स्टक डिलरका लागि कोषले थाल्यो सेयर किन्न, अब के हुन्छ बजार ?



काठमाडौं । नागरिक लगानी कोषले सानो सानो बचत परिचालन गर्ने, लगानी विस्तार गर्न सघाउ पुर्याउने, पुँजी बजारको विकासका लागि काम गर्ने गरेको कोषको कार्यकारी निर्देशक रमण नेपालले बताए ।

कोषको भवन शिलान्यास तथा २९ औ वार्षिकोत्सव कार्यक्रममा नेपालले कोष स्थापनादेखि नै निरन्तर नाफामा संचालन हुनु, प्रत्येक बर्ष सहभागी बढाउदै लैजानु र फरक-फरक किसिमका बचत योजनाहरु सञ्चालनमा ल्याउन सक्नु नै कोषको सफलताको आधार भएको बताए । कोषमा अहिले ११ वटा कार्यक्रमहरुबाट ४ हजार आठ सय भन्दा बढी कार्यालयहरुका ६ लाख ३१ हजार ९१९ जना सेवाग्राहीको सहभागीता रहेको बताए ।

कोषले पुँजीबजारको क्षेत्रमा समेत उल्लेख्य रुपमा काम गरिरहेको तथा यसका लागि विभिन्न महत्वाकांक्षी योजनाहरु बनाउदै गरेको उनको भनाई छ । पुँजीबजारलाई गतिशील र प्रभावकारी बनाई स्थायित्व तथा विश्वसनीयता प्रदान गर्नमा कोषले अहम् भूमिका खेल्नुपर्ने आवश्यकता महसुस गरी यसलाई अझ प्रभावकारी भूमीका निर्बाह गर्दै आइरहेको जनाए ।

कोषको स्थापना हुँदा चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँबाट बचत परिचालन र पूँजीबजारको विकास गर्ने उद्देश्य अनुसार कारोबार प्रारम्भ गरेकोमा हाल यसको चुक्ता पूँजी १ अर्ब १० करोड २३ लाख पुगेको उनले जानकारी गराए ।

कोषले आर्थिक वर्ष २०७५-७६ को पौष मसान्तसम्ममा १ खर्ब १७ अर्ब १२ करोड रुपैयाँ बराबर खुद कोष परिचालन गरेको छ भने १ खर्ब १३ अर्व ८४ करोड रुपैयाँ लगानी गरेको बताइएको छ । कोषले विगत बर्षहरुमा समयमा नै लेखापरीक्षण गर्न नसकेको अवस्थामा आव २०७३-७४ को लेखापरीक्षण सम्पन्न गरी गत पुस ६ गते बार्षिक साधारण सभा सम्पन्न गरेको नेपालले बताए ।

कोषले शुरुदेखि नै पूँजीबजार सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको र पुँजी बजारको विकास र विश्वसनीयताका लागि स्टक डिलरको काम गर्ने प्रकृया शुरु भएको भन्दै त्यसका लागि कोषले सेयर बजारमा कारोबार शुरु गरिसकेको समेत नेपालले जानकारी गराए

आव २०७४-७५ को लेखापरीक्षण फागुनमसान्त भित्र सकेर ११ वटा कार्यक्रमको अलग अलग र केन्द्रीय हिसाबको छुट्टै लेखापरीक्षण गरी १२ वटै लेखापरीक्षण प्रतिवेदन महालेखापरीक्षको कार्यालयमा बुझाईएको जानकारी गराए । वित्तीय बजारमा देखिएको लगानीयोग्य रकमको आपूर्तिमा कोषले ठूलो योगदान पु¥याएको छ भने वित्तीय बजारमा व्याजदर स्थिरता तथा पारदर्शीता ल्याउने प्रयास स्वरुप नागरिक लगानी कोष, लगानी नीति, २०७५ लाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको उनको दाबी छ ।

लगानी नीतिमा पूँजीबजारको दीगो विकास र विश्वसनियता अभिवृद्धिका लागि दोस्रो बजार मार्फत सेयर कारोबार समेत पारदर्शी रुपमा कोषले लगानी वृद्धि गरेको नेपालको भनाई छ ।

कोषले शुरुदेखि नै पूँजीबजार सम्बन्धी सेवा उपलब्ध गराउँदै आएको र पुँजी बजारको विकास र विश्वसनीयताका लागि स्टक डिलरको काम गर्ने प्रकृया शुरु भएको भन्दै त्यसका लागि कोषले सेयर बजारमा कारोबार शुरु गरिसकेको समेत नेपालले जानकारी गराए । कोषले आफ्नो क्षमताका आधारमा सरकारले विश्वास गरी योगदानमा आधारित पेन्सन योजना तथा सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गर्न दिएको अवस्था प्रभावकारी रुपमा संचालन गर्न सक्ने विश्वास दिलाए ।


क्लिकमान्डु