नेपाल इन्भेष्टमेन्ट बैंकका सुनौला दिन फर्केलान् ? यस्तो छ लाभांशको इतिहास



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक भनेपछि कुनै समयमा राम्रो लाभांश दिने सेयर मूल्य धेरै राम्रो भएको बैंकको रुपमा चिनिने गरेको थियो ।

यो बैंकप्रति निकैको आकर्षण पनि रहेको थियो । तर पछिल्लो समयमा बैंकको आकर्षण निकै घटेको छ ।

बैंकले लगानीकर्तालाई दिएको लाभांशको इतिहास हेर्दा अब बैंकका ति सुनौला दिन फर्कने हुने वा न फर्कने हुने भन्ने प्रश्न यति बेला लगानीकर्ताको मनमा उब्जने गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७५–०७६ मा १३ वर्ष यता कै सबै भन्दा कम लाभांश दिएको छ ।

बैंकले गत आवमा लगानीकर्तालाई १९ प्रतिशत लाभांश दिएको थियो । यो वर्षको लाभांश राम्रो भएपनि पहिलो त्रैमासिक विवरणमा खराब कर्जा बढेको तथा नाफा घटेको हुँदा लगानीकर्ताको आत्मविश्वास बैंकसँग बढ्न सकेको छैन । बैंकले गतवर्षको नाफाबाट यो वर्ष १०.५ प्रतिशत बोनस र ८.५ नगद लाभाशं दिएको छ । बैंकको यो लाभांश १३ वर्षको इतिहासमा नै सबैभन्दा कम हो ।

बैंकले आव २०६२/०६३ मा लगानीकर्तालाई ५५.४६ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ३५.४६ र नगद २० प्रतिशत रहेको थियो । यस्तै आव २०६३–०६४ मा ३० प्रतिशत, आव २०६४–०६५ मा ४०.८३ प्रतिशत, आव २०६५/०६६ मा २०, आव २०६७/०६८ मा ५० प्रतिशत, आव २०७०/७१ मा ४० प्रतिशत लाभांश दिएको थियो ।
बैंकले अहिलेसम्म सबै भन्दा कम लाभांश आव २०६१/०६२ मा १२.५ प्रतिशत दिएको थियो । त्यो सबै नगद नै थियो ।

हरेक वर्षहरुमा राम्रो लाभांश दिएको बैंकको लाभांश घटेसँगै लगानीकर्ताको विश्वास पनि कम हुँदै गएको देखिएको छ । बैंकले अघिल्लो आव २०७४–०७५ मा ४० प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १८ र नगद २२ प्रतिशत रहेको थियो । बैंकको लाभांश घटेसँग सेयर मूल्यमा समेत गिरावट आउन थालेको छ । बैंकले लगानीकर्तालाई १९ प्रतिशत लाभांश दिने घोषणा गरेपनि त्यसको लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) कहिले गर्ने भनेर सूचना जारी गरेको छैन । बैंकको उक्त लाभांश नेपाल राष्ट्र बैंकले अनुमति दिएर बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।

विगत १ महिनाको अवधिमा बैंकको सेयर प्रति कित्ता २३ रुपैयाँले घटेको छ । कात्तिक १४ गते ४४१ रुपैयाँ रहेको सेयर सोमबार सम्म आईपुग्दा ४१८ रुपैयाँमा झरेको छ ।


क्लिकमान्डु