अर्थमन्त्रीसँग झोँक्किए उद्योगमन्त्री, भने- उद्योग मन्त्रालयलाई अर्थ मन्त्रालयको महाशाखा बनाऔं



काठमाडौं । केही समयदेखि उद्योगमन्त्री मातृका यादब प्रधानमन्त्री र आफ्नै सहयात्री मन्त्रीहरुसँग रुष्ट छन् । खासगरी प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री युवराज खतिवडासँग उद्योमन्त्री यादब आक्रेशित देखिन्छन् ।

उद्योगमन्त्री यादबले सार्वजानिक मञ्चहरुमै आक्रोश पोख्दै आएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले ५३औं साधारणसभाको बन्दशत्र शुरु हुनुभन्दा अघि चैत ३० गते बिहान आफ्ना सदस्यहरुलाई अर्थमन्त्री र उद्योगमन्त्रीसँग अन्तरक्रिया गराएको थियो ।

अन्तरक्रियामा जिल्ला तथा नगरबाट प्रतिनिधित्व गर्ने सदस्यहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफूहरुको सरोकारवाला मन्त्रालय भएको भन्दै १० वटा मन्त्रालय धाउनुपर्ने झन्झिटिलो व्यवस्था हटाउन माग गरेका थिए ।

उद्योग व्यवसायसम्बन्धी सम्पूर्ण अधिकार उद्योग वाणिज्य मन्त्रालयलाई दिने हो भने मुलुकमा लगानीको वातावरण अझ धेरै राम्रो हुने उनीहरुको भनाई थियो ।

उद्योग मन्त्रालयमाथि अर्थ मन्त्रालय सँधै हावी हुने भएकाले हामीले चाहेर केही पनि हुँदैन, अर्थमन्त्रीज्यू यहीँ हुनुहुन्छ,’ अर्थमन्त्रीतिर देखाउँदै उद्योगमन्त्री यादबले भने, ‘बरु उद्योग मन्त्रालयलाई अर्थ मन्त्रालयको महाशाखा बनाइदिनुहोस् ।’

‘हामी उद्योगी व्यवसायीको मन्त्रालय उद्योग मन्त्रालय हो, यही मन्त्रालयबाट हाम्रा अधिकांश मागहरु पूरा गर्ने व्यवस्था मिलाइयोस्,’ सदस्यहरुको माग थियो ।

सदस्यहरुको प्रश्नको जवाफ दिने पालो आयो उद्योगमन्त्री यादबको ।

‘उद्योग मन्त्रालयमाथि अर्थ मन्त्रालय सँधै हावी हुने भएकाले हामीले चाहेर केही पनि हुँदैन, अर्थमन्त्रीज्यू यहीँ हुनुहुन्छ,’ अर्थमन्त्रीतिर देखाउँदै उद्योगमन्त्री यादबले भने, ‘बरु उद्योग मन्त्रालयलाई अर्थ मन्त्रालयको महाशाखा बनाइदिनुहोस् ।’

अर्थ मन्त्रालयको नियन्त्रण उद्योग मन्त्रालयमाथि भएको भन्दै उद्योगमन्त्री यादबले आक्रोश पोखेका हुन् ।

१० मिनेट सम्बोधन गरेको मन्त्री यादबले आफूले चाहेर पनि धेरै काम गर्न नसकेको बताए । उद्योग मन्त्रालयमाथि अर्थ मन्त्रालयको नियन्त्रण भएकाले आफूले उद्योगी व्यवसायीका माग पूरा गर्न नसकेको उल्टै गुनासो गरे ।

त्यति बोलेर मन्त्री यादब कार्यक्रमबाट बाहिरिए ।

त्यसपछि बोल्ने पालो थियो अर्थमन्त्री युवराज खतिवडाको । खतिवडाले उद्योगमन्त्रीले आफूमाथि गरेको व्यंग्यलाई ब्यंग्यात्मकरुपमै जवाफ दिन्छन् भन्ने सदस्यहरुको अपेक्षा थियो ।

तर, अर्थमन्त्रीले उद्योगमन्त्रीको कुरालाई सुनेको नसुनै गरेर टारिदिए । उनले सदस्यहरुको उठाएका दोहोरो कर, भन्सार लगायतका विषयमा सम्बोधन गरेका थिए ।

अर्थमन्त्री खतिवडाले पनि १०/१२ मिनेट मात्रै बोलेका थिए ।

लगानी सम्मेलनमा सरकारले उद्योगमन्त्रीलाई भूमिकाबिहीन मात्रै बनाइएन कि मन्त्रीहरुको लाइनमा बस्ने कुर्सीको समेत व्यवस्था थिएन । उदघाटन समारोहमा मञ्चमा प्रधानमन्त्री, अर्थमन्त्री, विपक्षीदलको प्रतिनिधि, लगानी बोर्डका सीइओ लगायत बसेका थिए । अरु सबै मन्त्री कुर्सीमा बसे । तर, उद्योगमन्त्री यादबलाई बस्ने कुर्सी नै भएन । त्यसपछि उनी आक्रोशित हुँदै कार्यक्रमस्थलबाट बाहिर निस्केका थिए ।

‘अर्थमन्त्रीज्यूले व्यवसायीका मागको टालटुले जवाफ दिनुभयो,’ अन्तरक्रियामा सहभागी एक व्यवसायीले भने ।

चैत १५ र १६ गते राजधानीमा भएको लगानी सम्मेलनमा पनि उद्योगमन्त्री यादबले छताछुल्ल हुनेगरी असन्तुष्टि पोखेका थिए ।

लगानी सम्मेलनमा सरकारले उद्योगमन्त्रीलाई भूमिकाबिहीन मात्रै बनाइएन कि मन्त्रीहरुको लाइनमा बस्ने कुर्सीको समेत व्यवस्था थिएन । उदघाटन समारोहमा मञ्चमा प्रधानमन्त्री, अर्थमन्त्री, विपक्षीदलको प्रतिनिधि, लगानी बोर्डका सीइओ लगायत बसेका थिए ।

मञ्चको सीधा अघि मन्त्रीहरुलाई बस्नका लागि कुसी राखिएको थियो । अरु सबै मन्त्री कुर्सीमा बसे । तर, उद्योगमन्त्री यादबलाई बस्ने कुर्सी नै भएन । त्यसपछि उनी आक्रोशित हुँदै कार्यक्रमस्थलबाट बाहिर निस्केका थिए ।

यसरी उद्योगमन्त्री कार्यक्रमस्थलबाट बाहिर निस्केपछि लगानीकर्तासामू नकरात्मक सन्देश जाने भन्दै उनलाई फकाइयो । र, उनी सभाहलको सबैभन्दा पछाडि रहेको दर्शकदीर्घ बस्ने ठाउँमा बसेर कार्यक्रम हेरे ।

उद्योगमन्त्री यादवले भने, ‘प्रधानमन्त्रीज्यू भनेको सत्य हो, मलाई कैँची चलाउन आउदैन, तर चाहिएको ठाउँमा कैची चलाउन आउँछ ।’

उद्योग मन्त्रीजस्तो मान्छेलाई लगानी सम्मेलनमा बस्ने कुर्सीको व्यवस्था नगरिनु दुखःद नै हो ।

त्यसपछि उद्योगमन्त्री औद्योगिक आधार निर्माण र रोजगारी सिर्जना विषयक सेसनमा भाग लिए । मन्त्री यादब उक्त सेसनका मूख्य बक्ता थिए ।

सेसनमा मन्त्री यादबले आफ्नो कुरा राखे । सेसन सकिएपछि सहभागी सबैलाई टोकन अफ लभ अर्थात् मायाको चिनो दिने व्यवस्था गरिएको छ । तर उद्योगमन्त्री यादबले मायाँको चिनो लिन लिन मानेनन् ।

अरु सबैले मायाको चिनो लिने तर उनले मात्र मायाको चिनो नलिएपछि सहभागीहरुले आश्चर्य माने ।

उक्त सेसनको प्रमुख बक्ता भएर पनि किन मायाको चिनो नलिएको होला भन्ने चासो चलिरहेको बेला उनले प्रष्ट पार्दै भने– ‘सरी आइ एम अर्गनाइजर । सो अर्गनाइजर नट गुट टु टोकेन ।’

लगानीको पहिलो शुरुवात उद्योग मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रारको कार्यालयबाट हुन्छ । त्यसैले लगानी सम्मेलनमा उद्योगमन्त्रीलाई ठूलो भूमिका दिइन्छ । यसअघि भएको लगानी सम्मेलनमा तत्कालीन उद्योगमन्त्री नविन्द्रराज जोशी मूख्य भूमिकामा थिए ।

उद्योगमन्त्री यादबलाई प्रधानमन्त्रीले नरुचाएका कारण लगानी सम्मेलनमा उनलाई भूमिकाबिहीन बनाइएको थियो ।

लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीले अर्थमन्त्री खतिवडालाई सुपरम्यान बनाएका थिए । जसकारण लगानी सम्मेलनबारे जानकारी दिने उदेश्यले आयोजना गरिएका २ वटा पत्रकार सम्मेलनमा उद्योगमन्त्री उपस्थित थिएनन् ।

केही समयअघि दिनअघि भएको मन्त्रीपरिषदको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उद्योगमन्त्री यादबले चर्काचर्की गरे । औद्योगिक व्यवसाय ऐन–०७४ संशोधन गर्न बनेको विधेयकको विषयलाई लिएर उद्योगमन्त्री यादबले प्रधानमन्त्री ओलीसँग चर्काचर्की गरेका हुन् ।

उद्योग मन्त्रालयले पठाएका केही बुँदामा संसोधन गरेर मन्त्रिपरिषदको विधेयक समितिले फिर्ता पठायो । त्यसपछि उद्योगमन्त्री आक्रोशित बने ।

मन्त्री यादबले उद्योग मन्त्रालयले तयार पारेको विधेयक कानुन मन्त्रालयमा पठाउन निर्देशन दिए। उद्योग मन्त्रालयले मन्त्रिपरिषद्को संशोधनलाई अटेरी गरेर पूरानै विधेयक कानुन मन्त्रालय पठायो। कानूनले फेरि मन्त्रिपरिषद्को विधेयक समितिमा पठायो ।

मन्त्रिपरिषदमा ऐउटै ऐनका छुट्टाछुट्टै दुई विधेयक प्रस्तु भएपछि प्रधानमन्त्री ओलीलाई उद्योगमन्त्री यादबले चेतावनी दिए ।

ठूला उद्योगी-व्यवसायी जोगाउने उद्देश्यले आफूले राखेका प्रावधान काटेर विधेयक अघि बढाए आफूलाई मान्य नहूने भन्दै यादवले चेतावनी दिएका थिए ।

उद्योगमन्त्री यादको चेतावनीलाई ओलीले खासै वास्ता गरेनन् । प्रधानमन्त्री ओलीले प्रक्रियागत ढंगले अघि बढ्न सुझाब दिएका थिए ।

मन्त्रिपरिषदमा प्रधानमन्त्री र उद्योगमन्त्रीको विवाद चुलिएको दुई दिनपछि राजधानीको भृकुटीमण्डपमा भएको अन्तर्राष्ट्रिय व्यापार मेलाको उदघाटन गर्न दुबैजना पुगेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्योगमन्त्री यादबलाई देखाउँदै ‘उहाँलाई कैँची चलाउन आउँदैन, तैपनि मैले रिवनसम्म चाहीँ काट्नुहोस् भनेको छु’ भन्दै व्यंग्य हाने ।

प्रधानमन्त्री कार्यक्रममा हिँडेपछि उद्योगमन्त्री यादवले रिबन काटेर मेलाको उद्घाटन गरे । उनले मेलाको अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै उद्योगमन्त्री यादवले भने, ‘प्रधानमन्त्रीज्यू भनेको सत्य हो, मलाई कैँची चलाउन आउदैन, तर चाहिएको ठाउँमा कैची चलाउन आउँछ ।’

उद्योगमन्त्री यादवले उदघाटन गर्नको लागि कैँची नै चाहिने भन्दै राम्रो-राम्रो कामको लागि कैँची चलाउन आउने र आफूले चलाउने गरेको बताएका थिए ।

‘अर्को खाले कैँची चलाउन भने मलाई आउँदैन, त्यो चलाउन पनि नपरोस्, हामी एकताबाट अगाडि बढ्ने हो,’ यादवले थपेका थिए ।

सार्वजानिक कार्यक्रममै प्रधानमन्त्री र उद्योगमन्त्रीबीच घोचपेच भएको यो गतिलो उदाहारण हो ।

नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच मन्त्रीहरु हेरफेर गर्ने विषयमा केही समययता गहन छलफल भइरहेको छ ।

दुबै अध्यक्ष लगानी सम्मेलनअघि नै मन्त्री हेरफेर गर्ने तयारी भएको भए पनि नकरात्मक सन्देश जाने भन्दै लगानी सम्मेलन सकेर मात्रै मन्त्रिमण्ड पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्रीको निशानामा उद्योगमन्त्री यादब र भौतिक पूर्वाधारमन्त्री रघुबिर महासेठ रहेको बाटुवाटार स्रोतको दाबी छ । ओली यी दुईजना मन्त्रीलाई हटाएर योगेश भट्टराई, महेश बस्नेत जस्ता युवाहरुलाई मन्त्री बनाउन चाहन्छन् । यस विषयमा प्रचण्डको समेत कुनै आपत्ति नरहेको बाटुवाटार स्रोतको दाबी छ ।

तर, प्रचण्डको नजर भने अर्थमन्त्रीतिर लागेको छ । प्रचण्ड चितवनबाट चुनाब जितेका सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाएर नेकपाभित्रकै अर्को गुटलाई खुसी बनाउन र चितवनको आफ्नो जनमत सुरक्षित गर्न चाहन्छन् ।

पाण्डेले पनि सतहमै देखिनेगरी अर्थमन्त्रीका लागि लबिङ गरिरहेका छन् । तर, अहिलेसम्म ओली भने अर्थमन्त्री खतिवडासँग त्यतिधेरै नकरात्मक भइनसकेको स्रोतको दाबी छ ।

यद्यपि प्रधानमन्त्रीलाई पार्टीभित्रै र व्यावसायिक जगतबाट अर्थमन्त्री खतिवडालाई हटाउन ठूलै दबाब छ ।

कहीलेकाहीँ निकटस्थहरुसँग ओलीले ठट्टा गर्दै भन्ने गरेका छन्, ‘पीएचडी डाक्टरबाट पनि केही हुँदो रहेनछ ।’

ओलीको यो भनाइलाई सबैले आआफ्नै तरिकाले ब्याख्या गर्ने गरेका छन् । कसैले अर्थमन्त्री खतिवडालाई भनिएको विश्लेषण गरेका छन् भने कसैले अरुलाई नै भनेको भन्ठानेका छन् ।


पुष्प दुलाल