एकीकृत सफ्टवेरबिना ‘टि प्लस वान’ प्रणाली प्रतिउत्पादक



पुँजीगत लाभकर नै अन्तिम कर हुने भन्ने कुराको स्वागत गर्नुको कुनै तुक छैन । जुन जायज हो वा होइन भनौ कति प्रतिशत भन्ने कुरालाई गौण राखेर हेर्ने हो भने यसको स्वागत गर्नुको कुनै अर्थ छैन । तर प्रशासन र प्रणालीको आधारमा पुँजीगत लाभकरमार्फत राज्यले लाभमा कर असुल उपर गरी सकेपछि अन्य करको बखेडा झिक्नु नै गलत हो ।

पुँजी बजारका कारोबार तथा लगानीकर्ताहरुको दायित्व भनेको लाभकरमा मात्रै सीमित हुने कुरा हो । अन्य करको त प्रश्न नै नउठाउनु पर्ने हो स्वागत तब गरिनु पर्थ्यो । जब हाल व्यवस्था भएको लाभकरको प्रतिशतलाई कारोबारी र दीर्घकालिन लगानीकर्ताहरुका लागि फरक भएको भए स्वागतयोग्य हुन्थ्यो । यसको साथै प्यान प्रणालीलाई यथाशिघ्र प्रभावकारी रुपमा लगाउन सम्बन्धित पक्षले सक्नुपर्छ ।

तर एक वर्षको अवधिलाई कारोबारीका रुपमा लिनु हुन्न । यसको व्याख्या सेयर कारोबारको पहुँच राफसाफमा लाग्ने समय मार्जिन कारोबारको सुविधा अहिले निर्धारित गर्नु उत्तम हुन्छ ।

सेयर बजारको राफसाफ तथा फछ्र्यौटको अवधि तीन कार्यदिनबाट दुई वा एकमा ल्याउन सकेमा यसको प्रत्यक्ष फाइदा सबैलाई हुने पक्का छ । कारोबार संख्या रकम सबै वृद्धि हुने पूरा पक्का छ । तर त्यसको लागि कारोबार अवधि ८ घण्टा वा धेरै समय पुर्याउनु पर्छ ।

राफसाफ अवधि छोट्टिँदा च्याँखे थाप्ने कारोबारीहरुलाई केही अप्ठ्यारो हुन सक्छ । तर आम लगानीकर्ताहरुको हितमा राफसाफ अवधि छोट्टिनु लाभदायक नै हुन्छ । यसको साथै दलाल व्यवसायीहरुलाई पनि यसले फाइदा गर्छ ।

तर आफैं कारोबारमा बढी बल गर्ने दलालहरुलाई भने यो फलामको च्यूरा समान हुनेछ । किनभने बिना लगानी पहिले सेयर किन्ने र तत्काल सोही बेचेर हिसाब मिलान गर्ने परिपाटी भएका कारोबारीहरु उर्फ दलाल व्यवसायीहरुको कारण क्लोज आउटमा दलालहरु सँधै समस्यामा परेका हुन्छन् । जसको धेरै हदसम्म समस्या समाधान हुन्छ । साथै यसले दलाल व्यवसायीहरुलाई शुद्ध दलालीमा सीमित हुन उत्प्रेरित गर्छ ।
यसका साथै राफसाफ अवधि टी प्लस वान वा टु लागू भएको खण्डमा इन्ट्रा डे ट्रेडिङ स्काल्पर्स स्वीङ ट्रेडिङ वा ट्रेडर्स सबैलाई धेरै ठूलो अवसरको रुपमा नयाँ आयाम खुल्नेछ । तर यी सबै टे«डिङ औजारहरुका फाइदा बेफाइदालाई गौण राखेर ।

तथापि नेपालका सेयर बजारका लगानीकर्ताहरु अझैं अनलाइन प्रणालीमा अभ्यस्त भइनसकेको अवस्थालाई आधार मानेर भन्ने हो भने तत्काल यो व्यवस्था प्रतिउत्पादक हुने पक्का छ ।

तर केही समय भर्चुअल (डेमो) ट्रेडिङ गराएर निश्चित समय तोकी गर्नु उपयुक्त हुन्छ । तर यो सबै एकीकृत कम्प्युटर प्रणालीको व्यवस्थाबाट मात्र सम्भव हुन्छ । विभिन्न बैंकहरुको अनलाइन सिस्टमसँग सेयर बजारको ट्रेडिङ सफ्टवेयर वा भनौ प्लेटफर्म एकीकृत हुन जरुरी हुन्छ ।

तर तत्काल यो सम्भावना न्यून भएका कारण म्यानुअल प्रणालीको प्रयोग गरेर बैंकको खातामा भएको रकम ट्रेडिङ सफ्टवेयरमा आवश्यकता अनुसार सारेर पनि गर्न सकिन्छ ।

तर यसको प्रत्यक्ष नकारात्मक प्रभाव स्वरुप केही समय बजार तथा कारोबार रकममा उल्लेख्य कमी आउन सक्ने आँकलन गरेर यस्तो अवस्थाको जिम्मा नियामकले लिन तयार रहनुपर्छ ।

हुन सक्छ केही समय बिना कुनै प्रविधिहरु तथा आधारभूत कारण बिना बजारमा केही समय मन्दी छाउन सक्छ । यसको अर्थ जोखिम नै नलिनु भन्ने होइन ।

मैले सुरुवाती दिनहरुमा केही अप्ठ्याराहरु देखेता पनि यसको दीर्घकालमा राज्य नियामक तथा सेयर कारोबारी र लगानीकर्ताहरुलाई फलदायक हुने कुरामा कुनै शंका छैन् । राफसाफ अवधिको घटाइको कारण सेयर बजारमा उल्लेख्य सुधार आउनुका साथै तरलतामा उल्लेख्य सुधार हुनेछ । सेयर बेचेको रकम समयमा नपाउने समस्याको यसले तत्काल हल गर्छ ।

नियामकले जे जस्तो राफसाफ अवधिको नयाँ व्यवस्था गरे पनि बिनाबैंकिङ एकीकृत प्रणाली जति छोटो राफसाफ अवधिको व्यवस्था गरे पनि विद्यमान अवस्थामा केही सुधार हुने छैन । हाललाई टि प्लस थ्रि (टु) वा वानमा रुमल्लिनुभन्दा एकीकृत बैंकिङ सफ्टवेयरमार्फत गराउनु उत्तम हुन्छ ।

राफसाफको दिन गन्तीभन्दा राफसाफ प्रक्रिया कत्तिको सरल र व्यवहारिक छ त्यो महत्वपूर्ण हुन्छ । साथै यस्तो व्यवस्थाको फलस्वरुप अनधिकृत पुँजीको डम्पिङ साइट हुनबाट नेपालको एकमात्र पुँजी बजार सुरक्षित हुनेछ ।


क्लिकमान्डु