भ्रमण वर्षको शुरुमै घटे पर्यटक, २० लाख पर्यटक पुर्याउने लक्ष्य झनै कठीन



काठमाडौ । २० लाख पर्यटक ल्याउने लक्ष्यसहित शुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० को अगाडि पर्यटकको न्यून उपस्थितीले लक्ष्य भेट्याउन अप्ठ्यारो पर्ने देखिएको छ ।

सन् २०१८ को तुलनामा सन् २०१९ मा पर्यटक बढ्ने र त्यही वृद्धीदरका आधारमा २०२० मा २० लाख पर्यटक ल्याउने सरकारको आँकलन थियो ।

तर, पर्यटक बढ्नुको साटो सन् २०१९ मा उल्टै १.७५ प्रतिशतले पर्कयटकको संख्यामा कमी आएपछि २० लाख पर्यटक पुर्याउने महत्वाकांक्षी लक्ष्य लक्ष्यमै सीमित हुने देखिएको छ ।

अब सन् २०२० मा  २० लाखको लक्ष्य भेट्याउन साढे ८ लाख पर्यटक बढि ल्याउनुपर्ने हुन्छ । जुन २०१९ को तथ्यांक हेर्दा निकै कठीन देखिन्छ ।

अद्यागमन विभागका अनुसार सन् २०१९ मा नेपालमा ११ लाख ५२ हजार ५०१ जना पर्यटक नेपाल आएका छन् । तर सन् २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०१७ को तुलनामा २४.७७ प्रतिशत बढी थियो । सो वर्ष ९ लाख ४० हजार २१८ पर्यटक नेपाल आएका थिए । सन् २०१८ मा पर्यटक आगमन हालसम्मको उच्च हो ।

पर्यटन बोर्डले २०१८ मा झन्डै १२ लाख पर्यटकको संख्यालाई सन् २०१९ मा १५ लाख पुर्याउने र सन् २०२० मा २० लाखपर्यटक पुर्याउने लक्ष्य लिएको थियो । तर पर्यटकको संख्यामा नियमित वृद्धी समेत हुन सकेन ।

सन् २०१९ सबैभन्दा बढी नेपाल भ्रमण गर्न पहिलो देशमा छिमेकी मुलुक भारतबाट २ लाख ९ हाजर ६११, चीनबाट १ लाख ६९ हजार ५४३, अमेरिकाबाट ९३ हाजर १९६, वेलायतबाट ६१ हजारल १३९, श्रीलंकाबाट ५५ हजार ८६९ र थाइल्यान्डबाट ४१ हजार ६५३ रहेको छ ।

यस अवधि भारतीयलगायत अन्य देशका पर्यटकको संख्या घटे पनि चिनियाँ पर्यटक भने झिनो संख्याले बढेका छन् ।

विभागले यो संख्या हवाईमार्ग र स्थलगतमार्गबाट नेपाल भित्रिएका पर्यटकको प्रारम्भिक संख्या भएको जनाएको छ । विभागले तथ्यांक केलाइ रहेको र केही तलमाथि समेत हुन सक्ने जनाएको भए पनि संख्यमा ठूलो फेरवदल भने नहुने जनाएको छ।

सरकारले सन् २०२०मा ‘नेपाल भ्रमण वर्ष-२०२०’मनाएर २० लाख पर्यटक भित्रा्याउने लक्ष्य लिएको छ । सोही अनुरुप सरकारले नेपाल भ्रमण वर्ष सचिवालयमार्फत् र नेपाल पर्यटन बोर्डमार्फत् भ्रमण वर्षको प्रचारप्रसार तीव्र पारेको छ ।

तर सरकार भने २०२० मा पर्यटक बढ्ने दाबी गर्दै आएको छ । सरकारले सन् २०२० मा अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थल २१ घण्टा संचालनमा ल्याएको छ, भने निमार्णधिन गौतमवद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाडै संचालनमा ल्याउने तयारी गरेको छ ।

त्यस्तै नेपाल वायुसेवा निगमले छिमेके मुलुक चीन, जापानको नारितामा उडान गर्दैछ । त्यस्तै, निजी क्षेत्रको हवाईसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले चीनका आधा दर्जन सहरलगायत उडान गर्ने जनाएको छ ।

साथै नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भारतको भिस्तारा, स्पाईस, इन्डिगो र कुवेतको जजिरा एयरले काठमाडौंमा उडान शुरु गर्ने भएकाले नेपालमा पर्यटक बढ्ने अनुमान गरिएको छ ।

सरकारले यस वर्ष प्रतिपर्यटक दैनिक ६५ डलर खर्च गर्ने र बसाई अवधि १४ दिन पुर्याउने लक्ष्य राखेको छ ।

सन् २०१८को तथ्याङक अनुसार एक पर्यटकले दैनिक ४४ डलर खर्च गर्ने गरेको र १२ दिनको औसत बसाई रहेको सरकारी तथ्यांक छ ।

यस्तो थियो पर्यटन बोर्डको अनुमानित लक्ष्य


क्लिकमान्डु