बैंकमा ‘आउटसोर्सिङ’ गरेर कर्मचारी राख्ने प्रवृतिमा खनिए अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालका बैंकहरुलाई विदेशी लगानी ल्याउन आग्रह गरेका छन् ।

ग्लोबल आईएमई र जनता बैंकको एकिकृत कारोबार शुभारम्भ गर्दै मन्त्री खतिवडाले यस्तो बताएका हु्न । उनले भने ‘२०६५/०६६ सालतिर ५ अर्ब रुपैयाँमा खोज्नु पर्दा धेरै बैंकहरु जम्मा गर्नुपर्ने थियो ।

अहिले एउटै बैंकको पुँजी २० अर्बको हाराहारीमा पुगेको छ । अब १०/१२ अर्ब लगानीगर्न कुनै समस्या पर्र्दैन । अब नेपाली बैंकहरुले नेपाली मात्रै हैन विदेशी लगानी पनि भित्र्याउनु ।’

दुई बैंक मिलेर ठूलो बैंक बन्नु भएको छ । हाम्रो पुँजी यति रहेको छ भनेर आफ्नो पुँजीलाई देखाएर विदेशबाट पनि लगानी ल्याउनु । अहिले हामीलाई आन्तरिक भन्दा पनि बाह्य लगानीको निकै आवश्यक रहेको छ ।’

नेपालमा पनि बैंकहरुले दिर्घकालीन लगानीको लागि ऋणपत्र ल्याएका छन् । त्यसले दिर्घकाली लगानी आउने उनको भनाई छ । ऋणपत्रमा ब्याज दिँदा भोलीको कस्ट अफ फण्डलाई पनि ध्यान दिन आग्रह गरे । उनले ऋणपत्र र बैंकको ब्याजदरको सन्तुलत मिलाउन आग्रह पनि गरे ।

मन्त्री खतिवडाले बैंकर्सहरुलाई सेयर होल्डरसको पनि नेतृत्व लिने र कर्मचारीको पनि नेतृत्व गरेर ब्याज खाने प्रवृतिको अन्त्य गर्न आग्रह गरे । उनले भने ‘ब्याज खाएर मोटाउन सजिलो छ । मोटाएपछि घटाउन गारो छ । घट्नको लागि वर्क आउट गर्नुपर्छ । त्यो अनुसार बिचार गरेर हिँडनु होला ।’

बैंकहरुमात्रै सम्बृद्धि भएर नपुग्ने भन्दै व्यवसायी, निक्षेपकर्ता, सेयर होल्डरलाई पनि सम्बृद्ध बनाउने गरी काम गर्न आग्रह गरे ।

मन्त्री खतिवडाले बैंकर्सहरुलाई आफ्ना कर्मचारी चिन्नको लागि आग्रह गरेका छन् । उनले भने ‘ठेक्कामा कर्मचारी ल्याएर राखेको छ, उनीहरुको वृति विकासमा लगानी गरेको छैन, अब बैंकहरुले केवाईसी मात्रै हैन केवाईई नो योर इम्प्लाई पनि भर्ने गराउनु ।’

मन्त्री खतिवडाले अब बैंकहरुले प्रविधिमा पनि लगानी बढाउन आवश्यक रहेको बताए । मन्त्री डा. खतिवडाले सरकारले गर्ने खर्च छिटो छिटो गरिरहेको र स्थानीय तहमा जाने पैसा पनि वाणिज्य बैंकमा राख्ने व्यवस्था गरेको जानकारी गराए । यसलाई पुनरावलोकन गर्ने सोचमा रहेको बताए ।

बैंकहरुले ऋण लिनेहरुलाई सेवाशुल्क लगायत बाहनामा धेरै शुल्क नलिन पनि आग्रह गरे । उनले भने ‘तपाईहरुले लिने सेवा शुल्क सबैलाई स्विकार्य होस, नाफा पनि सबैले स्वीकार्य हुने खालकै कमाउनु ।’ ब्याजदरमा कतै कतै छिद्र खोज्न लागेको आफुले सुनेको भन्दै आगामी दिनमा त्यस्ता काम नगर्न आग्रह गरे ।

स्प्रेडदर राम्रो भएकाले छिर्द ठाँउ खोज्न आवश्यक नभएको उनको तर्क छ । उनले ब्याजको जायज पक्षहेर्न समेत आग्रह गरेका छन् । मर्जरले अन्य ठूला बैंकलाई मर्जरमा जान हौसला मिल्ने र अन्य बैंकहरुलाई पनि प्रतिस्पर्धामा जान कठिन हुने उनको तर्क छ ।

कार्यक्रममा मन्त्री खतिवडाले भने ‘तपाईहरुको एक भन्दा बढी बैंक तथा वित्तीय संस्थामा छोरो छोरीको नाममा, श्रीमान, श्रीमतीको नाममा, कति पारिवारीक सम्बन्ध बिच्छेद गरेर आर्थिक उपाध्याताको लागि व्यवसायीक रुपमा लगानी नगर्नु ।

धेरै परिवारको एक भन्दा बढी वित्तीय संस्थामा धेरै लगानी रहेको छ । मैले पनि राष्ट्र बैंकमा हुँदा हेरेको छु । परिवारका सदस्य कागजी रुपमा वरपर हुने हो । यस्ता संस्थाहरु एक भएर मर्जरमा आईदिनु । तपाईहरु नआउँदा भोली सरकार राष्ट्र बैंक कठोर नबनोस ।’


क्लिकमान्डु