मुकेश अम्बानीको ‘जियो मोडल’ जसले भारतमा टेलिकमको परिभाषा नै फेर्यो



खस्कँदो भारतीय अर्थव्यवस्थाको असर त्यहाँको टेलिकम कम्पनीमा समेत देखिएको छ । एकातिर रिलायन्स जियोको बजारमा प्रवेश गरेपछि अन्य टेलिकम कम्पनी घाटामा गइरहेका छन् भने अर्कोतर्फ टेलिकम कम्पनीमाथि कर्जाको बोझ पनि उत्तिकै छ ।

एकातिर सस्तो दरमा मोबाइल सेवा उपलब्ध गराउँदै आएका भारतीय टेलिकम कम्पनीलाई गत महिना त्यहाँको सर्वोच्च अदालतले भारी जरिवाना लगाएपछि घाटामा गएका टेलिकम कम्पनीलाई अझ बढी अप्ठ्यारो अवस्था सिर्जना भएको थियो ।

भारतको सर्वोच्च अदालतले भोडाफोन आइडियालाई ४० अर्ब भारु र भारतीलाई ३० अर्ब भारु सरकारलाई बुझाउनुपर्ने फैसला गरेको थियो । सर्वोच्च अदालतले रेष्ट्रोपेक्टिभ लाइसेन्स, स्पेक्ट्रम शुल्क, जरिवाना र ब्याजसहित ती कम्पनीलाई दण्डस्वरुप उक्त रकम सरकारलाई बुझाउन आदेश दिएको थियो ।

भोडाफोन आइडियामा ४५ प्रतिशत यूकेमा अवस्थित एक कम्पनीको सेयर स्वामित्व छ । सर्वोच्चको उक्त फैसलापछि कम्पनीले एक सातामै ५ खर्ब भारु घाटामा गएको थियो । साथै, अर्को टेलिकम कम्पनी भारतीले सोही समयमा २३ अर्ब भारु घाटामा गएको थियो ।

द टेलिकम रेगुलेटरी अथ्योरिटी अफ इन्डियाले गत महिना प्रकाशित गरेको रिपोर्टमा रिलायन्स जियो कम्पनी बजार हिस्सामा दोस्रो नम्बरमा छ । जियोको बजार हिस्सा ३०.२६ प्रतिशत हिस्सा छ ।

पहिलो नम्बरमा रहेको भोडाफोन आइडियाको बजार हिस्सा ३१.७३ प्रतिशत छ । जियोको बढ्दो बजार हिस्सालाई आधार मान्दा केही समयमै भोडाफोन आइडियालाई पछाडि पार्ने संकेत देखिएको छ । तथ्यांक हेर्दा गत नोभेम्बरमा भोडाफोन आइडियाको बजार हिस्सा ३२.०३ प्रतिशत थियो । तब जियो दोस्रो स्थानमा रहँदै २९.७४ प्रतिशत बजार हिस्सा थियो । त्यस्तै, भारती एयरटेलको बजार हिस्सा अगस्टमा २८.०१ प्रतिशत थियो ।

जियोको प्रवेशको प्रभाव मुकेशका भाई अनिल अम्बानीको रिलायन्समा सबैभन्दा बढी पर्यो । कम्पनी अहिले लिलामीको प्रक्रियामा छ ।

जियो कम्पनीमा एक महिना मात्रै झण्डै ७० लाख उपभोक्ता थपिएका छन् । जियो सन् २०१६ मा बजारमा प्रवेश गरेको थियो ।

बजारमा प्रवेश गर्दा उपभोक्ता आकर्षित गर्नका लागि फोजी डाटा र फोन कल निशुल्क बनाइदिएको थियो । सोही समयमा भारती एयरटेलले २५ लाख उपभोक्ता गुमाएको थियो भने, भोडाफोन आइडियाले २३ लाख ८० हजार ग्राहक गुमाएको थियो ।

तर सरकारी स्वामित्व रहेको बीएसएनएल जसले एमटीएनएलसँग मर्जरको प्रक्रिया चलिरहेको छ, कम्पनीले यस समयमा ७ लाख ४० हजार नयाँ उपभोक्ता थप गरेको थियो । तर एमटीएनएलले ८ लाख ७ हजार उपभोक्ता गत सेप्टेम्बर महिना मात्रै गुमाएको थियो ।

भारतमा अहिले प्रत्येक महिना ०.२९ प्रतिशतले उपभोक्ता बढिरहेका छन् ।

भारतमा बोडाफोन आइडिया, रिलायन्स जियो र एयरटेल कम्पनी ठूला टेलिकम कम्पनी हुन् । तीन वटा कम्पनीले ९० प्रतिशतभन्दा बढी बजार हिस्सा ओटगेका छन् । भोडाफोन आइडिया मात्रै होइन, भारतमा सञ्चालित एयरटेलको अवस्था पनि निकै नाजुक छ । एयरटेललाई पनि सोही अवधिमा २३ हजार करोड भारु घाटा भएको थियो । र, यो कम्पनीहरुका लागि निकै ठूलो घाटा हो ।

सर्वोच्च अदालतको फैसलापछि भोडाफोन आइडियाले सरकारले सहयोग नगरे सञ्चालन गर्न नसक्ने बताइसकेको छ भने एयरटेलले गुमेको बजार फिर्ताका लागि र जियोलाई टक्कर दिनका लागि ४९ हजार करोड भारुको विदेशी लगानी ल्याउनका लागि सरकारसँग आइतबार मात्रै अनुमति माग गरेको छ ।

यसरी हेर्दा भारतीय टेलिकम बजारमा जियोको प्रवेशले उपभोक्तालाई जति फाइदा भएको छ अन्य प्रतिष्पर्धी कम्पनीहरुलाई निकै घाटा भएको देखिन्छ । जियोको प्रवेशले कम्पनीको बजार हिस्सा मात्रै गुमेन, हरेक महिना आर्जन गर्दै आएको नाफा घाटामा परिर्वतन भयो । त्यसमाथि अदालतको आदेशले टेलिकम कम्पनीहरु सञ्चालन गर्न नसकिने अवस्थामा पुगिसकेका छन् ।

जियोको यात्रा

सन् २०१६ मा जब एसियाका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीले भारतीय टेलिकम बजारमा प्रवेश गरे त्यसपछि अन्य टेलिकम कम्पनीका लागि टाउको दुखाइको विषय बनेको थियो ।

भारतीय बजारमा अन्य टेलिकम कम्पनीले कब्जा जमाएको अवस्थामा मुकेश अम्बानीले ‘जियो’ ल्याए । सन् २०१६ देखि आक्रमक बजार लिएको जियोले ३ वर्षको छोटो अवधिमा अग्रणी बन्ने क्रममा थोरै दूरीमा मात्रै छ । यसका लागि जियोले लिएको बजार रणनीति निकै महत्वपूर्ण मानिन्छ ।

जियोको बजार प्रवेशपछि मोबाइल डाटा मूल्य निकै कम भयो । सन् २०१६ र २०१८ को बीचमा ९५ प्रतिशतले घटेको थियो । जियोले आक्रमक बजार रणनीति अपनाउँदा उपभोक्तालाई निकै सस्तोमा मोबाइल डाटा उपलब्ध गराएको थियो । जसले गर्दा अन्य टेलिकम कम्पनीहरुले समेत मोबाइल डाटाको मूल्यमा भारी कटौती गर्नु परेको थियो ।
सुरुमा सीमित क्षेत्रमा मात्रै समेटिएको जियो अहिले भारतका सबै जसो सहरमा आक्रमक तवरले व्यापार विस्तार गरेको थियो । निःशुल्क भ्वाइस कल र सस्तो दरमा अनलिमिटेड डाटा योजनाले जियोले छोटो समयमा धेरै मानिससम्म पुग्न सक्यो ।

यसले एकातिर बजारलाई थप प्रतिष्पर्धी बनायो भने सस्तो हुँदा धेरै उपभोक्ता लोभिए । जियोले मोबाइलको महंगो व्यापारलाई सस्तो बनाइदियो । धेरै कुरा निःशुल्क पाउँदा उपभोक्ताहरु लोभिए । जसले अन्य टेलिकम कम्पनीलाई पनि डाटाको शुल्कमा कम गर्नका लागि बाध्य बनायो । जसको सोझो प्रभाव आम उपभोक्तासम्म पुग्यो ।

जियोले चीनमा गएर पुराना फोनहरु सस्तोमा खरिद गर्यो । जसलाई भारतमा ल्यायो र रिलेभल्ड गर्यो । पुराना फोनमा जियोका अफर दियो, मानिसहरुले सस्तो दरमा फोन पाएसँगै भकाभक जियोका फोन खरिद गर्न लागे । र, छोटो समयमा जियोले बजारमा राज गर्न सक्ने अवस्थामा पुग्यो । अहिले जियोले वार्षिक रुपमा २३ अर्ब रुपैयाँभन्दा बढी आम्दानी मात्रै गर्दछ ।

भारतीय बजारमा अन्य टेलिकम कम्पनीले कब्जा जमाएको अवस्थामा मुकेश अम्बानीले ‘जियो’ ल्याए । सन् २०१६ देखि आक्रमक बजार लिएको जियोले ३ वर्षको छोटो अवधिमा अग्रणी बन्ने क्रममा थोरै दूरीमा मात्रै छ । यसका लागि जियोले लिएको बजार रणनीति निकै महत्वपूर्ण मानिन्छ ।

सुरुमा सीमित क्षेत्रमा मात्रै समेटिएको जियो अहिले भारतका सबै जसो सहरमा आक्रमक तवरले व्यापार विस्तार गरेको थियो । निःशुल्क भ्वाइस कल र सस्तो दरमा अनलिमिटेड डाटा योजनाले जियोले छोटो समयमा धेरै मानिससम्म पुग्न सक्यो ।

यसले एकातिर बजारलाई थप प्रतिष्पर्धी बनायो भने सस्तो हुँदा धेरै उपभोक्ता लोभिए । जियोले मोबाइलको महंगो व्यापारलाई सस्तो बनाइदियो । धेरै कुरा निःशुल्क पाउँदा उपभोक्ताहरु लोभिए । जसले अन्य टेलिकम कम्पनीलाई पनि डाटाको शुल्कमा कम गर्नका लागि बाध्य बनायो । जसको सोझो प्रभाव आम उपभोक्तासम्म पुग्यो ।ऐजेन्सी


क्लिकमान्डु