व्यवसाय गर्ने वातावरण खस्कदो, व्यवसायी भन्छनः स्थिर सरकारले नीतिगत सुधार नै गरेन



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले गत चैत १६ गते प्रतिनिधिसभा तथा राष्ट्रियसभामा अर्थतन्त्रको वास्तविक अवस्थाको बारेमा जानकारी दिन स्वेतपत्र जारी गरे ।

स्वेतपत्रमा अर्थतन्त्र खराब अवस्थामा रहेको तथा विगतका सरकारले लिएको आर्थिक नीतिको आलोचना गरिएको थियो ।

स्वेतपत्रको आठौ नम्बर बुँदामा भनिएको थियो,‘अन्तराष्ट्रिय परिदृष्यमा नेपालीको लगानीको वातावरण उत्साह जनक छैन । विश्व बैंकबाट प्रकाशित विवरणले नेपाल १०५ औ स्थानमा छ ।’

बाह्य लगानीकर्ताहरु नेपालमा लगानीका जोखिम नहटुजेन्ज ‘पर्ख र हेर’को अवस्थामा रहेको छन् ।
अर्थमन्त्री खतिवडाले डुइङ बिजनेश इन्डेक्सको आधारमा पूववर्ती सरकारले लिएको नीतिको आलेचना गरेका थिए । बुधबार सार्वजनिक भएको नयाँ इन्डेक्सले नेपालको व्यवसायिक वातावरण झन खस्केको छ । नेपाल १०५ बाट ११० औ स्थानमा पुगेको छ ।

विश्व बैंकले डुइङ विजनेश रिपोर्ट सार्वजनिक गर्दै कर तिर्नको लागि सहज नीति बनाउन सुझाव दिएको छ ।‘एकवर्ष अगाडि र अहिलेको तुलनामा करको नीतिमा धेरै परिवर्तन आएको छ,करको कारण व्यवसाय गर्न मुस्किल अवस्थाको सिर्जना भएको छ।’ व्यवसायमैत्रीभन्दा पनि बढी श्रममैत्री कानूनले लगानीको वातावरण बनाउन नसकेको भनाई विश्व बैंक छ ।

अर्थशास्त्री विश्व पौडेल कर उठाउने मात्र नीतिले व्यवसायमैत्री नीति नबन्ने भन्दै यो इन्डेक्सले सरकारले आफ्ना नीतिलाई परिवर्तन गर्न सुझाव दिन्छन् ।

‘स्वदेशी विदेशी लगानीको बातावरण नबनाइ यो मुलुक अगाडि बढ्दैन र त्यसका लागि लगानीकर्ताको विश्वसा जित्नुपर्छ।’ पौडेलले सामाजिक संजाल फेसबुक मार्फत आफ्नो धारणा राख्दै भनेका छन् ।

यो पटकको रिपोर्टले दक्षिण एशियामा सबैभन्दा ठूलो फड्को व्यवसाय गर्ने वातावरणमा भारतले मारेको देखिएको छ । यो वर्षको सूचिमा भारत ७७ औ स्थानमा छ । भारत यसअघि एक सय स्थानमा थियो ।

यो सूचि नेपाल सरकारले स्वीकार गरेपनि नगरेपनि विदेशी लगानीकर्ताले यसलाई पनि लगानी गर्ने आधार बनाउने हुँदा नेपालको बारेमा सन्देश राम्रो नगएको बुझाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाको छ ।

‘स्थिर सरकारबाट ठूलो नीतिगत सुधारको अपेक्षा व्यवसायीको थियो,जसले गर्दा व्यवसाय गर्नको लागि सहज वातावरण सिर्जना होस,’मुरारकाले क्लिमाण्डूसँग भने ।

विश्व बैंकले सार्वजनिक गरेको डुइङ विजनेश रिपोर्टमा नेपाल पाँच स्थान तल खस्केकोमा सरकारले अहिलेसम्म औपचारिक धारणा भने केही पनि ल्याएको छैन । उद्योग तथा आपूर्ति मन्त्रालयमा सहसचिव रहेका मधुकुमार मरासिनीले सामाजिक संजाल ट्ीइटर मार्फत भनेका छन,‘ डुइङ विजनेश सूचांकमा हामी पछि परेको विषयमा गम्भीर हुनुपर्छ, तर,कहिले काही यो रिपोर्ट तयार एउटै क्षेत्रका व्यक्तिमा भरपर्दा बायसनेसपनि देखिन्छ।’

व्यवसायीहरु सरकारका मन्त्रीहरु व्यवसाय गर्नको लागि सहजिकरण दिनुपर्ने ठाउँमा उद्योग नै बन्द गराउदै हिड्नेमा लागेको बताउँछन् ।

‘उद्योगमन्त्री आफैले केही समय निम्बसको उद्योग बन्द गराउनुभयो,उद्योगमन्त्रीको काम उद्योगीलाई सहजिकरण गर्नेमा उद्योगी त्रसाउने खालको भयो,यसरी कसरी व्यवसाय गर्ने वातावरण सुधार हुन्छ’एक व्यवसायीले भने ।


क्लिकमान्डु