३ महिनामा ९० करोडको भाइमसला आयात, गतवर्ष भन्दा २५ करोडले कमी




काठमाडौं । तिहारमा भाइटीकाको विशेष महत्व हुन्छ । भाइटीका चाहिने भाइ मसला भनेर सुख्खा नरिवल, ओखर, काजु, देशी बदाम, सुपाडी, पेस्ता, किममिस, ल्वाङ, सुकुमेल र छोकडा आदिलाई भनिन्छ ।

यी सामाग्री प्रायः भारतबाट आयात हुन्छ । अरु समयमा भन्दा बढी तिहारका बेला यी सामाग्रीको माग बजारमा बढी हुन्छ र उपभोक्ताले पनि बढी नै खरिद गर्छन् ।

भाइमसला अन्तरगत पर्ने यी सामाग्री चालु आर्थिक वर्षको ३ महिनामा झण्डै ९० करोड रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । गतवर्षको ३ महिनामा भने करिब १ अर्ब १५ करोडको आयात भएको देखिन्छ ।

कुन सामाग्री कति रुपैयाँको आयात भए त ? भन्सार विभागको तथ्याङ्गले यस्तो देखाउँछ

सुख्खा नरिवल
चालु आर्थिक वर्षको ३ महिनामा २३ करोड ७८ लाख ८९ हजार रुपैयाँ बराबरको सुख्खा नरिवल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा ४० करोड ६१ लाख २८ हजार रुपैयाँ बराबरको सुख्खा नरिवल आयात भएको थियो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा १९ करोड ३३ लाख ७५ हजार रुपैयाँ बराबरको सुखा नरिवल आयात भएको थियो ।

काजु
चालु आर्थिक वर्षको ३ महिनामा २७ करोड ८४ लाख १० हजार रुपैयाँ बराबरको काजु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षमा ६० करोड ५५ लाख १५ हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा २७ करोड ७० लाख ८६ हजार रुपैयाँ बराबरको काजु आयात भएको थियो ।

देशी बदाम
चालु आर्थिक वर्षको ३ महिनामा १३ करोड ८६ लाख ६४ हजार रुपैयाँ बराबरको देशी बदाम आयात भएको छ ।

गत आर्थिक वर्षमा देशी बदाम ४१ करोड ४० लाख २६ हजार रुपैयाँ बराबरको आयात भएको थियो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २३ करोड १५ लाख २२ हजार रुपैयाँ बराबरबो देशी बदाम आायत भएको थियो ।

ओखर
चालु आर्थिक वर्षको ३ महिनामा ५ करोड ४९ लाख ६० हजार रुपैयाँ बराबरको ओखर आयात भएको छ । गत आर्थिक वर्षमा १४ करोड ४२ लाख ५ हजार रुपैयाँ बराबरको ओखर आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको ३ महिनामा ९ करोड ३० हजार ९६ हजार रुपैयाँ बराबरको ओखर आयात भएको थियो ।

सुपारी
चालु आर्थिक वर्षको ३ महिनामा २ करोड ४९ लाख ३० हजार रुपैयाँ बराबरको सुपारी आयात भएको छ । गत आर्थिक वर्षमा ५० करोड रुपैयाँ बराबरको सुपारी आयात भएको थियो ।

गत आर्थिक वर्षको ३ महिनामा भने १२ करोड १४ लाख १४ हजार रुपैयाँ बराबरको सुपारी आयात भएको थियो ।

पेस्ता
चालु आर्थिक वर्षको ३ महिनामा ३३ लाख १९ हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको छ । गत आर्थिक वर्ष ७ करोड ८७ लाख ६ हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको थियो ।

गत आर्थिक वर्षको ३ महिनामा भने ७ करोड ३४ लाख ३९ हजार रुपैयाँ बराबरको पेस्ता आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

किसमिस
चालु आर्थिक वर्षको ३ महिनामा ५ करोड ६५ लाख ५३ हजार रुपैयाँको किसमिस आयात भएको छ । गत आर्थिक वर्षको ३ महिनामा ३ करोड ९३ लाख ७९ हजार रुपैयाँ बराबरको किसमिस आयात भएको भन्सार विभागको तथयांकले देखाएको छ ।

गत आर्थिक वर्षमा कुल ९ करोड २८ लाख ९८ हजार रुपैयाँ बराबरको किसमिस आयात भएको थियो ।

ल्वाङ
चालु आर्थिक वर्षको ३ महिनामा ३ करोड ७३ लाख ३८ हजार रुपैयाँ बराबरको ल्वाङ आयात भएको छ । गत आर्थिक वर्षको ३ महिनामा भने १ करोड ४ लाख ६४ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षमा कुल ११ करोड ५९ लाख ९० हजार रुपैयाँ बराबरको ल्वाङ आयात भएको थियो ।

सुकुमेल
चालु आर्थिक वर्षको ३ महिनामा २ करोड ४४ लाख ५२ हजार रुपैयाँ बराबरको सुकुमेल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत आर्थिक वर्षको ३ महिनामा भने ६ करोड ५१ लाख ११ हजार रुपैयाँ बराबरको सुकुमेल आयात भएको थियो । गत आर्थिक वर्षमा कुल १२ करोड ४६ लाख ४९ हजार रुपैयाँ बराबरको सुकुमेल आयात भएको थियो ।

छोकडा
चालु आर्थिक वर्षको ३ महिनामा ७ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको छोकडा आयात भएको छ । गत अािर्थक वर्षको पहिलो ३ महिनामा भने ४ करोड ८६ लाख २० हजार रुपैयाँ बराबरको छोकडा आयात भएको थियो ।

गत आर्थिक वर्षमा कुल ९ करोड ९५ लाख ९६ हजार रुपैयाँ बराबरको छोकडा आायत भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।


क्लिकमान्डु