५ कक्षा पास यी अर्बपतिले दिए ६ सय कर्मचारीलाई गाडी उपहार



८ हजार करोड रुपैयाँभन्दा बढीको कारोबार समाल्ने सावजी धोलकिया आफ्ना कर्मचारीसँग निकै लोकप्रिय छन् ।

गुजरातका हिरा कारोबार धोलकिया हरेक वर्षको दिपावलीको अवसरमा बोनसको रुपमा कर्मचारीलाई घर,गाडी तथा महंगा गहना उपहार दिन्छन् ।

धोलकिया हरिकृष्ण एक्स्पोर्ट प्राइभेट लिमिटेड कम्पनीको अध्यक्ष हुन् । हरेक वर्षजस्तै धोलकियाले यो वर्षपनि आफ्नो कम्पनीमा काम गर्ने ६ सय कर्मचारीलाई गाडी उपहार दिएका छन् ।

गत बिहीबार एउटा कार्यक्रम आयोजना गरेर धोलकियाले कर्मचारीलाई गाडी उपहार दिएका थिए ।  यो पटकको गाडी हस्तान्तरण कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी थिए । उनले केही कर्मचारीलाई गाडीको साचो हस्तान्तरण गरेका थिए । गत महिना धोलकियाको कम्पनी हरिकृष्णा एक्सपोर्ट स्थापनाको २५ वर्ष पुरा भएको अवसरमा उनले तीनजना कर्मचारीलाई मर्सिडिज कार गिफ्ट दिएका थिए ।

महंगो उपहार किन ?

यो प्रश्नको जवाफामा धोलिकियाले बीबीसीसँग कर्मचारीलाई प्रोत्साहन गर्ने स्किम भएके बताए । गाडी गिफ्ट पाउने कर्मचारीको छनोट कसरी हुन्छ ? यो प्रश्नमा धोलिकिया भन्छन्,‘यो निकै नै सजिलो तरिका छ,जुन कर्मचारीसँग घर छैन त्यसलाई घर र जोसँग घर उसलाई गाडी र जोसँग दुईवटै छ उसको लागि महंगा गहना र अन्य सामान दिने गरिन्छ,यसको लागि कर्मचारीको कामको मुल्यांकन हुन्छ।’

धोलकियाका अुनसार प्रत्येक कर्मचारीलाई एउटा लक्ष्य दिएको हुन्छ । जो कर्मचारीले लक्ष्य पुरा गरेको हुन्छ त्यसलाई प्रोत्साहन गरिन्छ । यसको साथै कम्पनीले कर्मचारीलाई मुद्दती निक्षेपमा पैसा राखिदिने बाहेक जीवन बीमाको समेत सुविधा दिएको छ । जसले कम्पनीमा काम गर्ने कर्मचारीको परिवारका सदस्यलाई लाभ पुग्न सकोस् ।

कर्मचारीलाई यत्रो महंगो गाडी उपहार दिएर कम्पनीलाई के फाइदा ? यो प्रश्नको जवाफमा गुजारको महाराजा सयाजीराव विश्वविद्यालयकी सोसल वर्ककी प्राध्यापक सुनिता नांबियार कम्पनीले यस्तो गिफ्ट दिएपछि कर्मचारी कम्पनीसँग बफादार हुने बताउछिन् । जसले गर्दा गिफ्ट नपाउने कर्मचारीलाई काम गर्नको लागि प्रोत्साहन मिल्छ ।

यही विश्वविद्यालयका प्राध्यापक जगदिश सोलकी कुनैपनि व्यक्तिको पहिलो उद्देश्य पैसा कमाउने भएको र त्यसपछि त्यो प्राप्त गरेपछि लोकप्रिय बन्नको लागि यस्ता खालका प्रयास गर्ने बताउँछन् ।

गिफ्टको लागि पैसा कहाबाट आउछ ? यो प्रश्नमा धोलकिया यो पैसा कर्मचारीको भएको बताउँछन् ।

‘जो कर्मचारीले जति फाइदा कम्पनीलाई गराएका हुन्छ त्यसको १० प्रतिशत रकम कम्पनीले छुट्टै राखेको हुन्छ,यसको बारेमा कर्मचारीलाई जानकारी हुँदैन,पछि यही रकमबाट कर्मचारीलाई गिफ्ट दिइन्छ।’

धोलकियाको कम्पनीमा ७ हजार कर्मचारी कार्यरत छन् । जसको वार्षिक कारोबार ८ हजार करोड छ । ८० देशमा कम्पनीले हिरा निर्यात गर्छ ।

धोलकिया गुजरातको अमरेली जिल्लाको दूधाला गाउँका हुन् । उनको जन्म १२ अप्रिल १९६२ मा भएको हो । उनको जन्म एक किसान परिवारमा भएको थियो ।

संघर्षदेखि सफलताको कुरा गर्दै नले भने, ‘मेरो पढाईमा मन गएन, म ५ कक्षा पास हो ।’

उनी साढे १२वर्षको उमेरमा सुरत आएका थिए । सुरतमा एउटा कम्पनीमा काम गरेका थिए । उनका अनुसार चार भाई मिलेर यो कम्पनी बनाएका हुन् । सन् १९९२ मा कम्पनीलाई धोलकियाले खरिद गरेका थिए । जुन अहिले विश्वमा निकै नै चर्चित छ । बीबीसी हिन्दीबाट साभार


क्लिकमान्डु