केन्द्रीय बैंकबाट ऋण लिएपछि अर्जेन्टिना यसरी आर्थिक संकटमा फस्यो, भारत पनि त्यही बाटोमा हो ?



पृथ्वीको पूर्वी गोलार्धमा रहेको भारत र पश्चिमी गोलार्धमा रहेको अर्जेन्टिनाबीच एउटा समानता छ त्यो हो यी दुबै देश खेलका कारण पनि चर्चा कमाएका छन् ।

तर खेल भने एउटै छैन । भारतले २ पटक क्रिकेटमा विश्व च्याम्पियन बन्द अर्जेन्टिनाले पनि फूटवल विश्वकपको ट्रफी २ पटक चुमिसकेको छ ।

अर्जेन्टिनाका फूटवलर म्याराडोना र मेस्सीको विश्वमा जति चर्चा त भारतका क्रिकेट खेलाडी सचिन तेन्दुलकर र महेन्द्रसिंह धोनीले पनि उत्तिकै कमाएका छन् ।

तर यस आलेखमा खेलबारे चर्चा गर्न खोजिएको होइन । यहाँ त यी दुई देशबीचको अर्थतन्त्रको समानताबारे चर्चा गर्न खोजिएको हो ।

पछिल्लो समय भारतीय अर्थतन्त्र निकै कमजोर भएको अवस्थामा यसको तुलनामा अर्जेन्टिनासँग गरिएको हो ।

हालै भारतीय रिजर्भ बैंकले भारत सरकारलाई १ लाख ७६ हजार करोड भारु दिने फैसला गर्यो । आर्थिक अवस्था कमजोर भएको अवस्थामा अर्जेन्टिनाको सरकारले समेत त्यहाँको सेन्ट्रक बैंकबाट ऋण लिन बाध्य भएको थियो ।

सन् २०१० मा अर्जेन्टिनाको सरकारले त्यहाँको केन्द्रीय बैंकका तत्कालिन चिफलाई बाहिर निकालेर केन्द्रीय बैंकको पैसा ऋण चुक्ता गर्नका लागि प्रयोग गरेको थियो ।

अर्जेन्टिनाको अवस्था ९ वर्षपछि भारतमा देखिएको छ । अर्जेन्टिना ल्याटिन अमेरिकामा तेस्रो सबैभन्दा ठूलो अर्थव्यवस्था भएको मुलुक हो । तर विश्लेषकहरु अर्जेन्टिनाको अर्थव्यवस्था कमजोर हुन सुरु केन्द्रीय बैंकसँग पैसा लिएर ऋण तिर्नु नै थियो ।

भारतीय रिजर्भ बैंकका पूर्व डेपुटी गभर्नर विरल आर्चाले सन् २०१८ मा दिएको भाषणमा अर्जेन्टिनाको प्रकरण सम्झाएका थिए । उनले भारत सरकारले केन्द्रीय बैंकलाई दबाब दिएको समयमा उक्त प्रसंग उठाएका थिए ।

स्वायत्त केन्द्रीय बैंक पक्षधर आचार्यले आरबिआईको डेपुटी गभर्नरबाट राजिनामा दिए

सन् २०१० जनवरीमा अर्जेटिनाको केन्द्रीय बैंकका प्रमुख मार्टिन रेड्राडोले नाटकीय अन्दाजमा राजीनामा दिएका थिए । यसभन्दा अगाडि सरकारले उनलाई पदबाट हटाउने प्रयास पनि गरेको थियो ।

त्यहाँकि राष्ट्रिपति क्रिस्टिना फर्नान्डेजको तत्कालिन सरकारले डिसेम्बर २००९ मा एक आदेश पारित गर्दै केन्द्रीय बैंकबाट ६.६ अर्ब डलर सरकारले लिएको थियो । सरकारले केन्द्रीय बैंकसँग १८ अर्ब डलरको अतिरिक्त फन्ड रहेको दाबी गरेको थियो ।

त्यसपछि न्यूयोर्कका एक न्यायाधीश थोमस ग्रिसाले न्यूयोर्कको संघीय रिजर्भ बैंकमा अर्जेन्टिनाको केन्द्रीय बैंकको १.७ अर्ब डलर रकम फ्रिज गर्न आदेश दिएको थियो । तत्कालिन समयमा न्यायाधीशले अर्जेन्टिनाको केन्द्रीय बैंक स्वायत्त एजेन्सी नरहेको र सरकारको इशारामा चल्ने गरेको आरोप लगाएका थिए ।

यसैलाई तुलना गर्दै विरला आचार्यले राम्रोसँग काम गर्नका लागि अर्थव्यवस्थाका लागि एक स्वतन्त्र केन्द्रीय बैंक जरुरी रहेको बताएका थिए । उनले केन्द्रीय बैंकको स्वतन्त्रता कम गर्नुको नतिजा खतरनाक हुन सक्ने बताएका थिए ।

भारतीय रिजर्भ बैंक गभर्नर उर्जित पटेलले सन् २०१८ को डिसेम्बरमा निजी कारणले राजीनामा दिएका थिए । तर राजीनामा सरकारले भने अनुसार काम गर्नका लागि लिइएको दबाब थेग्न नसकेर दिएको आँकलन गरिएको थियो ।

पटेलले शक्तिकान्त दासलाई आरबीआईका गर्भनर बनाएका थिए । जो सन् २०१५ देखि २०१७ सम्ममा आरबीआईमा आर्थिक मामलाको सचिव थिए । शक्तिकान्तले नरेन्द्र मोदी सरकारको नोटबन्दीको फैसलामा सहमत थिए ।

भारत र अर्जेन्टिनाका घटनाक्रममा यो फरक छ कि अर्जेन्टिनाको सरकारले आदेश पारित गरेर केन्द्रीय बैंकबाट पैसा लिएको थियो । भने भारतीय रिजर्भ बैंकले विलम जालान समितिको सिफारिसमा सरकारलाई पैसा दिएको थियो ।

सन् २००३ देखि २००७ सम्म राष्ट्रपति रहेका नेस्टर किर्चनरको शासनकालमा अर्जेन्टिनाको अर्थव्यवस्था स्थिर थियो । सन् २००७ मा अर्जेन्टिनाले आईएमएफबाट लिएको कर्जा चुकाएका थिए ।

अहिले भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर भइरहेको छ । भारतमा बेरोजगारीको दर विगत ४५ वर्षमा सबैभन्दा धेरे छ । जीडीपी ७ प्रतिशतबाट ५ प्रतिशतमा कायम भएको छ । अर्थव्यवस्थामा सुस्तीको संकेत स्पष्टसँग देखिएको छ ।

यसका साथै पनि भारतीय सरकार देशको व्यवस्था सबै ठीक रहेको उल्लेख गर्दै अर्थव्यवस्था पाँच ट्रिलियन डलरको आँकडा छुनका लागि उक्त दिशामा अग्रसर भएको छ । बिबिसी हिन्दीको सहयोगमा


क्लिकमान्डु