भूकम्पपछि बन्द भएको ५ तारे एभरेष्ट होटल संचालनमा आयो, यस्तो थियो पारिवारिक विवाद



काठमाडौं । ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पले धक्का दिँदा ठप्प भएको नयाँबानेश्वरस्थित पाँचतारे एभरेष्ट होटल आइतबारदेखि फेरि सञ्चालनमा आएको छ ।

२०७२ साल बैशाख १२ गते र २९ गतेका दुई ठूला धक्काले थलिएको होटलको भवन त्यसपछि रातो स्टिकर पाएको थियो । जसका कारणले होटल चल्न नसकेको थिएन् ।

लामो समयदेखि चलाउनका लागि प्रयास भइरहे पनि बन्द भएको ४ वर्षभन्दा बढी समयपछि असोज १२ गते आइतबारबाट फेरि नयाँबानेश्वरको पाँचतारे होटल आफ्नो पुरानै गतीमा सुरु भएको हो ।

होटल सञ्चालनमा आइसकेपछि वातावरणीय प्रभावका विषयमा होटलको समीक्षा गर्नका लागि प्रक्रिया अगाडि बढाएसकेको छ ।

होटलमा भूकम्पले चर्काएका ३५ वटा कोठा रिनोभेसन गरिएको छ भने होटलले आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि मात्रै लाइसेन्स रिन्यू हुनेछ ।

यसअघि भूकम्पपछि १६० वटा रुम भएको होटलमा रातो स्टिकर टाँसिएको थियो । भने होटलका लविमा रहेका तीन वटा मुख्य पिलरमा समस्या देखिएको थियो ।

साथै होटलमा रहेको क्यासिनो एभरेष्टले मात्रै सरकारलाई १०३.५ मिलियन रुपैयाँ बुझाउन बाँकी छ ।

यसअघि होटलले सञ्चालनका लागि आवश्यक कर्मचारी समेत माग गरेको थियो । होटलले ७ वटा विभागका लागि कर्मचारी माग गरेको थियो ।

भूकम्पबाट क्षतिग्रस्त बनेको होटलको भवनमा १ अर्ब रुपैयाँ खर्च गरी पुर्नसंरचना समेत गरिएको थियो । होटलमा १६० कोठा, एक्जुकेटिभ क्लव रुप, २ वटा रेष्टुराँ, स्वीमिङ पुल, जिम, बार तथा कार्यक्रम गर्नका लागि हलहरु समेत छन् ।

नेपालले भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेका बेलामा पाँच तारे होटल पुनः सञ्चालनमा आउनु राम्रो संकेत मानिएको छ । अहिले नेपालमा पाँच तारे होटलको संख्या बढ्दो क्रममा छ ।

सन् १९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे ३ करोड रुपैयाँ पुँजीमा होटल दर्ता गराएका थिए । मकबुलले होटलको आधा स्वामित्व भतिज मसकुर अहमद दारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।

मकबुलको निधनपछि एभरेष्ट होटलको स्वामित्वमा विवाद सुरु भएको थियो ।

छोरा जुब्फर लारीले बुबाको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेपछि स्वामित्व विवाद सुरु भएको थियो ।

मकबुलको नाममा रहेको सेयर भतिजा मशकुरले कीर्ते गरेर लिएको भन्दै छोरा जुब्फर अहमदले मुद्दा हालेपछि होटल विवाद थियो । सर्वोच्च अदालतले होटलको सेयर स्वामित्व भतिजा मशकुरको नाममा हुने फैसला गरेको थियो ।

त्यतिमात्रै होइन, होटलमा कार्यरत कर्मचारीले समेत सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गरिरहेका बेलामा भूकम्प गएपछि होटल पूर्ण रुपमा बन्द भएको थियो ।

१० अर्ब लगानी भएको एभरेष्ट होटलमा ३ सयभन्दा बढी कामदार कार्यरत थिए ।

सन् १९८१ देखि काठमाडौंको मध्य सहरमा भारतीय लारी परिवारको लगानीमा एभरेष्ट होटल सञ्चालन भएको थियो । सन १९७१ देखि निर्माण सुरु भएको होटलमा तत्कालिन समयमा ३ करोड भारुको लगानीका सञ्चालन भएको थियो ।

राजा महेन्द्रकै पालामा लखनउबाट काठमाडौं छिरेको लारी परिवारले सुरुमा मदिरा व्यवसाय गरेको थियो । ठेक्का लगाएर मदिरा बिक्री वितरण हुने जमानामा मकबुल अहमद लारी मदिराका ठूला खेलाडीमा गनिने भएका थिए ।

मदिरा आपूर्ति गर्न उनले लारी डिस्टिलरी स्थापना गरेका थिए । राजपरिवारकै निकटस्थ बन्न सफल भए पनि लारी परिवारले नेपाली नागरिक बन्न रुचि देखाएनन्। मदिराबाट कमाएको पैसाले उनले एभरेस्टका साथै लखनउ र कोलकातामा होटेल व्यवसाय सुरु गरेका थिए ।

सन् १९८१ देखि सञ्चालनमा आएको होटेलमा मकबुल अहमद लारीले करिब साढे ३ करोड रुपैयाँ पुँजीमा होटेल दर्ता गराएका थिए। मकबुलले होटेलको आधा स्वामित्व आफ्नै भतिज मसकुर अहमद लारीको नाममा हस्तान्तरण गरी व्यवस्थापनको जिम्मा दिएका थिए ।

पछि मकबुलचाहिँ लखनउमै बस्न थालेका थिए । मकबुलको निधनपछि एभरेष्ट होटलको स्वामित्वमा विवाद सुरु भएको थियो ।

मकबुलका छोरा जुब्फर अहमद लारीले बाबुको नाममा रहेको सेयर पाउनुपर्ने माग गरेपछि एभरेष्ट होटलमा स्वामित्वको विवाद सुरु भयो ।

मकबुलको नाममा रहेको सेयर भतिजा मशकुरले किर्ते गरेर लिएको भन्दै छोरा जुब्फर अहमदले मुद्दा हालेपछि होटलमा विवाद थियो । सर्बोच्च अदालतले होटलको सेयर स्वामित्व भतिजा मशकुरको नाममा हुने फैसला सुनाएको थियो ।

होटल सञ्चालनमा कामदारले पनि सेवा सुविधाको विषयलाई लिएर आन्दोलन गरिरहेको बेला देशमा विनाशकारी भूकम्प गयो । विनाशकारी भूकम्पपछि सरकारी अनुगमल टोलीले २०७२ वैशाखमा होटलका केही क्षति नभएको भन्दै हरियो स्टिकर लगाएको थियो ।

फेरी वैशाख २९को भूकम्पको झड्काले होटलमा क्षति पु¥याएको भन्दै अनुगमनका लागि होटल व्यवस्थापन पर्यटन विभागका पुगे । पर्यटन विभागले दोस्रो पटकको अनुगमनान भने होटल सञ्चालन गर्न नमिल्ने अवस्था रहेको भन्दै रातो स्टिकर टासिदियो । मस्कुर अहमद लारीले खोजेका पनि त्यही हो ।

तर, भूकम्पपछि उद्दारका लागि आएका चीन, भारत, बेलायत, क्यानडा आदिको टोली नै होटेलको अतिथि बनेका थिए। भारतीय सञ्चार माध्यमको फौज नै एभरेस्टमा बसेको थियो । तर दोस्रोचोटीको अनुगमनमा रातो स्टिकर लाग्यो, होटेल बन्द भयो । रातो स्टिकर टासिनु अघिल्लो दिनसम्म होटेलका एक सय १६ रुम, तीनवटा रेस्टुँरा, एउटा बार र तीनवटा साना ठूला हल भरिभराउ नै थिए ।

तर, व्यवस्थापनले भने जस्तै होटल बन्द गर्नु पर्ने अवस्था पनि थिएन । व्यवस्थापनले पुरानो भवन भत्काएर नयाँ बनाउन कै लागि अनावश्यक रकम दाबी गरेको थियो ।

बीमा दाबी विवादित भएपछि होटेलको मर्मत र सञ्चालनको काम रोकिएको हो । होटेलले भवन पूर्णक्षती भएको भन्दै ठूलो रकम क्षतीपूर्तीबापत दाबी गर्यो, बीमाले सामान्य क्षतीमात्र पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटेलको मर्मत सुरु नै भएन ।

स्रोतका अनुसार एभरेस्टको व्यवस्थापनले ३९ करोड ७० लाख रुपैयाँ बीमा दाबी गरेको छ ।


क्लिकमान्डु