सम्पत्तिको मोहले बदनाम हुँदै कार्ल माक्सको अर्थशास्त्रीय नियम, के गर्ला नेकपाको सरकारले ?
कार्ल माक्स एक प्रसिद्ध अर्थशास्त्री, राजनीतिकज्ञ, साहित्यकार, समाजशास्त्री थिए । उनको जन्म मे ५ १८१८ मा भएको थियो । उनको पारिवारिक अवस्था अत्यन्तै गरिबी थियो । जसकारण उनी आफ्नो श्रीमतीको मृत्युमा समेत समाधि थलमा जान नसेकोको बताइन्छ ।
माक्स आफ्नो जीवनभरी गरिबी, अभाव वर्ग सङ्घर्षका बीचमा सङ्घर्ष गर्दागर्दै विदा भएका थिए । उनी १८औँ शताब्दीपछि वर्तमान समयसम्म पनि लगातार चर्चा र मजदुर आन्दोलन पोत्साहकको रुपमा हरेक श्रमजीवी व्यक्तिको मन मष्तिकमा रहन सफल भएका छन् । उनले आफ्नो जीवनकालमा पुजीँवादी अर्थव्यवस्थाभित्र रहेका नकारात्मक कुराहरुको आलोचना तथा सुधार गर्ने उपाय बताएका थिए । तत्कालीन समयमा रहेका आर्थिक सामाजिक समस्यालाई समाधान गर्ने उपायहरु बताएका थिए ।
माक्सले आफ्नो जीवनमा प्रतिपादन गरेका सिद्दान्तलाई आधार बनाएर आज विश्वमा थुप्रै राजनैतिक पार्टीका नेताहरुले मनग्ये धन कमाएका छन । जुन कार्य माक्सको मान्यता, विचार, भाबनामाथि अपमान हो ।
माक्स युरोपेली समाजवादीहरु चाल्र्स फेरियर, सन्ट साईमन आदिबाट प्रभावित भएर दलित मजदुर भुमीबिहिनप्रति आर्कषित भए । १८औँ शताब्दीको फ्रान्सको सामयबादी परम्पराले माक्सलाई सामयबादी शासन प्रणालीका बारेका अध्ययन गर्न हौसाएको पाईन्छ । केबटको सामयबादबाट प्रभावित भएर उत्पादनको साधनलाई राज्यको नियन्त्रणमा हुनुपर्ने सिद्दान्त प्रतिपादन गरे । थमसन हम्सकिन तथा अन्य ब्रिटिस समाजबादीहरुबाट प्रभावित भएर श्रमलाई मूल्यको निमार्ण गरे ।
माक्सको उद्देश्य समाजलाई बुझ्नुमात्र नभएर विश्वलाई बदल्नु भएकाले यी सिद्दान्तहरु क्रान्ति र निर्माणका लागि गरे माक्र्सबाद भनेको नै क्रान्ति र निमार्णको विज्ञान भएकाले उनका सिद्दान्तले अन्तर्राष्ट्रिय राजनीति, अर्थव्यवस्था, दैनिक जीवन, शिक्षा, स्वास्थ्य, सञ्चार आदिमा सकरात्मक परिवर्तन ल्याएको कुरालाई इतिहासले प्रमाणित गरेको छ ।
नेपालमा नेकपाको सरकारले माक्सका सिद्दान्त अनुसार अघि बढ्छ वा निजी सम्पत्तिको मोहले माक्सको भावनामाथि अपमान गर्छ त्यो भने हेर्न बाँकी नै छ ।
कार्ल माक्सले आफ्नो जीवन अवधिमा प्रतिपादन गरेका मुख्य सिद्धान्तहरु निम्नअनुसार छन्:
द्धन्द्धात्मक भौतिकताबादः
द्धन्द्धात्मक भौतिकबाद माक्सको विचारको मुल आधार हो । माक्सको मत अनुसार सारा संसारका सँधै समस्याहरुमा यथार्थ पद प्रर्दशन हुन्छ । द्धन्द्धात्मक भौतिकवादले वर्तमान कालको मात्र नभएर भविष्यमा समाजमा हुने परिवर्तनको दिशा ज्ञान हुन्छ । द्धन्द्धात्मक भौतिकवाद दुई शब्द मिलेर बनेको छ । यसमा पहिलो शब्द द्धन्द्धात्मक सृष्टिको विकास भईरहेको प्रक्रियालाई स्पष्ट गर्दछ भने अर्को शब्द भौतिकवादलाई यस सृष्टिको मुल तत्वलाई सुचित गर्दछ । जानकारी गराउँदछ ।
द्धन्द्धात्मक भौतिकवाद माक्सको दर्शन हो । माक्स कदर भौतिकवादी थिए । माक्सले संसारमा अस्तित्वमा रहेका प्राकृतिक वस्तु तथा पदार्थलाई नै विश्वास गर्दथे उनका अनुसार आत्मालाई हामी अनुभव गर्न सक्दैनौं । अत: आत्माको हाम्रा लागि कुनै अस्तित्व हुदैन । यसका विपरित माटो, रुख, विरुवा, घर, पहाड आदि वस्तु प्रत्यक्ष देखिन्छ । यी कुरा हाम्रा लागि सर्वथा सत्य हो । त्यसैले आफ्ना विचारको आधार प्रत्यक्ष सुस्पष्ट भौतिक वस्तुलाई बनाउनुपर्दछ । आत्मा ईश्वर जस्ता अस्पष्ट वस्तुको पछाडि लाग्न हुदैन् ।
माक्सले ईश्वरलाई मानवको कल्पनाले जन्माएको मानेका छन् । द्धन्द्धात्मक भौतिकवादीले ईश्वर शक्तिको विश्वास नगरी भौतिक शक्तिको वा सिक्रिय पदार्थको विश्वास गर्दछ । पदार्थ गतिविधि हुन्छ । पदार्थभित्र हुने परस्पर विरोधी तत्वबीचको द्धन्द्धबाट गति पैदा भएर त्यसमा परिवर्तन भएर नयाँ कुराको सृष्टि हुन्छ । विकास हुन्छ । र, यो क्रम निरन्तर चलिरहन्छ भन्ने मुल सिद्दान्त नै द्धन्द्धात्मक विकासको नियम हो । द्धन्द्धात्मक भौतिकवादको व्याख्या माक्र्सले सन् १८४४-४८ समयमा गरेका हुन यिनले यस कुराको व्याख्या नियममा आधारित रहेर गरेका छन् ।
१.विपरित पक्षहरुको एकता,
२.निषेधको नियम,
३.परिमाणबाट गुणमा परिवर्तन,
उल्लेखित नियममा आधारित रहेर उनले आर्दशवादी विचारको कडा आलोचना गर्दै भौतिकवादी विचारको वैज्ञानिक तवरबाट प्रमाणित गरेका थिए ।
राज्यप्रतिको धारणा:
माक्सको राज्य प्रतिको धारणा अन्य राजनीतिक विचारकहरुको भन्दा पूर्णता: भिन्न , व्यवहार तथा युगान्तकारी परिवर्तनका लागि स्पष्ट मार्ग निर्देशन गर्ने स्तरको छ । राज्यलाई उनले एक अस्थायी तत्वको रुपमा मानेर यसको उन्मुलन निश्चित छ भन्ने धारणा राखेका छन् । समाजमा आदिम अवस्था तथा विकसित अवस्थामा राज्य तथा सरकारको अस्तित्व स्वीकार गरेका छैनन् ।
राज्यलाई निजी सम्पत्ति तथा उत्पादनका साधनको फलस्वरुप उत्पन्न र विकास भएको मानी यसलाई पूर्णताः उत्पादनका साधन निजी स्वामित्वमा रहँदैन त्यसबेला राज्य तथा सरकारको समेत अस्तित्व रहने छैन् । जसरी आदिम अवस्थामा निजी सम्पत्ति र उत्पादनको साधन कसैको कब्जामा नभई सामुहिक उपभोगको अवस्थामा राज्यको अस्तित्व थिएन भन्ने उनको धारणा छ ।
पुँजीवादी अर्थतन्त्रमा श्रमिक वर्ग र पुँजीपती वर्ग रहने , पुँजीपती वर्गले गलत किसिमले उपयोग गरी अतिरिक्त साधनको उत्पादन गरी सो उत्पादन बिक्रीबाट प्राप्त रकम वास्तविक श्रमिक वर्गलाई नदिइ आफुहरुले उपभोग गरी रमाउने प्रवृत्तिलाई अतिरिक्त मूल्य सिद्दान्त मानेका छन ।
माक्सको राज्यसम्बन्धि विचार वर्ग संङ्घर्ष सम्बन्धि छ । र, यसै वर्ग संङ्घर्ष सिद्दान्तमा आधारित छ । राज्यले कहिल्यै पनि शोषित वर्गको हितलाई हेर्दैन । र, शोषण गर्नका लागि सहयोग पुर्याउँछ । त्यसैले राज्यसत्तालाई ध्वस्त गर्दा नै श्रमजिवी वर्गको हित हुन्छ भन्ने दृष्टिकोण माक्र्सवादको रहेको देखिन्छ ।
माक्सले पुँजीवादी अर्थ व्यवस्थाले श्रमजिवी वर्गलाई अत्याधिक मात्रामा शोषण गर्ने त्यसै समयमा श्रमिक वर्गका बीचमा एकता कायम हुने र त्यो एकताले सङ्घर्ष गर्ने र सोही सङ्घर्षका माध्यमबाट पुँजीवादी राज्यको अन्त्य भई सर्वहारा, श्रमजिवी, दुःखी, पीडित नागरिकले सन्तोषजनक तथा सम्मानजनक जीवन निर्वाह गर्न पाउने कुरालाई राज्य सम्बन्धिको आफ्नो धारणामा बताएका छन् ।
अतः उनको राज्य सम्बन्धि धारणाले विश्व राजनीतिक अर्थव्यवस्था शोषित । पिडित, श्रमिक तथा मजदुरको पक्षमा स्पष्ट धारणा राखेर एकातर्फ साम्यवादी समाजको विकासमा जोड दिईएको छ भने अर्कातर्फ पुजीँवादी अर्थव्यवस्थाका कम्पनीहरुलाई समेत औल्याएर तिनलाई आफ्ना गल्ती सुधार्ने मौका दिइएको छ ।
इतिहासको भौतिकवादी व्याख्या
माक्सले इतिहासको भौतिकवादी विश्लेषण गर्दा आर्दशवादी धारणाहरुलाई तिरस्कार गरेका छन । उनी भौतिकवादी दर्शनका प्रवर्तक हुन भने आदर्शवादका घोर विरोधी हुन उनका अनुसार हरेक वस्तुलाई अलग अलग र समग्रमा अध्ययन गरिनु पर्दछ ।
इतिहासको भौतिकवादी विश्लेषणले के बताएको छ भने सबै ऐतिहासिक घटनाहरु समाजमा विद्यमान बिभिन्न वर्ग समूहहरुबिचको हार्थिक संघर्षका उपजहरु हुन् समाजमा दुई वर्गहरु हुन्छन्ः प्रथम उत्पादनका साधनहरु प्रशस्त मात्रामा भएका वर्ग र दोस्रो कुनै पनि उत्पादनका साधनहरु नभएका वर्ग । समाजमा भएका यी दुई वर्गहरुको बीचमा उत्पादनको विधि र उत्पादनको सम्बन्धका लागी वर्ग संघर्ष भइनै रहन्छ ।
उत्पादन बिधिले समाजमा उत्पादनको निर्दिष्ट व्यवस्थापनलाई जनाउने गर्छ भने उत्पादन सम्बन्धले समाजको वर्ग संरचनालाई जनाउने गर्छ र यी दुईका बीचमा संघर्ष हुदाँ नयाँ इतिहासको निमार्ण हुन्छ भन्ने विचारलाई नै इतिहासको भौतिकवादी व्याख्या भनिन्छ । इतिहासको भौतिकवादी व्याख्याले आर्थिक संघर्षका कारण नयाँ इतिहास निमार्ण हुने र यसले विगत ,वर्तमान तथा भविष्यका बारेमा समेत ठोस आधार बताउने कुरामा माक्सको जोड छ ।
उनले इतिहासको भौतिकवादी व्याख्या गर्ने समयमा समाज विकासको चरणलाई निम्न भागमा बिभाजन गरी अध्ययन गरेका थिए:
१ आदिम साम्यवाद
२ सामन्तवाद
३ पुँजीवाद
४ समाजवाद
५ साम्यवाद
अतिरिक्त मूल्य
माक्सले आर्थिक विकासको क्रममा पुँजीवादी अर्थतन्त्र अन्तर्गत अतिरिक्त मूल्यको सिद्दान्तलाई महत्वपूर्ण तत्वका रुपमा लिएका छन् । यो नै वर्ग संघर्षको कारण हो । उनले पुँजीवादी अर्थतन्त्रमा श्रमिक वर्ग र पुँजीपती वर्ग रहने , पुँजीपती वर्गले गलत किसिमले उपयोग गरी अतिरिक्त साधनको उत्पादन गरी सो उत्पादन बिक्रीबाट प्राप्त रकम वास्तविक श्रमिक वर्गलाई नदिइ आफुहरुले उपभोग गरी रमाउने प्रवृत्तिलाई अतिरिक्त मूल्य सिद्दान्त मानेका छन ।
यसलाई प्रष्ट पार्ने उनको उदाहरणमा भनिएकोछ: मानौ कुनै उद्योगमा श्रमिकले १० घण्टाको दैनिक कार्य गर्दछ । तर त्यसमध्ये ६ घण्टाको कामको मूल्य उत्पादन बराबरको मूल्यले उसको जीवन निर्वाह हुन्छ । त्यही ६ घण्टाको कामको मूल्य बरबरको मात्र मूल्य पाउँदछ । र, बाँकी ४ घण्टाको श्रम शक्तिको मूल्य पुँजीपतीले जफत गरेको हुन्छ, यही ४ घण्टाको ज्याला नै श्रमको अतिरिक्त मूल्य हो ।
राज्यप्रतिको धारणा
माक्सको राज्यप्रतिको धारणा अन्य राजनीतिक विचारको भन्दा पूर्णत: भिन्न व्यवहारिक तथा युगान्तकारी परिवर्तनका लागी स्पष्ट मार्ग निर्देशन गर्ने स्तरको छ । राज्यलाई उनले एक अस्थायी तत्वको रुपमा मानेर यसको उन्मुलन निश्चित छ भन्ने धारणा राखेका छन् ।
आदिम समाजमा र विमेकसित अवस्थामा राज्य तथा सरकारको अस्तित्व स्विकार गरेका छैनन् राज्यलाई नीजी सम्पत्ति तथा उत्पादनका साधनको फलस्वरुप उत्पन्न र विकास भएको मानी यसलाई पूर्णतः उत्पादनको साधनको निजी स्वामित्वको स्वरुप साध्यमा राखेर हेरेका छन् ।
जब उत्पादनका साधन निजी स्वामित्वमा रहदैन त्यसबेला राज्य तथा सरकारको समेत अस्तित्व रहने छैन, जसरी आदिम अवस्थामा निजी सम्पती र उत्पादनको साधन कसैको कब्जामा नरही सामुहिक उपयोगको अवस्थामा राज्यको अस्तित्व थिएन भन्ने उनको धारणा छ ।
यसरी माक्स आफ्नो जीवनमा माथि उल्लेख गरिएका सिद्दान्तका अलवा थुप्रै सिद्दान्त विकास गरेका छन । जसलाई आधार बनाएर आज विश्वका थुप्रै राजनैतिक पार्टीका नेताहरुले थुप्रै धन कमाएका छन । जुन कार्य उनका मान्यता, विचार, भाबना, सपनामाथि अपमान तथा बढ्दो निजी सम्पत्तिप्रतिको मोह हो ।
अहिले नेपालमा पनि कम्यिुनिष्टको सरकार छ । माक्स र माओका बिचारलाई आत्मसाथ गर्ने नेकपा एमाले र नेकपा माओवादी एकिकरण भए नेकपाका नामबाट राजनीति गरिरहेका छन् । चुनावी गणितीय हिसाबमा पनि नेकपाले करिब दुईतिहाई जनताको मत पाएको छ ।
तर, नेकपाको सरकारले माक्सका सिद्दान्त अनुसार अघि बढ्छ वा निजी सम्पत्तिको मोहले माक्सको भावनामाथि अपमान गर्छ त्यो भने हेर्न बाँकी नै छ । (लेखक भूषाल आर्थिक अनुसन्धान केन्द्रका संस्थापक अध्यक्ष हुन् ।)