नेपाल समावेश सूचना प्रविधि सर्वेक्षण न्यूयोर्कमा पुरस्कृत



न्यूयोर्क । नेपाल सहित विश्वका १८ वटा देशमा सूचना तथा संचार प्रविधिको पहुँच र प्रयोग सम्बन्धी सर्वेक्षण आफ्टर एक्सेस अन्तर्राष्टिय पुरस्कार जित्न सफल भएको छ ।

आफ्टर एक्सेसलाई संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २२ मा इक्वेलसाईनटेक पुरस्कारको अनुसन्धान वर्गको पुरस्कारको विजेता घोषणा गरिएको हो । आफ्टर एक्सेस अन्तर्गत नेपालको स्थलगत अध्ययनसन् २०१८ को अप्रिल र मे महिनामा सम्पन्न भएको थियो ।

विश्वस्तरको पुरस्कार प्राप्त गरेपछि एसियाप्रशान्त क्षेत्रमा कार्यरत क्षेत्रीय सूचना प्रविधि थिङ्क ट्याङ्कका प्रमुख कार्यकारी अधिकृत तथा आफ्टर एक्सेस अनुसन्धानको प्रमुख अनुसन्धानकर्ता हेलानी गालपायाले खुसी ब्यक्ति गरे ।

नेपालमा गरिएको सर्भेको विशेष नतिजा चाँडै काठमाडौमा प्रकाशन गरिने उनले जानकारी दिए । नीति निर्माता तथा उद्योगसँग सम्बन्धित सरोकारवालाहरुले नेपालमा सूचना प्रविधिको पहुँच र प्रयोगमा लैंगिक विभेद घटाउनका लागि आफ्ना नीति र कार्यहरू यो तथ्याङ्क गर्ने गालपायाको भनाइ छ ।

आफ्टर एक्सेस ग्लोबल साउथका १८ वटा देशका ३८ हजार ५ घर तथा व्यक्तिहरुसँगको अन्तर्वार्तामा आधारित राष्ट्रियस्तरमा गरिएको एउटा श्रृङ्खलाबद्ध सर्वेक्षण हो । यस अनुसन्धानले मोवाइलफोन तथा इन्टरनेटको पहुँच तथा प्रयोग सम्बन्धी मुख्य मुद्दाहरुलाई समेटेको छ ।

यस श्रृंखलाका सर्भेमा सवै देशमा एकै विधि अपनाइएको बताइएको छ ।

इक्वेलग्लोबल पार्टनरसीप महिलासम्म प्रविधि र प्रविधिसम्म महिलालाई पुर्याइ डिजिटल स्पेशमा लैंगिक दूरीलाई घटाउँदै लैजाने पुलको रुपमाकार्यरत विश्वव्यापी संजाल हो । यस संजालको संस्थापक सदस्यहरुमा संयुक्त राष्ट्र संघीय विश्वविद्यालय, अन्तर्राष्टिय दूरसंचार संगठन, जिएसएमए, राष्ट्रसंघीय महिला ( युएनवुमन) र अन्तराष्ट्रिय व्यापार केन्द्र रहेका छन् ।

वार्षिक रुपमा प्रदान गरिने यो पुरस्कार यो साझेदारीको मुख्यगतिविधि हो, जसले महिला तथा युवतीहरुलाई प्रविधिमा समानताका लागि सहयोग गर्ने उत्कृष्ट परियोजना तथा पहलहरुलाई पहिचान गर्दछ ।

आफ्टर एक्सेस चार वटा पुरस्कार समुह (पहुँच, नेतृत्व, क्षमता र अनुसन्धान) गरी संसारभरबाट मनोनयनमा परेका ३५० प्रतिष्पर्धी मध्येबाट छानिएको अन्तिम २२ वटा मध्येको एक प्रतिष्पर्धी थियो ।

संकलित तथ्याङ्कले नेपालमा मात्र नभएर बंगलादेश, कम्बोडिया, भारत, म्यानमार, पाकिस्तान र सम्पूर्ण ग्लोबल साउथ मुलुकहरुमा सूचना प्रविधिको पहुँच तथा प्रयोगमा लैङ्गिक असमानताको ठोस प्रमाण प्रस्तुत गर्दछ । यस अनुसन्धानले लैङ्गिक असमानतालाई मापन मात्र नगरी प्रमाणमा आधारित नीति निर्माणको लागि अवरोध सृजना गर्ने तत्वहरुको पहिचान समेत गर्दछ ।

आफ्टर एक्सेस ग्लोबल साउथमा मोबाइल फोन र ईन्टरनेट पहुँच तथा प्रयोग सम्बन्धी विस्तृत डाटाबेस हो । नेपालमा आफ्टर एक्सेस परियोजनामा लर्न एसियासँग स्थानीय साझेदारको रुपमा सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाईटी नेपाल रहेको थियो ।

सर्वेक्षणको नेपालविशेष प्रतिवेदन अक्टोबर ४ मा काठमाडौंमा सार्वजनिक गरिने कार्यक्रम रहेको जानकारी दिइयो । विश्वस्तरमा स्वीकार्य अनुसन्धानबाट प्राप्त प्रतिवेदनले नेपालको सूचना प्रविधि सम्बन्धी नीति निर्माणमा महत्वपूण आधार तय गर्ने विश्वास आफ्टर एक्सेस परियोजनाको नेपाली साझेदार सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालको छ ।


क्लिकमान्डु