बैंकर्स संघका अध्यक्ष ढुंगानासँग रिसाए व्यवसायी, कालिदासले महाकाव्य लेखेको सम्झाए



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले केही दिनअघि एक कार्यक्रममा व्यवसायीलाई कालिदास जस्तैै मुुुुर्ख  भएको टिप्पणी गरेका थिए ।

बैकर्स संघले ब्याजदर बढ्न नदिनका लागि भन्दै भद्र सहमति गर्दै अाएकाे छ   । व्यवसायीहरु उक्त भद्र सहमतिलाई  कार्टेलिङ गरेको आरोप लगाउँदै अाएका छन् ।

भद्र सहमतिकाे बचाउ गर्ने क्रममा संघका अध्यक्ष ढुंगाना बेलाबखत व्यवसायीप्रति अाक्रमकरुमा प्रस्तुत हुने गर्छन् !

ढुंगानाले व्यवसायीहरुले कालिदासजस्तो हाँगामा बसेर रुखकाे फेद काट्न थालेको आरोप लगाएका थिए । उनले ब्याजदरको भद्र सहमतिले व्यवसायीले लिने कर्जाको ब्याजदरमा नै फाइदा भएको बताएका थिए ।

ढुंगानाले करिब दुईसाता अगाडि बोलेको विषयलाई व्यवसायीहरुले असन्तुष्टी जनाएका थिए ।

बैंकर्स संघका अध्यक्ष भन्छन्- व्यवसायीहरु कालिदास जस्तै मूर्ख भए, भद्र सहमति तोड्दिउँ ?

ढुंगानाको उक्त भनाइले व्यवसायीहरुकाे चित्त दुखेको रहेछ ।

साेमबार दिउँसो राष्ट्र बैंकले सराेकारवालाहरु बाेलाएर सुझाव संकलन गरेको थियो ! उक्त कार्यक्रममा बाेल्नेमध्ये व्यवसायीहरु किशोर प्रधान र कमलेश अग्रवालले अाक्राेश पाेखे ।

नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले कालिदास कुनै समयमा मुर्ख रहेपनि पछि शकुन्तलजस्तो महाकाव्य लेखेको समेत ख्याल गर्न आग्रह गरे ।

“बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रजीले व्यवसायीहरु कालिदास जस्तै मूर्ख भए भन्नुभएको छ, हामी रुखको हाँगामा बसेर काट्ने होइन, त्यो रुखलाई मलजल गरेर हुर्काउने हो,’ उनले भने, “शकुन्तलजस्ताे विश्वविख्यात महाकाव्य लेख्ने कालिदास कति महत्त्वपूर्ण छन् भन्ने हेक्का हाेस् !”

प्रधानले बैंकर र व्यवसायी एउटै व्यक्ति भएकाले जनतामा बैंकहरुले कार्टेलिङ गरेको प्रष्ट सन्देश गएको बताए ।

‘बैंकर व्यवसायी एउटै हुदाँ सिमित व्यवसायीले कार्टेलिङ गरेका छन्, यसलाई छुटउनुपर्छ,” उनले भने ।

प्रधानले सरकारी निर्णयको कारण मझौला र साना व्यवसायीले कर्जा नपाउने अवस्थाको बारेमा समेत स्पष्ट पार्न माग गरे ।

बैकर्स संघका अध्यक्ष ढुंगाना र व्यवसायीबीच भएको विवाद भने नयाँ भने होइन । खासगरी ब्याजदरको आन्दोलनमा व्यवसायीहरु उत्रेपछि ढुंगाना र व्यवसायीबीचको विवाद बढेको हो ।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश अग्रवालले बैंकहरुले बार्टेलिङ् गरेको भन्दै त्यसलाई राेक्नुपर्ने बताए ।

“कर्जाको व्याजदर ७ देखि ९ प्रतिशतभन्दा बढी हुनु हुँदैन, निक्षेपको व्याजदरमा कार्टेलिङ् गर्ने बैंकहरुलाई कर्जाकाे व्याजदरमा पनि कार्टेलिङ गर्न राष्ट्र बैंकले प्राेत्साहन गर्नुपर्छ” उनलेे भने


क्लिकमान्डु