रिपोर्टर डायरीः अर्थ समितिमा ‘हाटा’ सांसदको बिगबिगी, को आउँछन् को जान्छन् पत्तै हुँदैन !



काठमाडौं । संघीय संसद अन्तर्गतका धेरै समितिहरु छन् । यस्ता समितिलाई ‘मिनि संसद’ पनि भनिन्छ ।

ती समितिमध्ये निकै चर्चामा रहने समिति अर्थसमिति हो । किनभने यो समितिमा बैंक तथा वित्तीय क्षेत्र, समग्र अर्थजगत, उद्योग व्यवसाय, पुँजी बजार जोडिने गर्दछ ।

सामान्यतया आम मानसिले सोच्दा हुन् कि त्यति महत्वपूर्ण समितिमा सबै सदस्य आउँछन् होला, त्यो समितिमा सबैजना विज्ञ नै विज्ञ सांसद होलान्, उनीहरुको कुरा कुनै पनि कर्मचारीले काट्न सक्दैनन् होला ?

यति यस्तै-यस्तै सोचिरहनु भएको छ भने ती सबै गलत नै हुन् ।

त्यो गलत कसरी हो भन्ने थाहा पाउनको लागि धेरै टाढा नै जानुपर्दैन । आइतबार नै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक- २०७५ माथि छलफल थियो ।

छलफल झण्डै निर्धारित समयभन्दा १५ मिनेट ढिला गरी अर्थात् सवा ११ बजेतिर सुरु भयो ।

बैठक सुरु हुँदा ११/१२ जना सांसदहरु उपस्थित थिए । यो समितिमा सभापति कृष्ण दाहालसहित २५ जना सांसद छन् ।समितिमा अर्थ व्यवस्थाबारे धेरै ज्ञान राख्नेदेखि लगभग धेरै नबुझ्ने सांसदहरुको कमी छैन ।

राजस्व छल्नेप्रति कठोर बने अर्थमन्त्री खतिवडाः नगद जरिवाना र जेल सजायको यस्तो प्रस्ताव राखे

समितिमा २४ जना सदस्य रहेपनि अझै त्यो समिति निकै अभागी छ । अभागी यस अर्थमा कि, अहिलेसम्म केही सदस्यहरुको त बैठक कक्षले दर्शन समेत पाएको छैन ।

केही सांसद भने आउने गर्छन् । सांसद नै नआई बैठक चल्दैन । तर कतिपय सांसद यस्ता छन् जो आउँछन्, हाजिर गर्छन्, भत्ता पचाउँछन् । र, टाप सक्छन् ।

पुर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे निस्केपछि नेकपा महासचिवसमेत रहेका पुर्वअर्थमन्त्री विष्णु पौडेल बैठकमा आए । पौडेल आउँदा सबैले नमस्कार गरे । समितिका सचिव र अर्थमन्त्रीको बीच भागमा ठाँउ खाली गराएर सचिवालयका कर्मचारीले कुर्सी राखिदिए । त्यो कुर्सीमा बसेको २ मिनेट पनि हुन नपाँउदै सभापतिसँग कानेखुसी गरेर पौडेल बैठक कक्षबाट बाहिर निस्के ।

समितिको बैठकमा निरन्तर आउने र बस्ने सांसदमध्येमा नेकपामा मेटमणि चौधरी, नेकपाकै रामकुमारी झाँक्रीलगायत ३/४ जना सांसद भने बैठकमा देखिन्छन् । झाँकी अर्थ समतिले गठन गरेको पुँजी बजार तथा मुद्रा सम्बन्धी उपसमितिकी संयोजक हुन् ।

बाँकी सांसदको काम भनेको ‘हाटा’ अर्थात् हाजिर ग  र टाप कस्नु नै हो ।

आइतबारको घटना हेर्ने हो भने पनि समितिको बैठकमा नेकपाका महासचिव विष्णु पौडोल, नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदार, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेतासहित ११/१२ जनाको सहभागि थिए ।

तर ती सांसदहरु कतिबेला आए कति बेला गए भनेर पत्तो पाउन धेरैलाई हम्मेहम्मे नै पर्यो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) जस्तो महत्वपूर्ण विधेयकमा छलफल गर्न आएका पूर्वअर्थमन्त्री समेत रहेका सांसद पाण्डे बैठक सुरु भएको १५ मिनेट जतिमा केही पनि नबोली हिँडे ।

पाण्डे हिँडेपछि बैठक कक्षको अग्रभागमा रहेको कुर्सी हटाइयो । बैंठक सुरु भएको लगभग ४५ मिनेटपछि गच्छदार आए, आँखामा औषधी राखे । र, १० मिनेटको हाराहारीमा निस्के ।

उनी निस्केपछि नेकपा महासचिव पौडेल आए । पौडेल आउँदा सबैले नमस्कार गरे, समितिका सचिव र अर्थमन्त्रीको बीच भागमा ठाँउ खाली गराएर सचिवालयका कर्मचारीले कुर्सी राखिदिए ।

त्यो कुर्सीमा बसेको २ मिनेट पनि हुन नपाँउदै सभापतिसँग कानेखुसी गरेर बैठक कक्षबाट बाहिर निस्के ।

उनी निस्केको केही समयमा पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले आफ्नो कुरा ध्यानपूर्वक राखेर सभापतिसँग कानेखुसी गरेर हिँडे ।

त्यसको केही मिनेटमा गच्छदार पनि बाहिर बाहिरिए ।

गच्छेदार बाहिर निस्केपछि सभापति दाहालले बैठक कक्ष त्यसमा पनि सांसदहरु बस्ने ठाँउमा नजर लगाए । बाँया हाँतले चस्मा निकालेर लगाएको नजर चाँही सभापति दाहालले मनमनै ‘आउनु भयो, भत्ता पचाउनु भयो, बैठक चलाउने म छँदैछु नि’ भने जस्तै मुहारमा भाव दौडाए ।

आइतबार झण्डै सवा ११ मा बैठक सुरु भएर २ बजेर २७ मिनेट जाँदासम्म चल्यो । बैठकमा सहभागी हुन सांसद सत्य पहाडी भने २ बजेर १६ मिनेटमा आइपुगेकी थिइन् । बैठकमा आएकी उनले हाजिर भने गर्न भ्याइन् ।

अन्तिममा २/३ जना त कसो नहोलान् भनेर सोच्नु भयो कि भनेर आँकलन गर्न सक्ने खालको थियो । यो आँकलन गर्न सक्ने विषय मात्रै हो । उहाँले यही सोचिरहनु भएको थियो भनेर भन्न सकिने अवस्था भने कुनै हालतमा थिएन ।

यदि सभापति दाहालले त्यो सोचिरहनु भएको थिएन भने उहाँ यसर्थ पनि फेल हुनुहुन्थो कि अन्तिम समयमा २४ जनामध्ये ४ जना सांसद बाँकी नै थिए ।

समितिमा रहेका सदस्याहरु जब बैठक कक्षमा प्रवेश गर्छन् अनि सँगै रहेका सांसदहरुलाई कहाँ पुग्यो ? के के भयो ? कोको आउनु भएको थियो ? क-कसले के-के भन्नुभयो भनेर भटाभट सोध्न थाल्छन् ।

त्यो दृश्य हेर्दा लाग्छ कि स्कुले विद्यार्थी, जो पढाइमा पनि सामान्यभन्दा कमजोर छ, समयमा कक्षामा पनि पुग्दैन अनि ढिला गएर साथीहरुलाई शिक्षकले कति पठाउनु भयो ? के के पढाउनु भयो ? खै लेन म सबै सार्छु भनेजस्तै देखिन्छ ।

आइतबार झण्डै सवा ११ मा बैठक सुरु भएर २ बजेर २७ मिनेट जाँदासम्म चल्यो ।

बैठकमा सहभागी हुन सांसद सत्य पहाडी भने २ बजेर १६ मिनेटमा आइपुगेकी थिइन् । बैठकमा आएकी उनले हाजिर भने गर्न भ्याइन् ।


पुष्प दुलाल