जहाज खरिदमा अनियमितता काण्ड: मदन खरेल र सुगत रत्नलाई लेखा समितिले सोध्यो ३८ प्रश्न



काठमाडौं । नेपाल वायु सेवा निगमले २४ अर्ब लगानी गरेर खरिद गरेको २ वटा वाइडबडी जहाजको विषयमा यतिखेर संसदीय समितिहरुका चर्को बहस भइरहेको छ ।

कहिले जहाजको लालपूर्जा नभएको, कहिले कागजात नमिलेको तथा कहिले प्रक्रियामा नै कमजोरी रहेको भन्दै जहजाका विषयमा अनगिन्ती प्रश्न उठेका छन् ।

निगमलाइृ जहाज जरुरी थियो र खरिद गरियो भन्ने प्रश्न पनि उत्तिकै रहेको छ । तर निगमका महाप्रबन्धक सुगतरत्न कसांकार भने प्रक्रिया पुर्याएरै जहाज खरिद गरिएको बताउँदै आएका छन् ।

तर प्रक्रियाका विषयमा भने उनले हालसम्म प्रस्ट पारेका छैनन् । त्यसकारण आशंका उठ्नु पनि स्वभाविक रहेको छ ।

पछिल्लो दिनमा सरकारी स्वामित्वको निगम र निजी क्षेत्रका व्यवसायीबीच एक प्रकारको कर्पोरेट वार नै चलेको छ । जहाजको विषयमा निगमको प्रक्रिया नमिलेको पक्कै पनि हो ।

तर त्यसको नियमन गर्ने निकायको रुपमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले सो बारेमा केही पनि बताएको छैन । तर व्यवसायी र निगमबीचको जुहारी भने सहतमा छैन । यो रुपमा भन्दा पनि सारमा नै बढी देखिन्छ ।

पछिल्लो समय संघीय संसद्को सार्वजकि लेखा समिति र अन्तर्राष्ट्रिय श्रम सम्बन्ध समितिमा बढी यो विषयले चर्चा पाएको छ । लेखा समितिमा पनि जहाज खरिद बारे राम्रै बहस भएको थियो भने श्रम समिति पनि छलफल हुने निकाय भएकाले छलफल हुनु स्वभाविकै नै थियो ।

निगमले केही समय पहिले आर्थिक अवस्थाको बारेमा श्वेतपत्र सार्वजनिक गर्यो । सो विषयलाई लिएर पनि निगम नेतृत्वको चर्को आलोचना भएको छ । पछिल्लो पटक सार्वजनिक लेखा समितिले निगमको जहाज खरिदको विषयमा सरकार र निगमलाई केही प्रश्न सोधेको छसमितिका सदस्यहरूका अनुसार निगमलाई सोधिएका प्रश्नको जवाफ आउने वा नआउनेमा भने दुविधा नै रहेका बताएका छन् । । ती प्रश्न निम्नअनुसार छन् ।

यी हुन लेखाले सोधेका प्रश्न ?

खरिद प्रकृया कानूनसम्मत नभएको बुझिन आएकाले खरिद प्रक्रिया कानुनसम्मत छ भन्ने आधारहरू के के छन ?

खरिद प्रक्रिया सुरु हुँदादेखिका कागजात सबै छन् कि छैनन ? भएका कागजात पेस गरियोस् ।

सार्वजनिक खरिद ऐन र नियमावली पालन गर्न कस्ता प्रक्रिया अनपाइएको छ ?

निगमको विनियमावली मिचिएको छैन भन्ने आधार के छन ?

जहाज पुरानो हैन भन्ने आधार के के छन ?

जहाज भाडामा नल्याएर किनिएको भन्ने आधार के छन ?

जहाज किन्ने प्रकृयामा किन ब्रान्ड नै तोकियो ?

जहाज उडाउने गन्तव्य यकिन नगरी किन जहाज किनियो?

जहाज बिक्रीका लागि कुन कुन कम्पनीले कस्ता कस्ता प्रस्ताव पेस गरेका थिए ?

के आधारमा कम्पनी छनोट गरियो ?

जहाजको दर्ता प्रमाणपत्र छ कि छैन ?

समितिका सभापति भरतकुमार शाहले निगमलाई ३८ वटा प्रश्न सोधिएको बताए । यस्तै सरकारलाई २ वटा प्रश्न सोधिएको छ । पर्यटन मन्त्रालयले मन्त्रालय र निगमसँग विमान खरिदसँग सम्बन्धित जस्तासुकै प्रश्नको जवाफ र तिनलाई पुष्टी गर्ने कागजात भएको बताउँदै आएको छ । तर मन्त्रालयले भने हालसम्म लेखाको पत्र आफूहरुलाई प्राप्त नभएको बताएको छ ।


पुष्प दुलाल