समावेशी रुपमा लगानी बढाउन अर्थमन्त्री खतिवडाको आग्रह



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल सन् २०३० सम्ममा गरिबी उन्मुलन हुने र त्यही अनुसार विकास निर्माणको काममा लागेको बताएका छन् ।

राजधानीमा आयोजित ब्लेन्डेड फाइनान्स एण्ड जेन्डर लेन्स इन्भेस्टङ कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले सबै क्षेत्र, लिंग वर्गले अपनत्व हुने गरी विकास निर्माणका काममा लागेको जानकारी गराए । उनले देशको विकास गर्नको लागि समूदाय, गृहिणीलाई लक्षित गरी निर्माणको काम भइरहेको उल्लेख गरे । महिलासँग कम पैसा हुने र उनीहरुले ५ हजारमा १० वटा मेसिन राखेर हस्तकलाका सामान उत्पादन गरिरहेको जानकारी गराए ।

‘उनीहरुलाई लगानी र प्रविधि मैत्री बनाउन सकेको खण्डमा उत्पादन बढने छ । त्यसपछि मार्केटिङ गर्न सजिलो हुनेछ,’ उनले भने ।

स्थानीय निकायको विकासको लागि पाइलट प्रोजेक्टको रुपमा काम सुरु गरेको भन्दै कसरी इन्टरप्रेनियरसिप बढाउने भन्ने अहिलेको मुख्य चुनौती भएको मन्त्री खतिवडाको भनाइ छ । साथै उनले ग्रोथ रेटमा पनि ध्यान दिइरहेको बताए ।

उनले केन्द्रीय तथ्यांक विभागले गरेको अनुसन्धानमा ९ हजारभन्दा बढी संस्था सञ्चालनमा रहेको उल्लेख गर्दैै आधाभन्दा बढी दर्ता नभइ सञ्चालन भइरहेका थिए । र, ती दर्ता नभएका कम्पनी वा संस्थाहरु कर तिर्नुपर्ने डरले दर्ता हुनै नचाहेको समेत बताए ।

‘हामीले लामो समयदेखि इथिकल बिजनेशबारे बहस गर्र्यौ, इथिकल बिजनेश गर्नका लागि कुनै धर्म मान्नु पर्छ भन्ने छैन, धर्म नमान्नेहरुले पनि इथिकल बिजनेश गरिरहेका हुन्छन्, इथिकल बिजनेश हुनुपर्छ,’ उनले भने ।

उनले बजारले मुनाफामा विश्वास गर्ने बताउँदै यो व्यापारको विशेषता भएको बताए । उनले नाफा कमाए लगानीकर्तालाई दिनु र सेयर मूल्य बढाउनु व्यापारको विशेषता भएको बताए ।
‘अहिले हामीले विकासको तेस्रो खम्बाको विषयमा कुरा गरिरहेका छौं । जुन ग्रास रुट तहमा बसेर काम गर्ने संस्थाहरु हुन, सहकारी संस्थाहरु हुन, गैर सरकारी संस्थाहरु हुन् । ती संस्थाहरु सहभागितामुलक विकासको मुख्य आधार हुन् । जसका लागि सहभागितामुलक विकासमा सबै तहमा निर्णायक तहदेखि कार्यान्वयन गर्ने तहसम्म हुनुपर्छ,’ उनले भने ।


क्लिकमान्डु