कुन बैंकबाट ऋण लिनु भएको छ,यी बैंकको बेसरेट घट्यो ब्याजदर घटाउन भन्नुहोस्



काठमाडौं । वाणिज्य बैंकहरुको असोज मसान्तको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक भइसकेको छ ।

सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले मात्र आफ्नो विवरण सार्वजनिक गरेको छैन । प्रकाशित भएको विवरण अनुसार बैंकहरुलाई ऋण दिनको लागि चाहिने रकमको भने ठूलो अभाव भएको देखिएको छ ।

विवरणले धेरै बैंकको असार मसान्तको तुलनामा असोज मसान्तमा कर्जाको न्यूनतम आधार दर(बेसरेट) भने घटेको देखिएको छ । तर,असार मसान्तमा नै बेसरेट कम भएका वाणिज्य बैंकहरु नबिल,स्टाण्डर्ट चाटर्डजस्ता बैंकको आधार दर बढेको छ ।

यो पटक सबैभन्दा बढी बेसरेट प्रभु बैंकको घटेको छ । असार मसान्तमा १०.६२ प्रतिशत रहेको प्रभुको बेसरेट असोज मसान्तमा ९.५ प्रतिशतमा घटेको छ ।

यो पटक बेसरेट घटेपनि उपभोक्तालाई भने ठूलो लाभ छैन । मुख्य गरेर ऋण दिन नसक्ने अवस्थामा सबैजसो बैंक पुगेको हुनाले घटेको बेसरेटको लाभ ऋणीले उठाउन पाउने छैनन् ।

पहिलेजस्तै यो पटक पनि सबैभन्दा कम बेसरेट पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको नै । वाणिज्य बैंकको बेसरेट ६.२ प्रतिशत छ । यसपछि नेपाल बैंकको बेसरेट ७.५ प्रतिशत छ ।

असारभन्दा बेसरेट बढेपनि कम हुनेमा नबिल तेस्रो स्थानमा रहेको छ । नबिलको बेसरेट ८.०६ प्रतिशत छ । स्टाण्डर्ट चाटर्डको बेसरेट ८.१ प्रतिशतको छ ।
सबैभन्दा बढी बेसरेट कृषि विकास बैंकको १२.३२ प्रतिशत छ ।

Bank 2075 asoj 2075 asar
RBB 6.20% 6.20%
 Nepal Bank 7.5% 7.03%
Nabil 8.06% 7.78%
 Standard Chartered 8.1% 7.87%
 Everest 8.8% 8.45%
Nepal Investment 9.03% 9.02%
Himalayan 9.22% 9.66%
 Prabhu 9.5% 10.62%
Prime 10.39% 10.47%
Nepal SBI 10.43% 10.12%
Mega 10.55% 11.38%
Sanima 10.55% 10.66%
 Global IME 10.6% 10.55%
 Siddhartha 10.6% 11.16%
Bank of Kathmandu 10.62% 10.67%
NMB 10.68% 10.70%
NIC Asia 10.77% 11.16%
Nepal Bangladesh 10.84% 11.65%
Sunrise 10.97% 11.39%
Civil 10.98% 11.84%
 Kumari 11.1% 11.60%
 Machhapuchchre 11.2% 11.06%
Janata 11.22% 11.60%
Nepal Credit & Commerce 11.45% 11.92%
 Citizens 11.5% 11.78%
Century 11.51% 12.08%
Agriculture Dev 12.32% 11.73%


क्लिकमान्डु