भ्रमण वर्षमा एक्यवद्धता जनाउँदै यसो भने भारतका पर्यटनमन्त्री पटेलले



काठमाडौं । वर्षदिनमा २० लाख पर्यटक ल्याउने लक्ष्यसहित बुधबारदेखि शुरु भएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा एक्यवद्धता जनाउन छिमेकी मुलुक भारत र तीनसँगै म्यानमार, जमैकाबाट पनि पर्यटनमन्त्री नेपाल आए ।

नेपालको पर्यटन क्षेत्रको मुक्त कण्ठाले प्रसंशा गर्दै पर्यटनको विकासमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । नेपालमा सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आउँछन् ।

त्यसैले पनि २० लाख पर्यटक ल्याउने लक्ष्यमा भारत महत्वपूर्ण देश हो । छिमेकी मुलुक भारतसँग सास्कृतिक र भाषिक सहजताका कारण नेपाल घुम्ने आउने भारतीय पर्यटकहरु बढेका छन् । त्यसमाथि विगतमा वर्षमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गरेपछि भारतीय पर्यटक ती क्षेत्रमा बढेका थिए ।

 

नेपाल भ्रमण वर्षमा धेरैभन्दा धेरै भारतीय नेपाल घुम्न आउनेछन् 

प्रल्हादसिंह पटेल, पर्यटनमन्त्री भारत

यो मेरो लागि सम्मानको कुरा हो कि नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तथा मन्त्रिस्तरीय सम्मेलन समारोहमा अतिथीका रुपमा मलाई बोलाउनु भएको छ ।

पर्यटन उद्योग विश्वस्तरमा आर्थिक विकासउ र रोजगारी सिर्जनाका लागि प्रमुख साधानका रुपमा अगाडि आइसकेको छ । पर्यटनले विकासको नयाँ बाटो खोलिदिएको छ । कैयन देशका लागि पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्न सहयोगी बनेको छ ।

साथै देशको प्राकृतिक र सास्कृतिक संरक्षणमा पनि योगदान गर्छ । दुनियाँमा शान्ति तथा सद्भावका लागि अझ बढी समझदारी विकास गर्न तथा विभिन्न सस्कृतिको सम्मानमा पनि पर्यटन क्षेत्रको योगदान छ ।

पर्यटनको विकासका लागि पर्यटनको महत्व बुझ्नु आवश्यक छ । भ्रमणमा आउने पर्यटकलाई समृद्ध अनुभव प्रदान गर्न सक्नुपर्छ ताकी उनीहरु गन्तव्य स्थलको भ्रमण जारी राखुन ।

मलाई के विश्वास छ भने नेपाल भैम्रण वर्ष २०२० मा नेपालमा अझ बढी पर्यटन आउनेछन जसले नेपालको पर्यटन क्षेत्रलाई अझ उचाइमा पुर्याउनेछन् । भने उनीहरुले नेपाल भ्रमण पछि यहाँको सास्कृतिक राजदूतका रुपमा आफ्नो देश फर्कनेछन् ।

हामीले पर्यटनलाई बढावा दिनका लागि २ देशबीचको त्यस्तो विन्दु खोजी गरिन्छ जहाँ आफ्नो सस्कृति साझा बनाउँछौं । तर नेपालसँग कुरा गर्दा हामीलाई के लाग्छ भने नेपाल र नेपाली हाम्रो परिवारकै एक हिस्सा हौं । हामी सास्कृतिक रुपमा कैयन स्थानमा एक जस्तै गरी प्रतित हुन्छौं । त्यतिमात्रै होइन इतिहास पनि के भन्छन भने हाम्रो सम्बन्ध बलियो, गहिरो र आत्मिय रहेको छ ।

यदी राम अयोध्याका हुन भने सीता जनकपुरकी हुन् । हामी एक अर्काका लागि आत्मीयताका साथ महत्वपूर्ण छ भन्न सक्छौं । पशुपतिनाथसँग हाम्रो सम्बन्ध निकै पुरानो छ । नेपालीहरुले भारतीय नागरिकको भरोसा जितेका छन् ।

हामी दुई देशबीचको सम्बन्ध निकै आत्मीय छ । हाम्रो सम्बन्ध युगौ पुरानो छ । नेपाल र भारतका नागरिकहरु एक अर्कामा भरोसा पनि राख्छन् । र, भविष्यमा पनि एक अर्कोलाई भरोसाको साथीका रुपमा लिन्छन् ।

नेपाल भ्रमण वर्ष २०२० मा धेरैभन्दा धेरै भारतीय पर्यटक नेपाल आउनेछन् भन्ने मलाई विश्वास छ । नेपालसँगको कम दूरी, समान भाषा तथा सस्कृति, भोजन तथा परम्पराले भारतीय पर्यटकलाई नेपाल प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ ।

दुई देशले पनि एक अर्कोबीच पर्यटन विकासका लागि हस्ताक्षर गरेका छन् । जसमा दुबै देशका लागि पर्यटनको क्षेत्रमा फाइदाजनक कुरा हो ।

र, अन्त्यमा मलाई यस अवसरमा बोलाउनु भएकोमा धन्यवाद दिँदै नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिन चाहन्छु ।


क्लिकमान्डु