बैंकरका मास्टर सञ्जीव सुब्बाको निष्कर्शः नेपालमा १२/१४ वटा बैंक भए पुग्छ



काठमाडौं । सञ्जीव सुब्बा पछिल्लो दशकमा नेपालको बैंकिङ क्षेत्रमा नाम सुनिएका विश्लेषक हुन् । लामो समयसम्म नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई)मा संस्थापक प्रमुख कार्यकारी अधिकृत रहेका सुब्बाले कार्यकाल बाँकी रहँदै एनबीआईबाट बाहिरिने निर्णय लिए ।

२० वर्षभन्दा बढीको जागिरे जीवनमा उनको एनबीआईमा तेस्रो इनिङ थियो । भारतबाट ब्याचलर सकेर आएपछि उनले तत्कालिन ग्रिनलेज र हालको स्ट्यान्डर्ड चाटर्ड बैंकमा जागिर खाए ।

‘बैंकर बन्छु भन्ने सोच थिएन, एसएलसीपछि विज्ञान संकाय लिएँ । र, पछि कमर्शमा गएँ, त्यसो हुँदा म बैंकिङ क्षेत्रमा जोडिएँ,’ एनबीआईबाट राजीनामा दिएपछि केही फुर्सदिला बनेका सुब्बाले क्लिकमाण्डूसँग भने ।

भारतबाट पठाइ सकेर आउँदा २१/२२ वर्षका थिए उनी । त्यो बेला नेपालमा केही न केही गर्छु भनेर देश फर्किएका थिए ।

‘कलेजकै एकजना दाईले ग्रिनलेज बैंकमा आवेदन खुलेको भन्नुभयो, आवेदन दिए, परीक्षामा पास पनि भए, त्यसपछि बैंकमा जागिर खाने भइयो,’ सुब्बाले ग्रिनलेजका शुरुवाती दिन सम्झिए ।

तर सन् १९९९ मा एकाएक सुब्बाले स्ट्यान्डर्ड चाटर्ड छाड्ने निर्णय गरे ।

त्यो बेलासम्म सुब्बाले स्नातक मात्र उतीर्ण गरेका थिए । जागिर छाड्नको कारण थियो, एमबीए । एमबीए गर्ने सोचले उनलाई थाइल्याण्डको ब्याङ्कक पुर्यायो । थाइल्याण्डबाट एमबीए सकाएपछि उनी त्यहीँको विश्वविद्यालयमा काम गर्न थाले ।

जागिर छाड्नका लागि धेरै समय नलिएको आफ्नो अनुभव रहेको उनी सुनाउँछन् । जागिर खान र छोड्न मलाई धेरै टाइम लिएर डिसिजन लिनुपर्दैन । एनबीआई पनि मैले १ घण्टाको डिसिजनमा छोडेको हो ।

‘जागिरे जिन्दगीको दोस्रो इनिङ बैंककमा शुरु भयो, विश्वविद्यालयको जागिर राम्रो थियो, विश्वविद्यालय चम्कँदै थियो,’ सुब्बाले बैंकक बसाइको स्मरण गरे ।

विश्वविद्यालयको काम जति राम्रो थियो, त्यत्तिनै मनमा स्वदेश फर्कनुपर्छ भन्ने पनि थियो । बैंकक छाडेर अर्कै देशमा अझैं आकर्षक तलब सुविधाको अफर नआएको होइन । तर उनी नेपाल फर्कनेमा मन बनाइसकेका थिए ।

१० वर्ष अमेरिकी विश्वविद्यालयको कार्यकारी निर्देशकको भूमिकामा काम गरेको जागिर छाडेर उनले नेपाल फर्कने सोच बनाए ।
बैंकको जागिर छाडेर विश्वविद्यालयको व्यवस्थापनको नेतृत्वमा बसेका सुब्बा आफूले आर्जेको ज्ञान बाँड्न चाहन्थे । यद्यपि नेपालकै बैंकबाट समेत आकर्षक अफर नआएको पनि होइन ।

सन् २००८ मा एसियाली विकास बैंकले उनलाई सम्पर्क गरेको थियो । नेपालमा राष्ट्र बैंक, बैंकर्स संघ तथा एसियाली विकास बैंक मिलेर नेशनल बैंकिङ ट्रेनिङ इन्स्टिच्युट (एनबिटिआई) खोल्ने सोच थियो ।

जसले उनलाई स्वदेश फर्कने बाटो खुले जस्तो भयो ।

त्यो समयमा उनलाई एनबीआई सम्बन्धी के बुझाइएको थियो भने, यो भनेको नेपाल राष्ट्र बैंक, एसियाली विकास बैंक र नेपाल बैंकर्स एसोसिएसन मिलेर खोलिएको हो । र, यसले विभिन्न प्रकारका कार्यक्रम ल्याउने छ ।

तर यो संस्था कसरी चलाउने भन्ने विस्तृत योजना थिएन । वित्तीय क्षेत्र सुधार कार्यक्रममा पुराना कन्सेप्ट नोट भएपनि चलाउने खाका थिएन । तालिम गर्ने भने एनबीटीआईको नाममा संस्था दर्ता भयो । शुरुमा एनबीटीआईको नाममा नै संस्था खुल्यो, पछि त्यसलाई एनबिआई परिवर्तन गरियो ।

एनबीआईमा आएपछि सबैभन्दा ठूलो चूनौती सुब्बाले भोगेको भनेको बैंकरहरुलाई पढाउनु थियो । सबै मिलेर तालिम गराउने संस्था त खोले पनि कसलाई गराउने भन्ने अन्यौल पर्यो । एनबीआईको स्टेक होल्डरलाई तालिम गराउन इच्छा नै हुँदैन । खर्च गर्ने गराउने तिर मात्र ध्यान थियो उहाँहरुको । तालिमको लागि आफैंले खोज्दै जानुपर्ने अवस्था आयो । अहिले अवकास हुने कर्मचारी बढेपछि तालिम दिनेहरु पनि लिने पनि बढे ।

‘सस्था कुन अवधारणबाट स्थापना गरिएको त्यसमा प्रष्टता भएन, तालिम मात्र गर्न ल्याएको भएर मेरै पहलमा सन् २०११ मा संस्थाको नाम एनबीटीआईबाट एनबीआई बनाइयो, तालिम मात्र गराउन आएको संस्था होइन भनेर त्यो पुच्छारको ‘टी’ भन्ने शब्द हटाइएको थियो, तालिम मात्र त जुनसुकै संस्थाले पनि गराइरहेको हुन्छ,’ उनले एनबिआईको स्थापनाको स्मरण गरे ।

सुब्बा पढाउने संस्थाको नेतृत्व गर्दै नेपाल फर्कने भएपछि धेरैजनालाई किन ४० वर्षको उमेरमै अवकासपछि गर्ने काम गर्न थालेको भनेर सोध्ने धेरै थिए ।

‘त्यो बेलामा म ४० वर्षको थिएँ । त्योबेलामा कहाँ जागिर छाडेपछि म त्योभन्दा राम्रो ठाउँ जान्छु भन्ने रहेछ, तर म एनबीआईमा आएँ, केही राम्रो गर्ने उमेरमा किन त्यस्तो जागिरमा आयो भनेर सोध्नुभएको रहेछ,’ उनले भने ।

सुब्बाले आफ्नो जागिरे जीवनमा ३ ठाउँ जागिर खाए । अब चौथो कुन ठाउँमा जाने भन्ने टुंगो लागेको छैन ।

‘जागिर परिवर्तन गर्दा भोलि के होला, के गर्छ भनेर कहिले सोचिँन, कुनैपनि क्षेत्रमा काम गरेपछि त्यो मेरा लागि यो क्षेत्र वा जागिर पुग्यो अब अर्को ठाँउमा जानुपर्छ भन्ने मनमा लागेपछि मैले छोड्ने हो,’ उनले सुनाए ।

अर्को व्यवसाय नहुँदासम्म संस्थामा संंस्थापकले हालेको पैसा नचलाउने उनले प्रण गरेका थिए । ४ महिनासम्म तलब नलिएर काम गरे । एनबीआईको तत्कालिन सेयर पूँजी २७ लाख थियो, अहिले यो १५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

जागिर छाड्नका लागि धेरै समय नलिएको आफ्नो अनुभव रहेको उनी सुनाउँछन् । जागिर खान र छोड्न मलाई धेरै टाइम लिएर डिसिजन लिनुपर्दैन । एनबीआई पनि मैले १ घण्टाको डिसिजनमा छोडेको हो ।

‘एनबीआईमा पनि विभिन्न कारणले गर्दा यहाँ मेरो काम सकियो भन्ने लाग्यो । र, छाडेँ । आफ्नो स्वार्थले नै एनबीआईमा काम गर्न हो भने यतिको वर्ष योगदान गरेपछि अब भनेको मेरो फल खाने बेला थियो । मैले चाहेको भए अझ ५ वर्ष कार्यकाल थपेर बस्नु सक्थे,’ उनले भने ।

एनबीआईमा आएपछि सबैभन्दा ठूलो चूनौती सुब्बाले भोगेको भनेको बैंकरहरुलाई पढाउनु थियो । सबै मिलेर तालिम गराउने संस्था त खोले पनि कसलाई गराउने भन्ने अन्यौल पर्यो ।

एनबीआईको स्टेक होल्डरलाई तालिम गराउन इच्छा नै हुँदैन । खर्च गर्ने गराउने तिर मात्र ध्यान थियो उहाँहरुको । तालिमको लागि आफैंले खोज्दै जानुपर्ने अवस्था आयो । अहिले अवकास हुने कर्मचारी बढेपछि तालिम दिनेहरु पनि लिने पनि बढे ।

एनबीआईको १० वर्षको प्रयासमा अहिले १०० जना तालिम दिने व्यक्ति तयार भएका छन् । एनबीआई तालिमका लागि मात्र नभएर विशेषखाले कार्यक्रम सञ्चालन गर्ने संस्था भएको उनको भनाइ छ । अहिले तालिम दिने संस्थाहरु अरु पनि रहेको भन्दै बैंकिङ क्षेत्रका विशेष कोर्ष सञ्चालन गरेको बताउँछन् ।

बैंकिङ क्षेत्रमा सुब्बाले देखाएको अबको चुनौति वित्तीय समावेशीता हो । अहिले वित्तीय समावेशीता भनेर वित्तीय पहुँचमा मात्र ध्यान गएको हुँदा समावेशितामा ध्यान गएको छैन ।

राष्ट्रियस्तरमा एनबिआईबाट सिईओको रुपमा आफूले गर्नुपर्ने सबै गरेको बताउँछन् । आफूले मुख्य दुईवटा कुरा हेर्नुपर्ने र त्यो काम पूरा गरेको उनले बताए । पहिलो एनबीआई बिजनेश मोडल चल्छ, चल्दैन भन्ने थियो । त्यो उनले चलाएर देखाए ।

अर्को व्यवसाय नहुँदासम्म संस्थामा संंस्थापकले हालेको पैसा नचलाउने उनले प्रण गरेका थिए । ४ महिनासम्म तलब नलिएर काम गरे । एनबीआईको तत्कालिन सेयर पूँजी २७ लाख थियो, अहिले यो १५ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

एनबीआई अहिले आर्थिक रुपमा धेरै राम्रो छ । यसले गरेको कामको प्रभाव पनि देखिसकेको छ । बैंकिङ क्षेत्रमा आउनु पर्ने परिवर्तनहरु पनि आउँदैछ । तर रेगुलेटर, स्टेक होल्डरहरुले साथ तथा सहयोग गरेर नै अगाडि लिएर जानुपर्ने हुन्छ ।

संसारभरमा नै भएको यही हो । अरु देशमा यस्ता संस्थाहरुलाई नियामकले नै आर्थिक सहयोग गरेको हुन्छ ।

नेपालमा मात्र हो कमाएर खानु परेको कुरा उनलाई यो मन परेको छ । एनबीआईले १ वर्षमा ३५७ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

एनबीआईको स्थापनापछि बैंकिङ क्षेत्रमा धेरै परिवर्तन आए । एनबीआईले नै बैंकका सञ्चालकलाई धेरै चरणको तालिमको आयोजना गर्यो । जसले सञ्चालकलाई बैंकिङको ज्ञान बढाउन मद्दत गरेको छ ।

बैंकिङ क्षेत्रमा सुब्बाले देखाएको अबको चुनौति वित्तीय समावेशीता हो । अहिले वित्तीय समावेशीता भनेर वित्तीय पहुँचमा मात्र ध्यान गएको हुँदा समावेशितामा ध्यान गएको छैन ।

वित्तीय समावेशीता अनुसार अहिलेको हिसाबमा नेपालमा वित्तीय समावेशीता नरहेको अनुभव उनीसँग छ । अर्थतन्त्रको आकारमा १२ देखि १४ वटा बैंक भएमा पुग्ने उनको बुझाइ छ ।

बैंकको संख्या थोरै बनाउने भन्दैमा विकास बैंक माइक्रोफाइनान्सहरु मासेर त वित्तीय समावेशीता भने नहुँने उनको विश्लेषण छ । वित्तीय समावेशिता बढाउनको लागि प्रविधिलाई जोड्नुपर्ने र त्यसमा काम गर्ने इच्छा राखेको सुब्बा बताउँछन् ।


पुष्प दुलाल