मार्जिन लेन्डिङ गर्न अनुमति पाएका ४ ब्रोक्ररले कारोबार गर्न पाएनन्, १० वटाको कागजात नै पुगेन



काठमाडौं । मार्जिन कारोबार गर्न अनुमति मागेका १८ वटा ब्रोकरमध्ये चार वटाले नेपाल राष्ट्र बैंकबाट अनुमति पाएका छन् ।

राष्ट्र बैंकबाट अनुमति पाउने ब्रोकरहरुमा नेपाल स्टक हाउस, भिजन सेक्युरिटिज, सेक्युर्ड सेक्युरिटिज र क्रिस्टल कञ्चनजंगा सेक्युरिटिज प्रालि छन् । यी चार वटा ब्रोकरले राष्ट्र बैंकबाट अनुमति पाएका छन् ।

मार्जिन कारोबार गर्न बोर्डमा आवेदन दिएकामध्ये चार वटा ब्रोकरको फाइल राष्ट्र बैंकमा पठाइएको छ । पठाइएका फाइलबारेमा कुनै जवाफ नआएको नेप्सेको भनाइ छ ।

नेप्सेका अनुसार मार्जिन कारोबार गर्न भन्दै आवेदन दिएका १० वटा कम्पनीको भने आवश्यक कागजात पुगेको छैन् । ती ब्रोकरलाई राष्ट्र बैंकले आवश्यक कागजात माग गरेको छ ।

राष्ट्र बैंकमा फाइल पुगेको तर जवाफ नआएका कम्पनीमा दिपशिखा धितोपत्र कारोबार कम्पनी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, प्राइमो सेक्युरिटिज र दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि रहेको नेप्सेले जानकारी दिएको छ ।

नेप्सेका अनुसार मार्जिन कारोबार गर्न भन्दै आवेदन दिएका १० वटा कम्पनीको भने आवश्यक कागजात पुगेको छैन् । ती ब्रोकरलाई राष्ट्र बैंकले आवश्यक कागजात माग गरेको छ ।

आवश्यक कागजात नपुगेका ब्रोकरहरुमा कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, सुमेरु सेक्युरिटज, डाइनामिक मनि मेनेजर्स सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, नासा सेक्युरिटिज, दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस, सिप्रवी सेक्युरिटिज, श्री हरि सेक्युरिटिज र श्री कृष्ण सेक्युरिटिज प्रालि छन् ।

नेप्सेका कर्मचारीमा जुँगाको लडाई

मार्जिन कारोबार सुरु गर्न चार वटा ब्रोकर कम्पनीले राष्ट्र बैंकबाट अनुमति पाइसकेका छन् । अनुमति पाएपनि उनीहरुले कहिलेदेखि कारोबार गर्न पाउने निश्चित भने छैन् ।

नेप्सेका कर्मचारीमा देखिएको जुँगाको लडाइले गर्दा राष्ट्र बैंकबाट अनुमति पाएका कम्पनीहरुले समयमा नै कारोबार गर्न पाएका छैनन् । जसको असर ब्रोकर र लगानीकर्ताहरुलाई प्रत्यक्ष रुपमा परेको छ ।

राष्ट्र बैंकबाट अनुमति पाएका ब्रोकर कम्पनीहरुले कहिलेबाट कारोबार गर्न पाउँछन भन्ने आफूलाई थाहा नभएको प्रवक्ता मुराहरि पराजुलीले बताए । उक्त विषयमा आफूलाई पनि सम्बन्धित शाखाले जानकारी नगराएको पाइएको छ ।

प्रवक्ता पराजुलीलाई अनुमति पाएका चार वटा कम्पनीले कारोबार गर्न पाउने समय थाहा नभएपछि सुपरिवेक्षण महाशाखा प्रमुख प्रविन पन्दाकले त्यस विषयमा आफूलाई पनि जानकारी नभएको भन्दै पन्छिन्छिन् । पन्दकले आफूलाई यस विषयमा बोल्ने अधिकार नभएको भन्दै प्रतिक्रिया दिन मानिनन् ।

कर्मचारीका अनुसार पछिल्लो समयमा नेप्सेका कर्मचारीहरुमा जुँगाको लडाइ निकै बढेको छ । कर्मचारीहरुमा देखिएको दम्भले एकको अस्तित्व अर्कोले स्वीकार गर्न सक्ने अवस्था न्यून हुँदै गएको कर्मचारीहरुको भनाइ छ ।


क्लिकमान्डु