विदेशी लगानी आउँदैमा निजी क्षेत्र डराउनु पर्दैनः पुर्वअर्थमन्त्री डा. महत



काठमाडौ । पुर्वअर्थमन्त्री डा.रामशरण महतले विदेशी लगानी आउँदैमा स्वेदेशी लगानीकर्ता निराश हुननपर्ने बताएका छन् । विदेशी लगानी भित्रिएमा आफु पछि पर्ने डर निजी लगानीकर्तामा भएको उल्लेख गर्दै महतले उक्त कुरा बताए ।

विगतमा नेपालको बैकिङ क्षेत्रमा विदेशी लगानी भित्राउदा निजी क्षेत्र डराएको परिस्थितिलाई स्मरण गर्दै उनले भने त्यो डर अन्ततः फेल खाएको थियो । त्यो विदेशी लगानीले नेपालमा निजी वित्तीय क्षेत्र बृद्धिमा टेवा पुगेको उनको भनाई थियो ।

विदेशी लगानीकर्ता आउँदा विदेशी पुँजी मात्र नभई प्रविधि समेत आउनले भएकाले विदेशी लगानीसँग डराउनुभन्दा पनि अवसर भित्रिएको रुपमा लिनुपर्ने उनको भनाई छ ।

राजधानीको सोल्टी होटलमा आयोजित विदेशी लगानी सम्मेलनलाई सम्बोधन गर्र्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रिय सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री महतले विदेशी लगानीकर्ताहरुलाई नेपालको प्राकृतिक श्रोतको उपयोग गरी फाइदा लिन समेत आग्रह गरे ।

नेपालमा सन १९९० देखि उदारीकरण शुरुवात गरेको र त्यसले निकै सकारात्मक मोड लिएको बताउँदै उनले त्यो अभियानलाई विभिन्न राजनैतिक परिस्थितिले अवरोध गरेपनि अहिले राजनैतिक अवरोध नरहेको बताए । आर्थिक उदारीकरणसँगै राजनैतिक उदारीकरण भएकोमा समेत उनले जोड दिए ।

आर्थिक उदारीकरण गर्ने क्रममा उनले सबे क्षेत्रमा निजि र विदेशी लगानी खुल्ला गरेको समेत उनले उल्लेख गरे ।

आर्थिक उदारीकरणका कारण उद्योग क्षेत्रमा उल्लेखनीय विकास भएको उनले बताए । देशको समृद्धिमा निकै महत्वपुर्ण भुमिका खेलेको आर्थिक उदारीकरणमा पछि राजदरबार हत्याकाणड, जनयुद्ध, भुकम्प जस्ता विविध कारणले अवरोध पुर्याएको उनले स्मरण गराए ।

‘यतिधेरै अवरोधकाबीच पनि नेपालको सामाजिक क्षेत्रमा निकै प्रगति भएको छ,’ डा. महतले भने ।

न्युन आर्थिक बृद्धि हुदाँ पनि गरिवी न्युनिकरणमा नेपाल एशियाको नमुना देश हुन सकेको समेत उनले जिकिर गरे । विभिन्न विकासका क्षेत्रमा समेत पहुँच बढ्नुमा रेमिट्यान्सको समेत निकै प्रभाबकारी भूमिका रहेको उनले बताए ।

त्यसैगरी उनले देश विकासका लागि स्वदेशी लगानी पर्याप्त नभएकाले विदेशी लगानी अनिवार्य चाहिने बताएका छन । देशको पुर्वाधार विकासका लागि सरकारी, निजी, सार्वजनिक र विदेशी लगानीको उत्तीकै खाँचो रहेको समेत उनले औल्याए ।

संसारभर निकै मेहनतीको परिचय बनाएका नेपालीहरु देशको सम्पत्ति भएकाले त्यसलाई देश विकासका प्रयोग गर्नुपर्नेम उनको जोड छ ।

देशको व्यापार घाटा निकै धेरै रहेको र त्यसलाई न्युनिकरण गर्न नेपाललाई एशियाको ग्रिन हाउस पावरका रुपमा विकास गर्न सकिने बताए । त्यसैगरी देशमा भएको प्राकृतिक श्रोत निकै महत्वपुर्र्ण सम्पत्ति भएको र त्यसलाई प्रतिस्पर्धाबाट लाभ लिन सकिने समेत उनले उल्लेख गरे ।

देशमा बगेको खोलाको एक थोपा पानी पनि मानिसका आवश्यकता पुरा भएपछि मात्र समुद्रतिर बग्न दिनुपर्नेमा उनको जोड छ ।

नेपाल देश सानो भएपनि यहाँको बजार निकै आशा लाग्दो भएको र त्यसका लागि विश्वको आर्थिक क्षेत्रमा टेवा पुर्याइरहेको दुइ ठुला छिमेकी देशसँग सहकार्य आवश्यक भएको समेत उनले बताए ।


पुष्प दुलाल