वित्तीय स्थायित्वका लागि बैंकहरुको ‘बिग मर्जर’ आवश्यक
सन् १९८० को दशकमा आधा अर्थात् ७ लाख अमेरिकन कम्पनीहरुको पुनर्संरचना गरियो । र, ८० हजार कम्पनीहरु एक आपसमा गाभिए, जसको फलस्वरुप तिनीहरु टाट पल्टिनबाट जोगिएका थिए । एण्डु जे सेरमान र मिलेज ए हार्टद्धारा सन् २००६ मा प्रकाशित बहुचर्चित पुस्तक ‘मर्जर एण्ड एक्युजिसन फ्रम ए टु जेड’ मा मर्जरलाई स्वथ्य अर्थतन्त्रको वित्तीय सवलीकरणको औजारको रुपमा व्यख्या गर्दै सन् १९८० को दशकमा अमेरिकन कम्पनीहरुको अवस्था चित्रण गरेका छन् ।
मर्जरले अमेरिकाको धेरै कम्पनीहरुको उद्दार गर्न सफल हुनुमा लेखकले विशेष तिन कारणहरु उल्लेख गरेका छन् ।
(१) मर्जरले लागत नियन्त्रण र संचालन दक्षतामा बृिद्ध गर्दछ ।
२) मर्जरले कम्पनीको सेयरको बजार मुल्यमा बृद्धि गराउँदछ ।
(३) मर्जरले प्रशासनीक तथा संचालन खर्चमा मितब्ययिता आई व्याजदरमा कमी ल्याउँछ, फलस्वरुप प्रतिस्पर्धात्मक क्षमतामा समेत बृद्धि हुन्छ ।
बैंकको चुक्ता पूँजीमा भएको वृद्धिले लगानीको क्षमतामा समेत बृद्धि भएको छ । नेपाल जस्तो उदयमान अर्थतन्त्रमा मर्जर र एक्युजिसनलाई आर्थिक बिकासको मेरुदण्डको रुपमा हेर्न सकिन्छ ।
१५ मार्च २०१७ मा हार्डभर्ड बिजनेस रिभ्यु ले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार मर्जर तथा एक्युजिसनको असफल दर ७० देखि ९० प्रतिशतसम्म रहेको प्रतिवेदन प्रकाशित गरेको थियो । तर, विभिन्न देशहरुमा मर्जरका कयौं सफल उदाहरणहरु पाईन्छ । मर्जरको कारणले विभिन्न कम्पनीहरुको प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि भई पहिलेको भन्दा सवल र आफ्नो क्षेत्रमा एउटा सफल कम्पनीको रुपमा स्थापित भएको प्रशस्त उदाहरणहरु भेटिन्छन् ।
अमेरिकाको सबै भन्दा ठुलो ईन्भेष्टमेन्ट बैंक जेपी मोर्गान चेज एण्ड कम्पनी सफल मर्जरको एउटा उदाहरण हो, जुन सन् १९५४ मा कर्न एक्चेन्ज बैंक, सन् १९८६ मा टेक्सस कर्मस बैंक, सन् १९९१ मा मेनिफेक्चर हेन्डओभर ट्रष्ट कम्पनी लगायत अन्य धेरै बैंकसंग चरणवद्ध रुपमा मर्ज भई आज बजार पुँजीकरणका हिसाबले बिश्वको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित भएको छ ।
त्यस्तैगरी विश्वका ठुला र सफल बैंकहरुमध्येका बैक अफ अमेरिका र सिटि ग्रुप, अमेरिकाको मर्जरको कारणले कुल सम्पत्तिका आधारमा क्रमसः दोश्रो र तेश्रो ठुलो बैकको रुपमा स्थापित हुन सफल भए ।
भारतमा पनि सफल मर्जरको उदाहरणहरु भेटिन्छन् । ९ वटा साना बैंकहरुलाई गाभेर आईसिआईआई बैंक अहिले भारतको सबैभन्दा ठुलो निजी बैंकको रुपमा स्थापित भई ‘बेस्ट बैंक फर एसएमइ अफ २०१६’ र ‘बेस्ट रिटेल बैंक अफ २०१७’ को अवार्डबाट प्राप्त गर्न सफल भएको छ ।
त्यस्तै बैंक अफ कलकत्ता, बैंक अफ बम्बई, बैंक अफ चेन्नई मिलेर इम्पेरियल बैंक अफ ईण्डिया र पछि ८ वटा स्टेटका बैंकहरु गाभेर बनेको स्टेट बैंक अफ ईण्डिया (एसबिआई बैंक) अहिले ३६ देशमा १९४ बिदेशी शाखा र भारतमा मात्र २२ हजार ४ सय १४ शाखासहित भारतको सबैभन्दा ठुलो बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।
अध्ययन अनुसार नेपालमा पनि मर्जरले सकरात्मक प्रभाव पारेको देखाउँछ । उदाहारणको रुपमा ग्राण्ड बैंकलाई हेरौं ।
ग्राण्ड बैंक लिमिटेडको तथ्याङ्कलाई केलाउने हो भने बैंकको मर्जर हुनुभन्दा पहिला १ अर्ब ३२ करोड रुपैंया नोक्सानी, जगेडा कोष १ अर्ब रुपैयाँभन्दा बढीले ऋणात्मक, खराब कर्जा ४० प्रतिशत भन्दा बढी र ग्राहकहरुको बैंकप्रतिको बिश्वास गुम्न गई लगातार निक्षेप र कर्जा घट्न गई वित्तीय अवस्था अत्यन्तै नाजुक अवस्थामा थियो ।
यस्तो नाजुक स्थितमा गुज्रिरहेको बैंक २०७२ साल माघ २९ गते प्रभु बैंकसँग मर्ज भयो । र, अहिले मर्जर पश्चात बैंकले प्रत्येक बर्ष सुधार गर्दै २०७५ असार मसान्तमा ९६ करोड खुद मुनाफा कमाउन सफल भएको छ भने जगेडा कोषमा पनि सुधार भई ४ अर्ब ३३ करोड पुगेको छ । त्यस्तै निष्कृय कर्जा पनि घटेर ३.९८ प्रतिशतमा झरेको छ भने बैंकले राम्रो प्रगति गरकोले ग्राहकहरुको बिश्वास समेत जित्न सफल भई निक्षेप तथा कर्जा दुबैमा राम्रो बृद्धि पनि गर्न सफल भएको छ ।
नेपालमा एनबी बैंक र एनबी फाईनान्सको २०६४ सालमा मर्जर भएको थियो । यी दुई संस्थाहरु मर्जर हुनु अघिको दुई बर्ष र मर्जर भए पछिको दुई बर्षलाई आधार मानेर गरिएको एक अध्ययन अनुसार मर्जर पछि बैंकको संचालन मुनाफामा २९३.०२ प्रतिशतले बृद्धि भएको देखिन्छ भने खुद नाफामा पनि ३९४.९१ प्रतिशतले बृद्धि भएको देखिन्छ ।
नेपाली बैंकिङ्ग इतिहासको पहिलो मर्जर लक्ष्मी बैंक लिमिटेड र हाईसेफ फाईनान्सको मर्जर पछि बैंकको मुनाफामा १११.६८ प्रतिशले बृद्धि भएको थियो । त्यस्तै माछापुच्छ्रे र बैंक र स्ट्याण्डर्ड फाईनान्सको मर्जरपछि बैंकको बित्तीय सूचकहरुमा राम्रो सुधार आएकोे छ ।
वित्तीय स्थायित्वको उद्देश्यले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन सुरु गरिए पश्चात् २०७५ माघ मसान्तसम्ममा कुल १ सय ६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । ती मध्ये १२२ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । र, हालसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाको लहर नै चलेको देखिन्छ ।
नेपालमा ठुलो पुँजी भएका वैदेशिक लगानीका बैंकहरुसँगको प्रतिस्पर्धा, उचित प्रतिफलको अभाव, क्षेत्र बिस्तारको आवश्यकता, पुँजी बृद्धिको माग जस्ता कारणहरुले कतिपय संस्थाहरु आफै नै संस्थागत स्थायित्वको खोजी गरिरहेको अवस्थामा मर्जर उपयुक्त विकल्प सावित हुन गयो । र, मर्जर बिनियमावली जारी भएको बर्ष २०११ देखि हालसम्म बैंक तथा बित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिशनको कारणले २ सय १८ बाट घटेर १ सय ५६ मा झरेको राष्ट्र बैंकले जनाएको छ ।
मर्जरले लगानीकर्ताहरुको प्रक्षेपण, कर्मचारी समायोजन तथा बैंक व्यवस्थापनको मागलाई कतिसम्म सम्बोधन गर्नसक्यो । त्यो छलफलको छुट्टै बिषय हुनसक्छ । तर, वित्तीय स्थायित्वको उद्देश्यले बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशन सुरु गरिए पश्चात् २०७५ माघ मसान्तसम्ममा कुल १ सय ६४ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । ती मध्ये १२२ वटा संस्थाहरूको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । र, हालसम्म पनि बैंक तथा वित्तीय संस्थाहरुमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाको लहर नै चलेको देखिन्छ ।
गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाले स्वस्थ्य प्रतिस्पर्धा, पूँजीको पर्याप्तता, तरलता व्यवस्थापन, कर्जाको गुणस्तरमा बृद्धि, सञ्चालन खर्चमा मितब्ययिता, वित्तीय अनुशासन, संस्थागत सुशासनजस्ता पक्षमा सकारात्मक प्रभाव पार्दछ भने अन्तरदेशिय गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाले प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन समेत टेवा पुर्याउँदछ ।
गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियामा संलग्न हुन चाहने वित्तीय संस्थाहरुको वित्तीय सुचकहरुको सुक्ष्म अध्ययन गरेर मर्जरको निर्णय लिन सकियो भने यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्दछ । दुई वा दुईभन्दा बढी पूरक आवश्यक्ता भएका संस्थाहरु एक आपसमा मर्जर भएको खण्डमा संस्थाको अधिकतम क्षमता तथा अवसरको सदुपयोग भई अधिकतम लाभ लिन सक्छ ।
जस्तैः एउटा संस्थाको पुँजी पर्याप्ता कम भएको । तर, अर्काेको संस्थाको प्रशस्त भएको । त्यस्तै एउटा संस्थाको एउटा क्षेत्रमा राम्रो शाखा सञ्जाल भएको । तर, अर्काे संस्थाको उक्त क्षेत्रमा नभएको आदि ।
नेपालमा मर्जरपछि बैंक तथा वित्तीय संस्थाहरुमा क्रमिक सुधार देखिनुका साथै कर्मचारीका सम्बन्ध र उत्प्रेरणामा समेत सकारात्मक प्रभाव देखाएको छ । बैंकको चुक्ता पूँजीमा भएको वृद्धिले लगानीको क्षमतामा समेत बृद्धि भएको छ । नेपाल जस्तो उदयमान अर्थतन्त्रमा मर्जर र एक्युजिसनलाई आर्थिक बिकासको मेरुदण्डको रुपमा हेर्न सकिन्छ ।
मर्जर ग्रोइङ अर्थतन्त्रको आवश्यक्ता हो । वित्तीय स्थायित्वको लागि नेपालमा बिग मर्जरको टड्कारो आवश्यकता देखिन्छ ।
गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाले स्वस्थ्य प्रतिस्पर्धा, पूँजीको पर्याप्तता, तरलता व्यवस्थापन, कर्जाको गुणस्तरमा बृद्धि, सञ्चालन खर्चमा मितब्ययिता, वित्तीय अनुशासन, संस्थागत सुशासनजस्ता पक्षमा सकारात्मक प्रभाव पार्दछ भने अन्तरदेशिय गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रियाले प्रत्यक्ष बैदेशिक लगानी भित्र्याउन समेत टेवा पुर्याउँदछ ।
भारतमा सन् २००४ देखि २०१० सम्म कुल प्रत्यक्ष बैदेशिक लगानीबाट भित्रिएको रकमको ६३ प्रतिशत मर्जरले भित्रिएको थियो । यो आंकडाले पनि मर्जरको महत्वलाई दर्शाउँछ । नेपालमा पनि हालै सम्पन्न भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बिभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी सम्झौता भएको छ ।
इन्टरनेशनल मोनिटरी फण्डको २०१८ को तथ्याङ्क अनुसार नेपाल ६.२ प्रतिशत आर्थिक बृद्धि सहित बिश्वका १९३ देशहरुमध्ये १८औं धेरै आर्थिक बृद्धि हुने देशमा पर्न सफल भएको छ । भविष्यमा यो तथ्यांकको निरन्तरताको साथै अझै ठुलो अर्थिक वृद्धिका लागि ठुल्ठुला पूर्वाधार तथा परियोजनामा लगानीको आवश्यकता छ । ठुलो आर्थिक बृद्धिको लागि ठुलो पुँजी, उचित तरलता व्यवस्थापन, दिगो रणनीतिक कार्ययोजना आवश्यक पर्ने हुनाले यसको लागि ठुलो चुक्ता पुँजी भएका बैंकहरुको आवश्यकता पर्छ ।
अहिले नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा बेला बेलामा लगानी योग्य रकमको अभाव, तरलता अभाव जस्ता समस्याहरु भोगिरहेको देखिन्छ ।
कुनै एउटा कम्पनीको सर्वसाधारण शेयर निष्काशन हुँदा, एउटा ठुलो कम्पनीको स्थापना हुँदा, एउटा ठुलो निक्षेपकर्ताले निक्षेप निकाल्दा, सरकारलाई कर तिर्ने मसान्तमा कर तिर्न समेत तरलताको अभाव हुने बर्तमान समस्याको दीर्घकालिन हल खोज यस्ता समस्याहरुबाट मुक्त भई वित्तीय क्षेत्रमा स्थाईत्व ल्याउनु एकदमै आवश्यक छ । जसका लागि मर्जर बित्तीयी सवलीकरणको एउटा राम्रो औजार हुनसक्छ ।
मर्जर ग्रोइङ अर्थतन्त्रको आवश्यक्ता हो । वित्तीय स्थायित्वको लागि नेपालमा बिग मर्जरको टड्कारो आवश्यकता देखिन्छ ।
(लेखक शर्मा कुमारी बैंक हेटौंडा शाखाका प्रबन्धक हुन् । यी लेखकका निजी विचार हुन । )