हरेक दिन किन घटिरहेको छ चिलिमे हाइड्रोको सेयर मूल्य ?
काठमाडौं । कुनै समय नेपालको सेयर बजारमा आर्कषक लगानी योग्य कम्पनीको रुपमा चिलिमे जलविद्युत् कम्पनलिाई लिइन्थ्यो । चिलिमेको सेयर खरीदका लागि लगानीकर्ता तछाड मछाड गर्थे ।
रसुवावासीलाई विश्वासमा लिएको मात्रै नभई सेयर बजारका खेलाडीलाई समेत चिलिमे कम्पनीले राम्रैसँग आर्कषित गरेको थियो ।
सेयर बजारमा चिमिले कम्पनी ब्लु चिप्सको रुपमा परिचित थियो । तर पछिल्लो समय सो कम्पनीको सेयर पनि अरुको जस्तै सामान्य केवल सामान्य जस्तै लाग्न थालेको छ । बजारमा सो कम्पनीको सेयरमा त्यत्ति धेरै चार्म छैन ।
सेयर बजार घटदाको परिणामले पनि काम गरेको हुन सक्छ । तर कारण भने त्यस्तो छैन । सो कम्पनीका सहायक कम्पनीहरुले विभिन्न ४ वटा आयोजना निर्माण गरिरहेका छन् ।
त्यसमा रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजना छन् । ती आयोजनाको लागत क्रमशः बढीरहेको छ । भूकमप, भारतको नाकाबन्दी तथा निर्माण व्यवसायीको प्रभावकारी कामको अभावका आयोजनाको लागत बढ्दै गएको छ । त्यसको प्रभाव सेयर बजारमा परेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर बजारमा चिलिमे कम्पनीको सेयर प्रतिकित्ता ५२९ मा कारोबार भएको छ । आज मात्रै सो कम्पनीको सेयर प्रतिकित्ता ५ रुपैयाँले घटेको छ ।
गत वर्षको मे अर्थात् सन् २०१८ को मे ९ मा सो कम्पनीको सेयर ८५४ रुपैयाँमा खरीद बिक्री भएको थियो । सेयर बजार बुलिस टे«न्डमा रहँदा चिमिलेको सेयर प्रतिकित्ता ३ हजार २०० सम्म पुगेको थियो । तर पछिल्ला दिनमा सो कम्पनीको सेयर निरन्तर ओरालो लागेको छ ।
सेयर बजारमा जलविद्युत् कम्पनीको सेयर आर्कषक लगानीका लागि योग्य छ भन्ने तथ्य स्थापित गर्ने चिलिमेको सेयर निरन्तर ओरालो लाग्दा त्यसले राम्रो त गरेको छैन । तर बजारशास्त्र र सेयर बजारले भने त्यसो भन्दैन , यो त नियमित प्रक्रिया हो ।
चिमिले कम्पनीका सहायक कम्पनीमा भएका लगानीको मात्रा बढेको छ । पछिल्लो पटक कम्पनीले प्रकाशित गरेको तेस्रो त्रैमासको वित्तीइ विवतरणमा समेत उत्पादन लागत २९ प्रतिशतले वृद्धि भएको देखिएको छ । जसका कारण कम्पनीको नाफा १७ प्रतिशतले खुम्चिएको छ ।
सो कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा मात्रै ५४ करोड ३६ लाख रुपैयाँ नाफा गरेको विवरणमा देखिएको छ । गत वर्षको सोही अवधिमा ६५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
कम्पनीले विद्युत विक्रीबाट ८० करोड ७५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष भन्दा सामान्य अङ्कले मात्रै विद्युत् बिक्रीको मूल्य बढी प्रापत भएको छ । गत वर्षको सोही अवधिमा ८० करोड ४५ लाख रुपैयाँ विद्युत् विबक्रीबाट प्राप्त गरेको थियो ।
यस्तै विद्युत बिक्री तर्फको आम्दानी २९ लाख ६२ हजारले बढेपनि उत्पादन लागत गत वर्षको भन्दा चार करोड ५२ लाख रुपैयाँले बढ्दा नाफा खुम्चिएको छ ।
कम्पनीले जलविद्युतका विभिन्न ४ आयोजनामा आयोजनामा लगानी गर्दै आएको छ । यो अवधिमा कम्पनीले ५ अर्ब ९३ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको दीर्घकालिन ऋण १७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
कूल चुक्ता पूँजी २० प्रतिशतले वृद्धि भई ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको हालै प्रकाशित विवरणमा उल्लेख छ । यस्तै कम्पनीको जगेडा कोषमा ४ अर्ब ५१ करोड रकम जम्मा हुन पुगेको छ ।
चुक्ता पूँजी वृद्धिसँगै नाफामा गिरावट आएका कारण त्यसको प्रभाव सेयरमा समेत परेको छ । २०७४ चैतमा प्रतिसेयर आम्दानी २२ रुपैयाँ १४ पैसा रहेकोमा चालु आवको ९ महिनाको अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ २३ पैसमा समेटिएको छ ।