर्म पूरा गर्ने नाममा बिबाह गरेर अरुको जिम्मा लगाइदिने चलन थियो । त्यो समाज चेनतशील थिएन । अहिले कतिपय संस्थाहरुमा यस्तै सोच देखिन्छ ।

मुक्तिनाथ विकास बैंकका लगानीकर्तालाई फाइदा हुने हो भने हामी मर्जर तथा एक्विजिशनमा जान्छौं । मर्जर तथा एक्वायरमा जाँदा हाम्रो पहिलो शर्त हो मुक्तिनाथ विकास बैंकको अस्तित्व र पहिचान गुम्नु हुँदैन । र, हामी जुन मोडलमा काम गर्दै आएका छौं त्यो मोडल यथावत रहने । संस्थाको फाइदा हुने सन्दर्भमा हामी एक्वायर गर्न सक्छौं ।

मुक्तिनाथ विकास बैंक कुनैपनि लोभलालचमा आफ्नो अस्तित्व नै गुमाएर रातारात वाणिज्य बैंक बन्नुपर्छ भन्ने छैन । सरकार र राष्ट्र बैंकको नीति नियमभित्र रहेर हामी विकास बैंक रहेर नै नेपालको वित्तीय क्षेत्रलाई योगदान दिन सक्षम छौं । अहिले हाम्रो चुक्ता पुँजी ४ अर्ब २५ करोड छ । अबको ४ वर्षमा आफ्नै तागतले ८ अर्ब पुँजी पुर्याउँछौं ।

मुक्तिनाथ मोडेललाई दक्षिण एसियाभर फैलाउने भरतराज ढकालको सपना

तपाईंले जस्तै मलाई धेरैजनासाथीभाईले सोध्नुभएको छ, मुक्तिनाथले फलानो गाभ्दैछ रे नि । अनि कतिपयले भन्छन्,- फलानो गाभिदिनु पर्यो ।

वास्तवमै भन्दा संस्थागत ढंगले कुनैपनि संस्थासँग मर्जर र एक्वायरको कुराकानी गरेका छैनौं । लगानीकर्ताको तहमा यस्तो भइदिए हुन्थ्यो भन्ने होला र कुराकानी पनि गर्नुभएको होला । केही समयअघि एउटा वाणिज्य बैंकलाई मर्जर गर्ने विषयमा लगानीकर्ताको तहमा कुराकानी भएको रहेछ । जुन त्यहाँभन्दा अघि बढ्नै सकेन ।

तर, बजारमा चैं अहिलेसम्म पनि हल्ला चलिरहेको छ । चिया गफ भएको हो ।

हामी अहिले कुनैपनि वाणिज्य बैंकलाई एक्वायर गर्न लागेका छैनौं । किनभने राम्रो वाणिज्य बैंक त हामीसँग आउँदैनन्, पाए भने उल्टै हामीलाई नै एक्वायर गरिदिन्छन् । हामीसँग आउने भनेको कमजोर वाणिज्य बैंक हो । कमजोर वाणिज्य बैंकलाई लिएर के फाइदा हुन्छ र ?

मुक्तिनाथ विकास बैंक सानो ठाउँबाट स्थापना भएर स्तरोन्नति हुँदै यहाँसम्म आएको हो । यसले लगानीकर्तालाई पनि राम्रो प्रतिफल दिइरहेको छ । रोजगारी सिर्जना गरिरहेको छ । ग्राहकलाई सहजै सेवा उपलब्ध गराईरहेको छ । विकास बैंक भएर पनि कतिपय वाणिज्य बैंककाभन्दा धेरै ग्राहक छन् । शाखा छन् । नेपालको अर्थतन्त्रलाई योगदान दिइरहेको संस्थालाई सञ्चालक समितिले भनेर मात्रै मर्जर र एक्वायरमा जाने भन्ने हुँदैन । भोलि साधारणसभाबाट पारित पनि गराउनुपर्छ । त्यसैले हचुवाका कुनै निर्णय गरियो भने पनि साधारणसभाले त्यसलाई सहजै अनुमोदन गर्दैन ।

मेरो बिचारमा संघीय सरकारको राज्यमन्त्री हुनुभन्दा प्रदेशको मूख्यमन्त्री हुनु राम्रो । हामीले कुनै वाणिज्य बैंकलाई मर्जर वा एक्वायर गरेर जानु भनेको संघीय सरकारको राज्यमन्त्री बन्नुजस्तै हो ।

मर्जरमा जाँदा हाम्रो अस्तित्व पनि गुम्नसक्छ । एक्वायर गर्दा पुँजीको हैसियत पुग्दैन । कि त हाम्रा लगानीकर्ताले सम्बन्धित बैंकका लगानीकर्ताको ठूलो परिमाणको सेयर किनेको हुनुपर्यो । वा किन्न सक्नुपर्यो । त्यो संभावना पनि कमै देख्छु म । त्यसकारण हामी अहिले कुनैपनि वाणिज्य बैंकलाई एक्वायर गर्न लागेका छैनौं । किनभने राम्रो वाणिज्य बैंक त हामीसँग आउँदैनन्, पाए भने उल्टै हामीलाई नै एक्वायर गरिदिन्छन् । हामीसँग आउने भनेको कमजोर वाणिज्य बैंक हो । कमजोर वाणिज्य बैंकलाई लिएर के फाइदा हुन्छ र ?

हामीलाई लिइदिनु पर्यो हजुर भन्दै साना संस्थाहरु धेरै आए । केही ठूला र पूराना वाणिज्य बैंकले पनि प्रस्ताव गरे । तर हामीले दुबैखाले प्रस्ताव अस्विकार गर्यौं ।

मुक्तिनाथ विकास बैंक आफैंमा स्थापित भइसकेको संस्था हो । बजारतिर यस्तोसम्म पनि चर्चा हुन्छ कि सबै विकास बैंक मर्जर र एक्वायरमा गएर सकिएको अवस्थामा पनि मुक्तिना भने रहिरहन्छ । यो हाम्रा लागि खुसीको कुरा हो । र, अर्को कुरा वाणिज्य बैंकबाट स्तरोन्नति भएर मुक्तिनाथ मात्रै वाणिज्य बैंक बन्नसक्छ भन्ने छ ।

मुक्तिनाथ विकास बैंकलाई अहिलेसम्म राष्ट्र बैंकले मर्जर तथा एक्वायरमा जानका लागि लिखित र मौखिक कुनैपनि रुपमा भनेको छैन । बरु केही संस्थाहरु लिइदिनु पर्यो भनेर चाहीँ मौखिकरुपमा राष्ट्र बैंकका अधिकारीहरुले भन्नुभएको छ ।

हामीलाई मर्जर तथा एक्वायरमा जान कुनै हतार छैन । हामी मात्रै एक्लो होला अहिलेसम्म मर्जर कमिटि पनि गठन नगर्ने । तर, राज्यले भोलिका दिनमा कस्तो नीति लिन्छ हामी सोही अनुसार अघि बढ्छौं ।

कुनैपनि नीति नियमहरु बनाउँदा ढोका थुनेर बनाउनु हुँदैन । सरोकारवालाहरुसँग छलफल गरेर बनाउनुपर्छ ।

तर अहिले कतिपय संस्थाहरु मर्जरमा जान आत्तिएका छन् । जसरी पहिले पहिले छोरीको उमेरै नपुगी, मानसिक र शारिरिक विकास नै नभइ आफ्नो कर्म पूरा गर्ने नाममा बिबाह गरेर अरुको जिम्मा लगाइदिने चलन थियो । त्यो समाज चेनतशील थिएन । अहिले कतिपय संस्थाहरुमा यस्तै सोच देखिन्छ ।

हामीलाई लिइदिनु पर्यो हजुर भन्दै साना संस्थाहरु धेरै आए । केही ठूला र पूराना वाणिज्य बैंकले पनि प्रस्ताव गरे । तर हामीले दुबैखाले प्रस्ताव अस्विकार गर्यौं ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिको सबैभन्दा ठूलो असर मुक्तिनाथ विकास बैंकलाई परेको छ । जुनबेला बिपन्न वर्गमा बैंक पुग्न नसकेको अवस्थामा मुक्तिनाथले विकास बैंक भएर पनि लघुवित्तको जस्तो काम गर्यो । हामीले अति दुर्गम र विकट ठाउँमा पुगेर वित्तीय सेवा दियौं । स साना कर्जा प्रवाह गर्यौं । अहिले मुक्तिनाथको कूल कर्जामा १५ लखभन्दा कम कर्जा ३० प्रतिशत प्रतिशत छ ।

मौद्रिक नीतिले १५ लाख रुपैयाँसम्मको कर्जामा सेवाशुल्क लिन नपाउने भन्ने व्यवस्था गरेको छ । जसले हामीलाई ठूलो असर परेको छ । र, हामीले राष्ट्र बैंकलाई पत्राचार गरिसकेका छौं । कुनैपनि नीति नियमहरु बनाउँदा ढोका थुनेर बनाउनु हुँदैन । सरोकारवालाहरुसँग छलफल गरेर बनाउनुपर्छ । राज्यले एकतर्फीरुपमा नियम कानून बनाउँछ भने हामीले पनि आफ्नो रणनीति बदल्नुपर्छ । र, सेवाग्राहीलाई असर पर्छ ।


पुष्प दुलाल