एसईईमा कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउँछन् ?



काठमाडाैं । एसईईको नतिजा आइसकेको छ । जसमा ४ लाख ४९ हजार ६४२ को नतिजा प्रकाशित भइसकेको छ ।

जसमा सबैभन्दा बढी जीपीए ३.६० देखि ४ जीपीएसम्म ल्याउनेको संख्या १६ हजार ८८२ छ ।

त्यस्तै, ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थीको संख्या ४८ हजार ९६० छ भने २.८० देखि ३.६० जीपीए ल्याउने विद्यार्थीहरु ६० हजार ७०६ जना छन् ।

यी हुन् ‘म्यानेजमेन्ट’ पढाइ हुने महंगा कलेज, कुनमा पढ्न कति खर्च लाग्छ ?

परीक्षा नियन्त्रण कार्यालयले दिएको तथ्यांक अनुसार २.४० देखि २.८० जीपीए ल्याउनेको संख्या ७४ हजार ११०, भने २.०० देखि २.४० जीपीए ल्याउनेको संख्या ९७ हजार २९९ छ ।

एसईईपछि विद्यार्थीहरुले आफ्नो जीपीए अनुसारले कक्षा ११ मा भर्ना हुन्छन् । त्यसका लागि सरकारले निश्चित मापदण्ड बनाएको छ ।

२०७५ सालको एसईई परीक्षामा जीपीए ल्याउने विद्यार्थीको संख्या

जसले कति जीपीए ल्याउनेले कुन विषय पढ्न पाउने भन्ने निर्धारण गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले उत्कृष्ट नतिजा ल्याउनेलाई ‘ए प्लस’ र कम ल्याउनेलाई ‘ई’ ग्रेडमा वर्गीकरण गर्छ । सोही अनुसारले कलेजले पनि भर्ना लिन्छन् ।

विशेषतः एसइई दिएका विद्यार्थी कुन गे्रड आए कुन विषय पढ्न पाइन्छ भन्नेबारे नबुझ्दा निकै समस्यामा पर्ने गरेका छन् ।

सरकारले एसइईको नतिजाबाट सुरू गरिएको गे्रडिङ प्रणाली अहिले कक्षा ११ र ८, लगायत अन्य तहको नतिजा प्रकाशनमा समेत लागू गरेको छ ।

विद्यार्थीको परिक्षामा पाएको ग्रेडको आधारमा विषयवस्तु छनोट गर्न पाउने व्यवस्था छ ।

यति मात्र हैन, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले समेत डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना हुनका लागि ग्रेडिङको मापदण्ड तोकेको छ ।

सरकारले निर्धारण गरेको मापदन्ड अनुसार एसइईको परीक्षामा २.० जीपीए ल्याएकाले विज्ञान विषय पढ्न पाउँछन् ।

यसका साथै, गणित र विज्ञान विषयमा ‘सी’का साथै अंग्रेजी, नेपाली र सामाजिकमा ‘डी’ प्लस ल्याएको हुनुपर्छ ।

व्यवस्थापन विषय अध्ययनका लागि १.६ जीपीए आउनुपर्छ भने, अंग्रेजी, नेपाली, गणित र सामाजिकमा ‘डी’ प्लस ल्याए पुग्छ ।

मानविकी र शिक्षा संकाय अध्ययन गर्नका लागि १.६ जीपीए आउनुका साथै नेपाली, सामाजिक र अंग्रेजीमा ‘डी’ प्लस हुनुपर्छ ।

विषयगत विषय अध्ययनका लागि पनि निर्धारित ग्रेडिङ ल्याउनुपर्ने व्यवस्था छ ।

अर्थशास्त्र, कम्प्युटर साइन्स, मनोविज्ञान, टिचिङ म्याथम्याटिक्स, इलिमेन्ट अफ फाइन्स, ज्योतिष, विजेनस, गणित, भूगोल, एकाउन्ट, विजेनस म्याथ प्लस टुमा अध्ययनका लागि एसइइको परीक्षामा १.६ जीपीपए ल्याउनुपर्छ ।

गणित विषयमा ‘सी’ र अंग्रेजी, विज्ञान, नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आएमा मात्र यी विषय लिइ प्लसमा अध्ययन गर्न सकिन्छ ।

प्राविधिक स्वास्थ्य विषय अध्ययनका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ प्लस हुनुपर्छ । इन्जिनियरिङ अध्ययनका लागि गणित र विज्ञानमा ‘सी’ प्लस ल्याउनुपर्ने मापदण्ड छ ।

कृषिसँग सम्बन्धित विषय पढ्नका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये एउटामा ‘डी’ प्लस हुनुपर्छ ।

इतिहास, राजनीति, संस्कृति, होम साइन्स, समाजशास्त्र दर्शन, लाइब्रेरी एण्ड इन्फरमेसेन साइन्स अध्ययन गर्नका लागि १.६ जीपीएका साथै, सामाजिक विषयमा ‘सी’ र अंग्रेजीमा ‘डी’ प्लस आउनुपर्छ ।

अंग्रेजी, वैकल्पिक विषय अंग्रेजी, शिक्षण अंग्रेजी र भाषासम्बन्धी अंग्रेजी अध्ययन गर्नका लागि १.६ जीपीएका साथै अंग्रेजीमा ‘सी’ र नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आउनुपर्छ ।

स्वास्थ्यसम्बन्धी विषय अध्ययन गर्नका लागि विद्यार्थीले एसइईको परीक्षामा न्यूनतम २.० जीपीए ल्याउनुका साथै अंग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ प्लस आउनुपर्छ ।

विज्ञान विषयअन्तर्गत पर्ने भौतिक, रसायन, जीव विज्ञान, गणित, कम्प्युटर विज्ञान र कृषि विषय अध्ययन गर्नका लागि २ जीपीएका साथै विज्ञान र गणित विषयमा ‘सी’ प्लस हुनुपर्छ भने अंग्रेजीमा ‘सी’ र नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस हुनुपर्छ ।

मास कम्युनिकेसन, होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि १.६ जीपीएका साथै अंग्रेजीमा ‘सी’ र नेपाली, गणित र सामाजिक विषयमा ‘डी’ प्लस आएमा मात्र प्लस टुमा यी विषय लिन सकिन्छ ।

वनस्पति विज्ञान, इलेट्रिक्ल इन्जिनियरिङ, जीव विज्ञान, सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङ जस्ता व्यवसायिक विषय अध्ययन गर्नका लागि १.६  जीपीएका साथै, विज्ञान, गणित र अंग्रेजीमा ‘सी’ प्लस हुनुपर्छ भने नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस ल्याउनुपर्छ ।

नेपाली र शिक्षण नेपाली अध्ययन गर्नका लागि १.६  जीपीएका साथै नेपाली विषयमा ‘सी’ र अंग्रेजी र सामाजिक विषयमा ‘डी’ प्लस हुनुपर्छ ।

भौतिक शिक्षा, रसायन शिक्षा , जीव विज्ञान शिक्षा र शिक्षण विज्ञान अध्ययन गर्नका लागि १.६ जिपिएका साथै विज्ञान र गणितमा ‘सी’ हुनुपर्छ भने अंग्रेजी, नेपाली र सामाजिक विषयमा ‘डी’ प्लस आउनुपर्छ ।

जापानी, उर्दु, जर्मन, चाइनिज, मैथली, हिन्दी, नेवारी, फ्रेन्च, लगायतका भाषाका विषयहरू अध्ययन गर्नका लागि एसइईको नतिजामा १.६ जीपीए र अंग्रेजीमा ‘डी’ प्लस हुनुपर्छ ।

त्यस्तै, पेन्टिङ, खेलकूद डान्स, गीत, पेन्टिङलगायतका विषय अध्ययन गर्न १.६ जीपीएका साथै अंग्रेजीमा ‘डी’ प्लस आएको हुनुपर्छ ।

साहित्य, वेद, नीतिशास्त्र, बुद्ध शिक्षा, कानुन, सामान्य कानुन, संस्कृत पढ्नका लागि एसइईको परीक्षामा १.६ जिपिएका साथै नेपाली, अंग्रेजी र सामाजिक विषयमा ‘डी’ प्लस ल्याउनुपर्छ ।

परीक्षा नियन्त्रण कार्यालयले जुनसुकै विषयमा सी, डी,  डी प्लस र  डी ल्याउने विद्यार्थीलाई ग्रेडवृद्धिको अवसरसमेत दिने गरेको छ ।

सिटिइभिटी पाठ्यक्रम समितिले डिप्लोमा अन्तर्गतका इन्जिनियरिङका सम्पूर्ण कार्यक्रममा भर्ना हुनका लागि अंग्रेजी विषयमा कम्तीमा ‘डी’प्लस र गणित र विज्ञानमा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने मापदण्ड तोकेको छ ।

त्यस्तै डिप्लोमा तहमै कृषि, फुड तथा डेरी टेक्नोलोजी र फरेस्ट्री विषय अध्ययन गर्नका लागि अंग्रेजी, गणित र विज्ञान गरी तीन विषयमध्ये कुनै दुई विषयमा मात्र ‘सी’ ल्याए पनि हुने र एक विषयमा भने डी प्लसमात्र ल्याए पनि हुन्छ ।

डिप्लोमा इन होटल म्यानेज्मेन्ट उद्यमशिलता विकास विषय पढ्न एसइईमा अंग्रेजी, गणित र विज्ञानमा तीनै विषयमा कम्तीमा ‘डी’ प्लस मात्र ल्याए पुग्छ ।

तर कलेजहरुले भने आफ्नो नियम अनुसार योभन्दा बढीमा न्यूनतम मापदण्ड तोकेका हुन्छन् । सरकारले तोकेको न्यूनतम मापदण्डमा कलेजहरुले संशोधन गरी योभन्दा माथिल्लो जीपीए निर्धारण गरेका हुन्छन् ।

त्यतिमात्रै होइन, कलेजहरुले निर्धारण गरेको न्यूनतम मापदण्ड पूरा गरेर मात्रै पुग्दैन् । उनीहरुले लिने प्रवेश परीक्षामा पनि अब्बल सावित हुनुपर्छ ।

कलेजले दिने छात्रवृत्ति तथा विभिन्न सेवा सुविधा पाउनका लागि पनि उत्तिकै खरो उत्रिनु नै पर्छ ।


क्लिकमान्डु