नेपालमा आएको विदेशी लगानीः अंग्रेजी सिकाउदै चिनियाँ, संस्कृत सिकाउदै अमेरिकी र संगित सिकाउदै पोल्याण्ड




काठमाडौं । गत आर्थिक बर्षमा ५५ अर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिवद्धता आएको छ । ३९५ परियोजनामा १३ हजार ८२८ जनाले रोजगारी पाउने गरी ५५ अर्ब ६४ करोड रुपपैयाँभन्दा बढीको विदेशी लगानीको प्रतिवद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।

यी उद्योगमध्ये कृषिजन्य क्षेत्रका परियोजना २० वटा छन् । यस्ता परियोजनामा १ अर्ब ९३ करोड रुपैयाँ लगानी हुने र ६२४ जनाले रोजगारी पाउने बताइएको छ ।

यस्तै उर्जा क्षेत्रमा ६ परियोजनाको लागि ३६ अर्ब २५ करोड रुपैयाँ विदेशी लगानी आउने प्रतिवद्धता छ । यस्ता परियोजनामा ६७४ जनाले रोजगारी पाउने भनिएको छ ।

सुचना प्रविधि क्षेत्रमा २६ परियोजना संचालन गर्न ५३ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिवद्धता विदेशी लगानीकर्ताले गरेका छन् । यस्ता परियोजनामा ७८८ जनाले रोजगारी पाउने भनिएको छ ।

उत्पादनशील क्षेत्रमा ६६ परियोजना संचालन गर्ने र त्यस्ता परियोजनाको लागि ६ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिवद्धता विदेशी लगानीकर्ताको छ । यस्ता परियोजनामा ३ हजार ४८३ जनाले रोजगारी पाउने भनिएको छ ।

खनिज क्षेत्रमा ३ वटा परियोजना मार्फत ३ अर्ब ८० करोड रुपैयाँ लगानी गर्ने विदेशी लगानीकर्ताको प्रतिवद्धता छ । यस्ता परियोजनाले ५१० जनालाई रोजगारी दिने भनिएको छ ।

सेवा क्षेत्रमा ११८ परियोजना मार्फत २ अर्ब २३ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता विदेशी लगानीकर्ताको छ । यस्ता परियोजनामा ३ हजार ७९७ जनाले रोजगारी पाउने भनिएको छ ।

गत आर्थिक बर्षमा सबैभन्दा धेरे परियोजना पर्यटन क्षेत्रमा आएका छन् । पर्यटन क्षेत्रमा १५६ परियोजना मार्फत ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको लगानी गर्ने प्रतिवद्धता विदेशी लगानीकर्ताको छ । यस्ता परियोजना मार्फत ३ हजार ९५२ जनाले रोजगारी पाउने भनिएको छ ।

विदेशीको आकर्षण पनि एसएमइ नै
सरकारले साना तथा मझौला ब्यवसाय (एसएमइ) को विकासका लागि प्रोत्साहन दिने नीति लिएको छ । यस्ता एसएमइले रोजागरी सिर्जना गर्न सके झन् राम्रो हुने र त्यो नभएपनि स्वरोजगार बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ । त्यसैले सरकारले नेपाली नागरिकको लागि एसएमइ विकास गर्न प्रोत्साहनमुलक कार्यक्रम पनि संचालन गरिरहेको छ ।

विदेशी लगानीकर्ताले पनि एसएमइमा नै बढी जोड दिएका तथ्यांकले देखाएको छ । उद्योग विभागको तथ्यांक अनुसार गत आर्थिक बर्षमा आएको ३९५ वटा परियोजनाको लागि लगानी प्रतिवद्धतामा ३७४ वटा साना, ६ वटा मझौला र १५ वटा मात्रै ठूला परियोजना छन् ।

यस्तो क्षेत्रमा पनि विदेशी लगानी
नेपालमा संस्कृत, नेपाली र हिन्दी भाषा सिकाउन शतप्रतिशत अमेरिकी लगानीमा ५ करोड १० लाख रुपैयाँ लगानीमा इन्स्टिच्युट खुलेको छ । झापामा खुलेको श्री महर्षि बैदिक इन्स्टिच्युटले बार्षिक ३ हजार जनालाई संस्कृत, २ हजारलाई नेपाली र १ हजार जनालाई हिन्दी भाषा सिकाउने भनिएको छ । यो इन्स्टिच्युटमा ७५ जनाले रोजगारी पाउने भनिएको छ ।

पोल्याण्डका नागरिक लुकस माइकलले ललितपूरमा बार्षिक २५० जनालाई संगित सिकाउन लिटर पियानो इन्स्टिच्युट खोलेका छन् । ५० लाख रुपैयाँको लगानीमा खुलेको यो इन्स्टिच्युटमा १५ जनाले रोजगारी पाउने भनिएको छ ।

नेपालमा संस्कृत, नेपाली र हिन्दी भाषा सिकाउन शतप्रतिशत अमेरिकी लगानीमा ५ करोड १० लाख रुपैयाँ लगानीमा इन्स्टिच्युट खुलेको छ । झापामा खुलेको श्री महर्षि बैदिक इन्स्टिच्युटले बार्षिक ३ हजार जनालाई संस्कृत, २ हजारलाई नेपाली र १ हजार जनालाई हिन्दी भाषा सिकाउने भनिएको छ ।

नेपालमा संगित सिकाउनकै लागि कोरियाली लगानी पनि आएको छ । दक्षिण कोरियाली नागरिक जुङ झि हङले संगित सम्बन्धी तालिम दिन भन्दै ललितपूरमा हङ म्युजिक सेन्टर स्थापना गरेका छन् । यो सेन्टरमा ५० लाख रुपैयाँ लगानी गर्ने भनिएको छ भने त्यसमा २१ जनाले रोजगारी पाउने भनिएको छ ।

शतप्रतिशत अमेरिकी लगानीमा नेपाली भाषा सिकाउने ट्रेनिङ सेन्टर पनि खुलेको छ । अमेरिकी कम्पनी इभेन्सन विजिनेस भेन्चर्सले १ करोड रुपैयाँ लगानीमा ललितपूरमा ब्यांगर्ड ल्यांग्वेज एण्ड ट्रेनिङ सेन्टर प्रालि खोलेको छ । यो प्रालिमा अंग्रेजी, नेपाली, कोरियन, जापानिज, स्पेनिस र चिनियाँ भाषा सिकाउने र भनिएको छ । यो सेन्टरले ३० जनालाई रोजगारी दिने भनिएको छ ।

नेपालको होमस्टेमा पनि विदेशी लगानी आएको छ । नेदरल्याण्डका नागरिक सोन्जा रस्टिकसको ९६.१५ प्रतिशत र नेपाली नागरिक बुद्धिराम दर्लामी मगरको ३.८५ प्रतिशत लगानीमा बर्दियामा बर्दिया होमस्टे प्रालि स्थापना भएको हो । यो होमस्टेमा ४९ लाख रुपैयाँ नेदरल्याण्डका नागरिकले गर्ने भनिएको छ ।

चिनियाँ नागरिक पेङ विइले अंग्रेजी र चिनियाँ भाषा सिकाउन भन्दै काठमाडौमा इमेरा ल्यांग्वेज ट्रेनिङ सेन्टर खोलेका छन् । उनको शतप्रतिशत लगानी रहेको सो सेन्टरमा ५० लाख रुपैयाँ लगानी गर्ने भनिएको छ भने १७ जनाले रोजगारी पाउने भनिएको छ । उनको सेन्टरले बार्षिक १५० जनालाई अंग्रेजी र त्यति नै संख्याकालाई चिनियाँ भाषा सिकाउने भनिएको छ । रसियन नागरिक इभान प्रोकोपोभिचले सफ्टवयर डेभलपमेन्ट गर्ने भन्दै ५० लाख रुपैयाँ लगानी गरेर काठमाडौंमा एक्स्पर्ट प्रोजेक्ट प्रालि खोलेका छन् । उनको प्रालिले १९ जनालाई रोजगारी दिने भनिएको छ ।

पोल्याण्डका नागरिक लुकस माइकलले ललितपूरमा बार्षिक २५० जनालाई संगित सिकाउन लिटर पियानो इन्स्टिच्युट खोलेका छन् । ५० लाख रुपैयाँको लगानीमा खुलेको यो इन्स्टिच्युटमा १५ जनाले रोजगारी पाउने भनिएको छ ।

गत आर्थिक बर्षको साउन ६ गते बार्षिक ९८ हजार वटा मोबाइल फोन मर्मत संभार गर्ने भन्दै सिंगापूरको इनोटेल पीटीइ लिमिटेडले उद्योग विभागबाट स्वीकृति लियो । सो कम्पनीले १ करोड रुपैयाँ लगानी गर्ने र २५ जनालाई रोजगारी दिने बताएको छ । यो कम्पनीमा नेपाली लगानीकर्ता सहभागी भएका छैनन् । अर्थात शतप्रतिशत सिंगापूरे कम्पनीको लगानी छ ।

यस्तै काभ्रेमा तरकारी, फलफूल तथा लाइभस्टक खेती गर्ने भन्दै गत बर्ष नै बंगलादेशी नागरिक मोहम्मद मोस्ताफिजुर रहमानले एफएनएफ एग्रिकल्चर प्रालि स्थापना गर्ने स्वीकृति विभागबाट लिए । उनले ५० लाख रुपैयाँ लगानी गर्ने र १८ जनाले रोजगारी पाउने बताएका छन् । यो कम्पनीमा पनि नेपालीको लगानी छैन ।

चिनियाँ मूलका लिउ योङले ५० लाख रुपैयाँ लगानीमा काठमाडौंमा काइनेटिक सफ्टवयर डेभलपमेन्ट सर्भिस प्रालि स्थापना गरे । शतप्रतिशत उनकै लगानी रहेको यो कम्पनीले १४ जनालाई रोजगारी दिने भनिएको छ ।

यस्तै जर्मनीका नागरिक फ्रान्जिस्का विङ्गान्डले भक्तपूरमा फ्रान्जिस्का टिचिङ सेन्टर खोले । शतप्रतिशत उनको लगानी रहेको यो सेन्टरमा ५० लाख रुपैयाँ लगानी हुने र २० जनाले रोजगारी पाउने भनियो । उनको यो सेन्टरले अंग्रेजी भाषा सिकाउने भनिएको छ ।

नेपालको होमस्टेमा पनि विदेशी लगानी आएको छ । नेदरल्याण्डका नागरिक सोन्जा रस्टिकसको ९६.१५ प्रतिशत र नेपाली नागरिक बुद्धिराम दर्लामी मगरको ३.८५ प्रतिशत लगानीमा बर्दियामा बर्दिया होमस्टे प्रालि स्थापना भएको हो ।

अमेरिकी नागरिक ग्रेगरी रेनहार्डले बार्षिक ५१ टन तरकारी, १८ टन फलफूल र १६ टन हर्बल उत्पादन गर्ने भन्दै भक्तपूरमा गणेश हेयलिङ गार्डेन स्थापना गरेका छन् । उनको शतप्रतिशत लगानी रहेको यो गार्डनमा ५० लाख रुपैयाँ लगानी गरिएको छ भने २४ जनाले रोजगारी पाउने भनिएको छ ।

यस्तै पोल्याण्डका नागरिक माज्दा जङगोस्काले वेबसाइट तथा ग्राफिक डिजाइनिङ तथा डेभलपमेन्ट गर्ने गरी काठमाडौंमै ५० लाख रुपैयाँ लगानीमा माज्दा जंग फोटोग्राफी प्रालि स्थापना गरेका छन् । यसबाट उनले १३ जनालाई रोजगारी दिने भनेका छन् ।

मलेसियन नागरिक मन्जित सिंह र कर्णाल सिंहले अरविक, कोरियन, अंग्रेजी र पन्जाबी भाषा सिकाउने ट्रेनिङ सेन्टर स्थापनाको स्वीकृति लिएका छन् । उनीहरुको सेन्टरमा ३ करोड रुपैयाँ लगानी छ भने सो सेन्टरमा १८ जनाले रोजगारी पाउने भनिएको छ ।


क्लिकमान्डु