अब्रोड स्टडीमा अब्बल ‘काठमाडौं इन्फोसिस’ (केआईईसी), ६ लाखले निरन्तर पछ्याउँछन्



डिल्लीबजार चोकबाट पुतलीसडकतर्फ ओरालो लाग्दै गर्दा बाटुले घरको ठ्याक्कै पारीपट्टी काठमाडौं इन्फोसिस छ । अब्रोड एजुकेशनका लागि भरपर्दो संस्थाका रुपमा आफूलाई स्थापित गरेको यस संस्थाले हालसम्म हजारौं विद्यार्थीलाई सेवा प्रदान गरिसकेको छ ।

उच्च शिक्षाका लागि विदेशी भूमिमा पाइला टेक्ने चाहनालाई करिब डेढ दशकदेखि निरन्तर सेवा गर्दै आएको इन्फोसिसमा हरेक दिन कैयन विद्यार्थीहरु लामबद्ध लाग्छन् ।

कन्सलटेन्सी क्षेत्रमा विद्यार्थी र उनीहरुका अभिभावकका लागि विश्वास, आशा र भरोसाको केन्द्र बनेको केआईईसी अन्य कन्सलटेन्सीभन्दा आफूलाई पृथक बनाउन सफल भएको छ ।

सफल कन्सलट्यान्टसँगै नेपाल शैक्षिक परामर्श संघ (इक्यान)मा उपाध्यक्षमा रहेर सञ्चालक राजेन्द्र रिजाल यस क्षेत्रको विकासका लागि लामो समयदेखि निरन्तर लागी परेका छन् ।
सन् २००६ मा आईटी कम्पनीका रुपमा स्थापना भएको केआईईसीले त्यसको २ वर्षपछि आफूलाई कन्सलटेन्सीका रुपमा परिवर्तन गरी सेवा सुरु गरेको रिजाल बताउँछन् ।

दक्ष तथा अनुभवी काउन्सुलर र उत्तीकै गुणस्तरीय सेवाका साथमा इन्फोसिसले आफूलाई भरपर्दो कन्सलटेन्सीका रुपमा विकास गरेको छ । जसलाई फेसबुकमा मात्रै ६ लाखभन्दा बढी विद्यार्थी तथा अभिभावकले पछ्याएका छन् ।

रिजाल र उनको टिमले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया, अमेरिका, यूके, न्यूजिल्याण्ड, क्यानडासँगै, स्वीटजरल्याण्डलगायतका विभिन्न मुलुकका विश्वविद्यालय तथा कलेजसँग सहकार्य गरी नेपाली विद्यार्थी परामर्शमार्फत ‘गेट वे’का रुपमा काम गर्दै आएका छन् ।

आईटी कम्पनीका रुपमा स्थापना भएको यस कम्पनीले सुरुमा निशुल्क अध्यापन हुने फिनल्याण्ड जस्ता देशमा विद्यार्थी पढाएर एजुकेशन कन्सलटेन्सीका रुपमा काम सुरु गरेको थियो ।

आजका दिनसम्म आइपुग्दा केआईईसीले विश्वस्तरका उत्कृष्ट विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुलाई अध्ययन गर्ने अवसर जुटाइदिएको छ । जसले गर्दा विश्वका उत्कृष्ट विश्वविद्यालयको शिक्षा नेपाली विद्यार्थीहरुले सहज रुपमा पाइरहेका छन् ।

प्रविधिको भरपूर सदूपयोगमा अब्बल रिजाल आफू मात्रै होइन, केआईईसीको सेवामा समेत प्रविधिको सदूपयोग गरेका छन् । कन्सलटेन्सी क्षेत्रको सुक्ष्म अध्ययन, भरपुर प्राविधिक ज्ञान र विद्यार्थीको क्षमतालाई सहजै पहिचान गर्न सक्ने क्षमताका कारण रिजाल यस क्षेत्रका लागि अब्बल कन्सलट्यान्ट मानिन्छन् ।

‘विद्यार्थी यहाँ आउँदा विश्वास र भरोसा लिएर आएका हुन्छन, आफ्नो भविष्यको निक्र्यौल गर्न हामीलाई सुम्पन्छन्, त्यसैले यती ठूलो गम्भीर विषयमा निर्णय गर्दा निकै चनाखो हुनुपर्छ र आजका दिनसम्म पनि यही सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढेका छौं’ रिजालले भने ।

रिजालले सन् २००६ मा कम्पनी सुरु गर्दा विदेश जाने विद्यार्थीको संख्या कम थियो । गन्तव्यहरु कम थिए । सँगै कन्सलटेन्सीहरुको संख्या पनि गिन्ती गर्न सकिने संख्यामा थिए । समयक्रमसँगै विद्यार्थीहरु बढे, गन्तव्यहरु थपिए र सँगै कन्सलट्यान्टहरु पनि ।

डेढ दशकभन्दा लामो समयदेखि निरन्तर यसै क्षेत्रमा आफ्नो जीवन खर्चेका रिजाल व्यवसायिक सोच राख्नुपर्ने बताउँछन् । आफै पनि स्पष्ट वक्ता र विशुद्ध व्यवसायिक सोच भएकाले कम्पनीलाई आजको दिनसम्म ल्याउन सफल भएको उनको भनाइ छ ।

विद्यार्थीका हरेक चाहना र रुचिलाई बुझेर, परामर्शमार्फत उसको करिअरलाई सुहाउँदो र काम लाग्ने मार्गनिर्देशन गर्नु निकै गाह्रो विषय हो । कन्सलटेन्टले बोल्ने प्रत्येक शब्द र उसले गर्ने निर्णयले विद्यार्थीको करिअरमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले कन्सलटेन्सीहरु निकै चनाखो हुनुपर्ने उनको सुझाव छ । रिजाल आफूसँगै आफ्नो कम्पनी अन्तर्गतका काउन्सुलरहरुमा त्यसप्रकारको गाम्भीर्यता रहेकोमा ढुक्क छन् ।

मुलुकमा ११ स्थान र अष्ट्रेलियाका २ वटा गरी १३ वटा स्थानबाट सेवा दिइरहेको इन्फोसिसले हालसम्म हजारौं विद्यार्थीलाई करिअरको सही मार्गनिर्देशन गरिसकेको छ । पूर्वमा बिर्तामोडदेखि पश्चिममा बुटवलसम्म आफ्नो सेवा विस्तार गरिसकेको छ ।

कम्पनीमा २ खाले काउन्सुलर छन् । जसमध्ये पहिलो चरणमा विद्यार्थीलाई सामान्य जानकारी प्रदान गरिन्छ । जस्तै उनीहरुको बारेमा जान्ने, रुचि र क्षमता पहिचान गर्ने र सम्भावित क्षेत्रका लागि सुझाव दिइन्छ । भने स्पेसलिस्ट काउन्सुलरले देश विशेषका आधारमा विद्यार्थीलाई आवश्यक सम्पूर्ण जानकारी र परामर्श गर्दछन् ।

केआईईसीले विद्यार्थीहरुलाई परामर्शसँगै विभिन्न भाषाका तयारी कक्षाहरु समेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको क्षमता वृद्धि विकासका साथै उनीहरुलाई आइपर्ने हरेक समस्याका समाधानका लागि उचित परामर्श समेत दिँदै आएको छ ।

रिजाल भन्छन, ‘इन्फोसिस विद्यार्थीका लागि वान स्टप सोलुसनको काम गरिरहेको छ । विद्यार्थीलाई आइपर्ने कुनै पनि समस्यालाई उचित परामर्शमार्फत सेवा गर्नका लागि हामी हर समय तयारी अवस्थामा हुन्छौं ।’

रिजाल यस क्षेत्रलाई नजिकबाट नियाल्ने अनुभवी कन्सलट्यान्ट हुन् । यस क्षेत्रको सुरुवाती दिनदेखि हालसम्म आइपुग्दा यस क्षेत्रले भोगेका उचारचढावका साझी मात्रै होइन भुक्तभोगी पनि हुन् ।

आजका दिनसम्म आउँदा यस क्षेत्रले उल्लेखनीय फड्को मारेको भन्दै रिजाल यसलाई अझ बढी नियमनको खाँचो रहेको बताउँछन् । यस क्षेत्रको विकासका लागि जेन्यून काउन्सुलर आवश्यक रहेको धारणा राख्दै रिजाल यस क्षेत्रको शुद्धिकरण र विकासका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउँछन् ।


क्लिकमान्डु