सानिमा बैंकमा खाता खोलेर देश-विदेशबाट यसरी गर्नुहोस् सेयर किनबेच



काठमाडौं । नेपालको सेयर बजारको बारेमा लगानीकर्ताको चासो दिनानुदिन बढ्दो छ । तर, सेयर खरिद गर्ने अन्यौलतामा अझैपनि धेरै लगानीकर्ताहरु छन् ।

झनै दोस्रो बजारमा न्यूनतम कित्ता सेयर खरिद र बिक्री गर्नको लागि ब्रोक्ररबाट सहयोग नभएको गुनासो साना लगानीकर्ताको हुने गरेको छ ।

सेयरको कारोबारको दायरा निकै नै फराकिलो बनेको छ । सेयर बजारमा अनलाइन प्रणाली लागु भएको छ । यद्यपि व्यवहारिक रुपमा पूर्णअनलाइन भने लागु भएको छैन ।

लगानीकर्तालाई ब्रोक्ररमा जानु पर्ने झन्झटबाट मुक्त राख्न सानिमा बैंकले नयाँ प्रोडक्ट ल्याएको छ । हालैमात्र बैंकले ‘थ्री इन वान’ नाम गरेको नयाँ योजना सञ्चालनमा ल्याएको हो । सानिमा बैंकमा ‘थ्री इन वान’ खाता खाता खोलेपछि सेयर खरिदबिक्रीका लागि ब्रोक्ररमा जानुपर्ने काम लगानीकर्ताले गर्नु पर्दैन ।

पहिलो पटक नेपालमा यस्तो सुविधा सानिमाले भित्राएको बैंकको दाबी छ ।

सानिमा बैंक र सानिमा क्यापिटलले सयुक्त रुपमा दोस्रो बजारमा सेयर खरिदबिक्रीका लागि यो खाता संचालनमा ल्याएका हुन् । थ्री वन खाता अन्तर्गत बचत खाता,लगानी खाता र डिम्याट खाता हुने छन् ।

खाता खोल्नका लागि बैंकको वेवसाइटमा गएर थ्री इन वनमा क्लिक गरेर आवश्यक विवरण भर्नुपर्ने हुन्छ ।

सानिमा बैैंकका चिफ डिपोजिट अफिसर बबीसिंह गर्तौला सेयर लगानीकर्तालाई ब्रोक्ररकोमा जानु नपर्ने सुविधा थ्री इन वन खाता खोलेपछि पाउने बताउँछन् ।

‘भारतमा बैंकहरुले यस्तो खालको खाता संचालन गरेर सेयरबिक्रीमा सुविधा पुर्याएको देखेपछि सानिमा क्यापिटलको सहकार्यमा हामीले यस्तो स्कीम लिएर आएको हो,’ गर्तौलाले क्लिकमाण्डूसँग भने ।

इन्टरनेट बैकिङ मार्फत ग्राहक आफैले सानिमा बैंकको वेवसाइटमा गएर सेयर खरिदबिक्रीको आदेश दिन सक्नेछन् । यसको जानकारी बैंकले मोबाइल एसएमएस र इमेल मार्फत दिने छ ।

बैंकले एक वर्षदेखि तयारी गरेर यो खाता सञ्चालनमा ल्याएको हो ।

‘सेयर लगानीकर्ताले सहज रुपमा सेयर खरिदबिक्री ब्रोक्ररको कार्यालयमा नगएर नै इन्टरनेटको माध्यमबाट गर्नको लागि हामीले यो खाता संचालनमा ल्याएको हो,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने ।

धेरैलाई लाग्न सक्छ सेयर खरिदबिक्री ब्रोक्ररले मात्र गर्ने हो ।

बैंकलाई सेयर ब्रोक्रर लाइसेन्स दिने भनेर मौद्रिक नीतिमा भनिए पनि यो व्यवस्था कार्यान्वयन भएको छैन । बैंकमा खाता खोल्दैमा कसरी सेयर खरिदबिक्री गर्न सकिन्छ ?

यो प्रश्नको जवाफ दिँदै सानिमा बैंकका चिफ डिपोजिट अफिसर गर्तौलाले भन्छन् –‘सेयर खरिदबिक्री ब्रोक्रर मार्फत नै हुने हो,लगानीकर्ताले हाम्रो सिस्टममा साढे २ देखि ६ बजे बाहेक अन्य समयमा अर्डर दिन्छन्, त्यो अर्डर ब्रोक्ररकोमा क्यापिटलले लगेर सेयर खरिदबिक्री हुन्छ ।’

बैंकमा थ्रीन इन वन खाता खोल्नको लागि आवेदन दिएपछि इमेलमा आवेदन प्राप्त भएको जानकारी प्राप्त हुने छ । बैंकले खाता खोलिदिएपछि बचत खाताको विवरण ग्राहकले दिएको इमेलमा प्राप्त हुन्छ ।

त्यसपछि मात्र ग्राहक बैंकमा केवाईसी फाराम भर्नुपर्ने हुन्छ । त्यसपछि ग्राहकको डिम्याटन खाता इमेल मार्फत प्राप्त गर्न सक्नेछन् ।

इन्टरनेट बैकिङ मार्फत ग्राहक आफैले सानिमा बैंकको वेवसाइटमा गएर सेयर खरिदबिक्रीको आदेश दिन सक्नेछन् । यसको जानकारी बैंकले मोबाइल एसएमएस र इमेल मार्फत दिने छ ।

त्यो अर्डर सानिमा क्यापिटलको जाने छ । सानिमा क्यापिटलले ब्रोक्ररलाई अर्डर दिने छ । सेयर कारोबार राफसाफ एक कार्यदिनमा पूर्ण संचालिन भएर हुने छ । सेयर खरिदबिक्रीको कारोबार भएपछि खरिदको हकमा पाच्दिनमा ग्राहकको डिम्याट खातामा सेयर जम्मा हुने छ भने बिक्रीको हकमा पनि पाचौं दिनमा पैसा जम्मे हुने छ ।

यदि कारोबार सफल नभएमा अर्डर प्लेस गरेको दिन ग्राहकको बचत खातामा रकम फिर्ता हुने व्यवस्था यो प्रणालीमा छ ।

यसमा बैंकले कुनैपनि सेवा शुल्क लिने छैन । सेयर खरिदको लागि आवश्यक रकम जम्मा गर्नुपर्ने काम लगानीकर्ताको हो । ब्रोक्ररले लिने सेवा शुल्क बाहेक सानिमा क्यापिटलले सेवा शुल्क लिने छ ।

‘यो खाता संचालनमा ल्याएको एक हप्तामा धेरै ठाउँमा राम्रो प्रतिक्रिया आएको छ, अझै विदेशमा रोजगारीमा जानेहरुको चासो बढी छ,’ गर्तौैलाले भने ।

गैर आवासीय नेपाली (एनआरएन)ले प्रवद्र्धन गरेको बैंकले एनआरएनलाई सेयर खरिदबिक्रीको लागि दिने सुविधा ल्याएको प्रतिक्रिया विदेशबाट बस्ने नेपालीले दिएको उनी बताउँछन् ।

‘यो सेवा लिएपछि सेयर खरिदबिक्रीको अर्डर दिएपछि बाँकी काम सानिमा क्यापिटलले गर्छ, केवल ग्राहकले अर्डर जहाबाट दिएपनि हुन्छ,’ उनले भने ।


पुष्प दुलाल