आर्थिक वृद्धि कायम राख्न निर्यात वृद्धि गर्नुपर्ने विश्व बैंकको निष्कर्श
काठमाडौ । दक्षिण एशियाले आर्थिक वृद्धि लक्ष्य हासिल गर्न निर्यातलाई थप प्राथामिकतामा राख्नुपर्ने विश्व बैंकले बताएको छ । सन् २०१९ मा ७ प्रतिशत र सन् २०२० र २०२१ मा ७.१ प्रतिशत बृद्धि गरि दक्षिण एशिया विश्वको सबैभन्दा छिटो आर्थिक बृद्धि गर्ने क्षेत्रमा पर्ने लक्ष्य रहेको बताइएको छ ।
तर यो उच्च बृद्धि कायमा राख्नका लागि निर्यातमा बृद्धि गर्नुपर्ने विश्व बैंकको एक वर्षमा दुईपटक गरिँदै आएको क्षेत्रिय आर्थिक अपडेटमा उल्लेख गरिएको छ ।
दक्षिण एशियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्काफरले भनेका छन्– ‘ दक्षिण एशियाको निर्यात केहि वर्ष यता क्षमताको तुलनामा घटेपनि बृद्धि भने अझै राम्रो देखिएको छ । तर यो अवस्था कायम रहन्छ वा रहदैन भन्ने कुरामा हाम्रो चासोे छ ।’
दीर्घकालमा यो वृद्धिलाई सुनिश्चित गर्नका लागि दक्षिण एशियाका क्षेत्र अन्तर्राष्ट्रिय बजारमा समाबेश हुने, रोजगारी सिर्जना गर्ने र मानिसको सम्बृद्धि उकास्न काम गर्नुपर्ने स्काफरले भनेका छन ।
विगत दुई बर्षयता दक्षिण एशिया भरिनै निर्यात भन्दा आयातको दर निकै बलियो देखिएको छ । सन् २०१७ मा १४.९ प्रतिशत र सन २०१८ मा १५.६ प्रतिशत आयातमा वृद्धि भएको थियो जबकि निर्यात भने सन् २०१७ मा ४.६ प्रतिशत र सन् २०१८ मा ९.७ प्रतिशतले बृद्धि भएको थियो ।
अहिले सार्वजनिक भएको रिपोर्टले सकारात्मक सङकेत देखाएको छ । पछिल्ला महिनालाई नियाल्दा निर्यातको वृद्धि तल्लो तहबाट थोरै बढेको विश्वबैंकले जनाएको छ । यो निर्यातमा देखिएको वृद्धि सन् २०१९ र त्सपछिका वर्षमा पनि कायम रहने बैंकले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ । र, त्यो वृद्धिदर सरदर प्रतिशत हुने प्रक्षेपण समेत गरिएको छ ।
यो पछिल्लो प्रगतिका बाबजुद दक्षिण एशियाली देशहरुले आफ्नो क्षमताको केबल एक तिहाई मात्र निर्यात गर्ने गरेका छन् । र, यो ग्याप बढदै गएको छ । सन् २०१७ मा निर्यातको अन्तर जिडिपीको २० प्रतिशत रहेको समेत रिपोर्टमा उल्लेख छ ।
नेपालको सन्दर्भमा नेपालको कुल ग्राहस्थ उत्पादन ६ प्रतिशत हुने अनुमान गरिएको छ । नेपालको सेवा क्षेत्र बलियो पर्यटनबाट लाभान्वित हुने र उत्पादन क्षेत्रमा अर्को वर्ष शुरु हुने नेपालको सबैभन्दा ठुलो सिमेन्ट उद्योगबाट सहयोग पुग्ने बताइएको छ ।
यस्तो छ विश्व बैंकले आफ्नो पछिल्लो रिपोर्टका उल्लेख गरेको दक्षिण एशियाली देशहरुको विवरण ।