सामान्य सेयरधनीले यसरी सडकमा झारिदिए शक्तिशाली सीइओलाई



‘आकाश छुने सपना राख्नुहोस् तर स-साना पाइला चालेर, यात्राका प्रत्येक पाइलामा रमाउन सिक्नुहोस् । र, यिनै स-साना कदमले नै हाम्रो यात्रा पूरा गर्छन् ।’

सन् २००९ मा चन्दा कोचरले आइसीआइसीआई बैंकको प्रमुख कार्यकारीअधिकृत (सीइओ) तथा म्यानेजिङ डाइरेक्टर (एमडी)मा नियुक्त हुँदै गर्दा कर्मचारीलाई निर्देशन दिएकी थिइन् ।

तर सायद यो कुरा उनी आफैंले बुझिनन् वा बुझ्न चाहिनन्, जसले गर्दा उनको चमकदार बैंकिङ करिअर एक दशकभित्रै टुंगियो । त्यो पनि नमेटिने कालो दागसहित ।

दैनिक साढे ३ लाख कमाउने चन्दा कोचर, यसरी फसिन ३२ अर्बको ऋण घोटाला काण्डमा

उनको चमकदार बैंकिङ करिअरमा आँधी ल्याउने व्यक्ति हुन् अरविन्द गुप्ता । गुप्ताले सन् २०१६ मा आइसीआइसी बैंक र भिडियोकोन समूहबीच भएको कारोबारबारे प्रश्न उठाएका थिए ।

यसबारेमा उनले प्रधानमन्त्री तथा वित्तमन्त्रीलाई पत्रचार गरेरै जानकारी गराएका थिए । गुप्ताले बैंकले एस्सार ग्रुप र रुइया ब्रदर्शलाई फाइदा पुर्याएको देखिन्छ । जसले चन्दा कोचरका पति दीपकले सुरु गरेको कम्पनी न्यू पावर ग्रुपमा ठूलो मात्रामा लगानी गरेको उल्लेख गरिएको थियो ।

पत्रमा एस्सार ग्रुपले ग्लोबल उद्योग खासगरी यूकेको एस्सार आयललाई फन्डिङ गरेको र वर्तमान समयमा यो नन-पफर्मिङ सम्पत्ति बनिसकेकाले लोन फिर्ता लिन असम्भव भइसकेको उल्लेख गरिएको थियो ।

यसबारेमा बैंकले न कुनै कारबाही गरेको छ न कुनै दबाब नै सिर्जना गरेको छ । भिडियोकोन समूहको एक लगानीकर्तासमेत रहेका गुप्ताले सन् २०१२ मा घटना भएपछि अध्ययन र प्रमाण जुटाउन सुरु गरेका थिए ।

तत्कालीन समयमा दीपक कोचरले सन् २०१० मा सुरु गरेको कम्पनी एनयू पावर रिन्युएबल्सको बारेमा धेरैभन्दा धेरै जानकारी बटुले । तर गुप्ताको उजुरीले धेरैको ध्यान खिच्न सकेन् ।

तर पछिल्लो समय जब भारतीय ठूला मिडियामा यस घोटालाबारे रिपोर्ट प्रकाशित भयो तर यसले राष्ट्रिय मिडियामा स्थान पायो । जसले गुप्ताले सुरु गरेको अभियानमा बलियो सहयोग पुग्यो ।

गुप्ता भन्छन्- ‘यो त एउटा घटना मात्रै हो, यो जस्तै अन्य बैंकमा पनि घटना घटेका हुन सक्छन, त्यसमा पनि ध्यान जानु जरुरी छ ।’

उनले उक्त घटनाबारे छानबिन गर्नका लागि बैंकको माथिल्लो तहदेखि तल्लो तहसम्म सबैलाई अनुसन्धानमा ल्याउनु पर्ने माग समेत गरेका छन् ।

गुप्ताले फाइनान्सियल कम्पनीहरुले रजिस्ट्रार कम्पनीमा बुझाएको कागजपत्र गहिरो गरी अध्ययन गरेका थिए ।

उक्त घटनाबारे आईसीआईसी बैंकले स्वतन्त्र जाँच गर्ने निर्णय ग¥यो । बैंकले गत वर्ष ३० मेका दिन ह्विसल ब्लोअरको आरोपमाथि विस्तृत जाँच गर्ने निर्णय गर्यो । स्वतन्त्र जाँचको जिम्मेवारी सर्वोच्च अदालतका पूर्वन्यायाधीश बीएन श्रीकृष्णलाई सुम्पियो ।

अप्रिल महिनामा सीबीआईले यो घटना जाँच गर्नका लागि हातमा लियो । दीपक कोचर र भिडियोकोन समूहका केही अदृश्य व्यक्तिबीच भएको कारोबारको सुरुवाती जाँच सुरु गर्यो ।

जुन महिनामा चन्दा कोचरले बिदा बस्ने निर्णय लिइन । त्यसपछि बैंकको सीईओका रुपमा सन्दीप बख्सी नियुक्त भए । पछि चन्दाले राजीनामा दिइन् । र, बख्सीलाई पूर्णकालिन सीईओ र एमडीमा नियुक्त गरियो ।

जाँचपछि भारतको बैंकिङ क्षेत्रमा भएको ३२ अर्ब भारु ऋण घोटाला काण्ड बाहिर आयो ।

चन्दा कार्यकारी रहेको आईसीआईसीआई बैंकबाट भिडियोकोन ग्रुपका अध्यक्ष वेणुगोपाल धुतले सन् २०१२ मा आईसीआईसीआई बैंकबाट ३ हजार २५० करोड भारु ऋण लिएका थिए । जसबाट कोचर परिवारले व्यक्तिगत फाइदा लिएको आरोप गुप्ताले लगाएका थिए ।

अनुसन्धानबाट कोचर परिवारले उक्त ऋण उपलब्ध गराएवापत ६४ करोड भारतीय रुपैयाँ लिएको छानबिनले देखायो । र, बैंकले कोचरलाई सन् २००८ देखियताको सम्पूर्ण भत्ता र बोनस फिर्ता गर्न निर्देशन दियो । यता सीबीआईले चन्दा कोचर र उनका पति दीपकमाथि आपराधिक षड्यन्त्र र ऋण दूरुपयोग अन्तर्गत मुद्दा दायर गर्यो ।

आईसीआईसीआई बैंक सम्पत्तिका आधारमा भारतको तेस्रो र बजार क्यापिटलाइजेसनका आधारमा चौथो ठूलो बैंक हो । बैंक न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत भएको भारतको पहिलो बैंक हो ।

बैंकबाट लिएको ऋणको रकममध्ये केही रकम तिरेर २,८१० करोड भारु तिरेनन् । बैंकले यसलाई नन परफर्मिङ एसेट (एनपीए) अर्थात् नउठ्ने पैसा भनि घोषणा नै गरिसकेको छ ।


पुष्प दुलाल