बैंकिङ क्षेत्रमा दक्ष कर्मचारी नहुँदा अपराधको संख्या बढ्यो: गभर्नर नेपाल



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा गलत नियत र कमजोर कार्य क्षमता भएका कर्मचारीहरु हावि भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बताएका छन् । नेपाल बैंकर्स संघको ३३ औ वार्षिक साधारण सभामा उनले बैंकिङ क्षेत्रमा अहिले मुख्य चुनौती साइबर क्राइम भएको अवस्थामा सामान्य बैंकिङ प्रविधि र कारोबार सम्बन्धी जानकारी नै नभएका कर्मचारीहरु बैंकिङ क्षेत्रमा भएको बताएका हुन् ।

‘नेपाल प्रविधि प्रयोगमा धेरै पछाडि छ, बैंकका कर्मचारी प्रविधिका सामान्य कुराहरुमा पनि जानकार छैनन्,’ उनले भने ‘चेक कसलाई दिने भन्ने थाहा नहुने कर्मचारी बैंकले राखेको छ, चोरलाई चेक बुक दिने कर्मचारीले भोलि पैसाको बिटो नै नदेला भन्न सकिन्दैन् ।’ बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले कर्मचारी राख्दा क्षमताको जाँचसँगै उसको नियत परख गर्न आवश्यक रहेको उनको भनाई छ ।

पहिले हामीले सुधार गरनौ अब एकैपटक धेरै गर्नुपर्ने अवस्था आएको छ ।

यसलाइ सहज होस भनेर विग मर्जरको कुरा गरेको हो । अहिले मुख्य दुई चुनौति देखिएको छ । एउटा ब्याजदर र अर्को टेक्नोलोजी । यसको कस्टलाइ एड्जस्ट गर्न सहज होस भनेर नै मजरको कुरा गरेको हो । धैरै बैक हुँदा पैसा पनि धेरै तिर छरिन्छ जसले गर्दा कस्ट बढ्छ र ब्याजदर पनि बढ्छ ।

विश्वको बैकिङ फोरममा जाँदा नेपालको बैकिङको कुरा गर्न पनि हुने उनको भनाई छ । ‘टाइ सुट लगाउनुभएको छ राम्रो यहाँ सिइओहरू हुनुहुन्छ, हेर्दा मात्र राम्रो देखिएर भएन काम राम्रो हुन आवश्यक छ, उनी भन्छन् ‘विदेशी फोरममा जाँदा नेपालमा शुरु नै नभएको विषयमा कुरा हुन्छ, त्यसैले त्यस्तो कार्यक्रम सहभागी हुन लाज लाग्छ ।

बैंकिङ प्रविधिमा नेपाल पछाडि परेको हुँदा बैंकका सीईओहरुले आफु लगायत कर्मचारीलाई बैंकिङ प्रविधि सम्बन्धी नेपालमा अथवा विदेशमा नै लगेर भएपनि तालिम लिन निर्देशन उनले दिए । आगामी माघ १ गते बाट बाणिज्य बैंकहरुलाई तथा विकास बैक र फाइनान्सहरुलाई असार १ गतेबाट सम्पत्ति सुद्धिकरण निवारण अनिवार्य हुने उनले बताए ।

ब्याजदर र बैंकिङ टेक्नोलोजीको चुनौती देखिएको कारणले नै बिग मर्जरको विषय उठाएको उनको भनाई छ ।

‘बैंकिङ टेक्नोलोजीमा धेरै खर्च बढेको २/३ वाणिज्य बैंक मर्ज भएर सञ्चालन हुदाँ आइटीको खर्च र जोखिम घट्छ,’ गर्भनर नेपाल भन्छन् ‘ बैकको संख्या धेरै भएर खर्च बढ्ढेर नै ब्याजदर बढेको हो, मर्जमा गएमा ३ वटा बैंक १ वटै बैंकको खर्चले चल्छ ।’ ठुला बैंकहरु मर्ज भएमा बैंकिङ क्षेत्रमा भएका धेरै समस्या र चुनौतीहरु घट्ने उनको भनाई छ ।

बैंकर्स संघको नव–निर्वाचित अध्यक्ष भुवन दाहालले राष्ट्र बैंकसँग सदैव सहकार्य गरेर अगाडि बड्ने प्रतिवद्धता गर्दै आफ्नो कार्यकालमा दक्ष कर्मचारी उत्पादनमा विशेष जोड दिने लक्ष्य रहेको बताए ।

‘बैंकिङ क्षेत्रमा अहिलेको प्रमुख समस्या र चुनौती भनेको अर्धदक्ष कर्मचारीको संख्या बढ्नु र कर्मचारी स्तान्तरणको हो,’ उनले भने ‘यसले गर्दा वित्तीय जोखिम बढेको हुँदा कर्मचारीको दक्षता बढाउन संघले राष्ट्र बैंकको सहकार्यमा तालिमहरु सञ्चालन गर्ने छौँ ।’

ग्रामीण भेगमा विस्तार गरिएका शाखाहरुमा दक्ष तथा अनुभवि कर्मचारीहरु नपुगेको हुँदा ती शाखाहरुमा बढी जोखिम हुने हुदाँ सबैभन्दा पहिले ग्रामीण भेगाका शाखामा अनुभवि र दक्ष कर्मचारीहरु पुर्याउने लक्ष्य रहेको उनको भनाई छ ।

बैंकहरुमा कर्मचारीको क्षमता र योग्यताभन्दा अरु काम नलगाउन उनले सबै बैंकका सीईओहरुलाई आग्रह गरेका छन् । ‘कुनै एक विभागमा काम गरिरहेको कर्मचारीलाई शाखामा पठाउँदा अर्को विभागमा पठाइने गरिएको छ,’ उनले भने क्षमता र दक्षताभन्दा बाहेकको काम लगाउँदा जोखिम बढिरहेको हो ।’ कर्मचारीको गल्ती कै कारणले राम्रो क्षवी भएका सिइओ जेल जानु परेको हुदाँ त्यो अवस्था आगामी दिनमा आउन नदिन कर्मचारीको क्षमता अभिवृद्धिका तालिमहरु सञ्चालन गर्ने र त्यसमा राष्ट्र बैंकको सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष ज्ञानेन्द्र ढुङगानाले पछिल्लो ३ वर्षमा निक्षेपको वृद्धिको तुलनामा कर्जाको माग उच्च हुँदा बैकिङ क्षेत्रमा केही समस्या आएको बताएका छन् । यस्ता समस्याको समाधानको लागि राष्ट्र बैंकले विदेशबाट ऋण ल्याउने बाटो खुल्ला गरेपनि केही व्यवहारीक समस्या भएको उनको भनाई छ ।

‘विदेशबाट ऋण ल्याउन हेजिङ र कन्ट्रि रेटिङको समस्याको भइरहेको छ,’ उनले भने ‘यसका बाबजुत पनि केही बैकहरूले कर्जा ल्याए भने अरू बैकले ल्याउने प्रयास गरिरहेका छन् ।’

आगामि दिनमा आवश्यक परेमा विदेशबाट लगानी ल्याउन पनि बैंकहरु तयार रहेको र यसमा राष्ट्र बैंकको सहयोग आवश्यक पर्ने उनको भनाई छ ।

बैकर्स संघको यो वर्षको लाईफटाईम एचिभमेन्ट अवार्ड नेपाल इन्भेष्टमेन्ट बैकका अध्यक्ष पृथ्विबहादुर पाण्डेलाई प्रदान गरिएको थियो ।


क्लिकमान्डु