लुम्बिनीमा प्रसुतीगृह संचालनदेखि रेलमार्गको परियोजना लगानी सम्मेलनका लागि तयार
काठमाडौं । लगानी सम्मेलनमा सरकारले लुम्बिनीमा प्रसुतीगृह संचालन गर्ने देखि रेलमार्ग बनाउनेसम्मका परियोजना लगानीकर्तालाई देखाउने भएको छ ।
आगामी साता काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा ४१ वटा परियोजना लगानीकर्ताको लागि तयार भएर शोकेसमा राखिएका छन् । जुन परियोजना बन्नको लागि १५ खर्ब ५३ अर्ब अमेरिकी डलर लगानी गर्नुपर्ने हुन्छ ।
लगानी बोर्डले तयार पारेको परियोजनामा सातै प्रदेशमा कृषिको लागि गोदाम गृह निर्माण गर्ने रहेको छ । यस्तै फोहरमैला व्यवस्थापनको लागि पनि सातै प्रदेशमा लगानी गर्न आह्वान गरिने छ ।
काठमाडौं उपत्यकाको मेट्रो रेल,पूर्वपश्चिम विद्युतीय रेलमार्ग तथा काठमाडौं पोखरा लुम्बिनी रेलमार्ग रहेको छ ।
लगानी बोर्डले ६ वटा क्षेत्रमा परियोजनालाई देखाएको छ । कृषि क्षेत्रको पूर्वाधार,शिक्षा स्वास्थ्य,औद्योगिक क्षेत्र र पर्यटन छन् । यस्तै पूर्वाधार विकास र सहरीकरणका परियोजनापनि तयार भएर सम्मेलनमा तयारीका साथ राखिएको छ ।
यसरी तयार भएका परियोजनाको बारेमा बोर्डले विस्तृत विवरण राखेको छ ।
चैत १५ र १६ गते काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा छिमेकी भारत र चीन सहित देशका लगानीकर्तालाई आह्वान गरिएको छ ।
बोर्डले तयार पारेका कतिपय परियोजना भने सम्मेलनमा देखाउनको लागि मात्र तयार पारेका जस्ता छन् । कतिपय परियोजनाले विगतदेखि नै निरन्तरता पाएका छन् ।
बोर्डले बिराटनगर र धनगढीमा क्षेत्रिय अन्तराष्ट्रिय विमास्थल बनाउने तथा बाराको निजगढमा बन्न लागेको अन्तराष्ट्रिय विमानस्थलको लागि समेत लगानीको लागि आह्वान गर्दै प्रोजेक्टलाई शो गरेको छ ।
यस्तै पर्यटन क्षेत्रमा शे फोक्सुन्डो तालमा रिसोर्ट खोल्ने देखि लिएर खप्तडमा बृहत पर्यटन गुरुयोजना तयार पार्ने रहेको छ ।
काठमाडौं उपत्यका सहित लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा यातायात व्यवस्थापनको लागि ठूला विद्युतीय बस संचालन गर्ने समेत परियोजना बोर्डले प्रस्तुत गरेको छ ।
यस्तै धुलिखेलमा मेडिकल सिटी बनाउने देखि लिएर औद्योगिक पार्क तथा सिमरामा बन्न लागेको सेजमा समेत विदेशी लगानी गर्नको लागि लगानीकर्तालाई आह्वान गरिएको छ ।
गौतम बुद्दको जन्मस्थल लुम्बिनीमा २ सय बेडको अन्तराष्ट्रिय स्तरको प्रसुतीगृह संचालन गर्ने प्रोजेक्ट पनि प्रस्तुत गरिएको छ । जसको निर्माण लागत ४ अर्ब २५ करोड रुपैयाँ पर्ने रहेको छ ।
परियोजना | लागत(१० लाख अमेरिकी डलरमा) | स्थान |
रासायनिक मल कारखाना | 650 | प्रदेश २ वा ५ |
गोदाम गृह-शितघर_ | 3.15 | सुर्खेत |
गोदाम गृह-शितघर_ | 4.43 | बनेपा वा चितवन |
गोदाम गृह-शितघर_ | 3.14 | र्कलाली, अत्तरिया |
गोदाम गृह-शितघर_ | 5.63 | पोखरा,हेम्जा |
गोदाम गृह-शितघर_ | 6.1 | विरगन्ज |
गोदाम गृह-शितघर_ | 6.55 | मनिग्राम,रुपन्देही |
गोदाम गृह-शितघर_ | 5.45 | ऊर्लाबारी,मोरङ |
धुलिखेल मेडसिटी | 74 | धुलिखेल,काभ्रे |
एजुकेशन स्पोर्ट एण्ड हेल्थ सिटी | 100 | जुनसुकै स्थानमा |
गण्डकी टेक्निकल युनिभर्सिटी | 61 | सुक्लागण्डकी नगरपालिका,तनहुँ |
औद्योगिक पार्क | 80.27 | मोतिपुर,रुपन्देही |
र्आैद्योगिक पार्क | 77.6 | नाबस्ता,बाँके |
विशेष आर्थिक क्षेत्र | 44.86 | सिमरा,बारा |
दमौली बहुउद्देश्य | 55 | गण्डकी प्रदेश |
दोलखा माउन्टेन एकेडमी | 45 | सैुलुख,दोलखा |
ड्रिमल्याण्ड धुलिखेल | 43 | धुलिखेल,काभ्रे |
फिल्मसिटी | 25 | भिमेश्वर,दोलखा |
गौतमबुद्द अन्तराष्ट्रिय प्रसुती हस्पिटल | 39 | लुम्बिनी,रुपन्देही |
जानकी हेरिटेज होटल | 20 | जनपुर,धनुषा |
लक्जरी रिसोर्ट,शे फोक्सुडो | 100 | शे फोक्सुन्डो,हुम्ला |
स्कि रिसोर्ट,मनाङ | 100 | मनाङ |
ताल तलैया थिम पार्क | 41 | इटहरी,सुनसरी |
खप्तड टुरिजम प्रोजेक्ट | 187 | खप्तड |
बिराटनगर क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल | 364 | बिराटनगर,मोरङ |
बस र्यापिट ट्रान्जिट | 149.5 | रिङरोड,काठमाडौं |
धनगढी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल | 258 | धनगढी,कैलाली |
पूर्वपश्चि विद्युतीय रेलमार्ग | 3000 | पूर्वपश्चिम(मेचीबाट महाकाली) |
पब्लिक ट्रान्सपोर्ट | 43 | सुदूरपश्चिम प्रदेशभर |
काठमाडौं,पोखरा,लुम्बिनी रेलमार्ग | 2830 | काठमाडौं,पोखरा,लुम्बिनी |
काठमाडौं भ्याली मेट्रो | 5471.72. | काठमाडौं उृपत्यका |
निजगढ अन्तराष्ट्रिय विमानस्थल | 6565 | बारा |
पब्लिक ट्रान्सपोर्ट(बुद्धिस्ट सर्किट) | 203 | लुम्बिनी,रुपन्देही |
हेटौडा स्मार्ट सिटी | 300 | हेटौडा,मकवानपुर |
फोहरमैला व्यवस्थापन धुलिखेल | 4.3 | धुलिखेल,काभ्रे |
फोहरमैला व्यवस्थापन सिमरा | 8.3 | सिमरा,बारा |
फोहरमैला व्यवस्थापन रत्ननगर | 5.5 | रत्ननगर,चितवन |
फोहरमैला व्यवस्थापन बुटवल | 8.5 | बुटवल,रुपन्देही |
फोहरमैला व्यवस्थापन जनकपुर | 6.4 | जनपुर,धनुषा |
नेपाल अन्तराष्ट्रिय एक्प्सो केन्द | 16 | भक्तपुर |