ध्रुबको छोराको सर्टिफिकेट रोकिदैन अब




सन्तपूर, रौतहट । सपनाको सहर पनि हो भनिन्छ काठमाडौंलाई । सफलता, समृद्धि, प्रगति र सहज जीवपनयापनको लागि काठमाडौं छिर्नेहरुको कमी छैन अझै ।

यस्तै सपना बोकेर रौतहटको सन्तपूरका ध्रुव दंगाल २०५८ सालमा काठमाडौं छिरे । शुरुमा सडकमा तरकारी व्यवसाय गर्न थाले उनी । केही वर्ष तरकारी विक्रीलाई नै मुख्य पेशा बनाएका ध्रुव यो पेशाबाट आफ्नो घर खर्च धान्न नसक्ने भएपछि बैदेशिक रोजगारीको लागि मलेशिया हानिए ।

वैदेशिक रोजगारीमा गएर उनले राम्रै कमाइ पनि गरे । भक्तपुरमा चार आना जग्गा पनि जोडे ।

उपत्यका बाहिरको मान्छेलाई काठमाडौंमा घडेरी किन्ने एक प्रकारको सपना नै हुन्छ । यो सपना पूरा गर्न पाएकोमा उनी खुसी थिए । तर, उनको खुसी तासको घर झै एकाएक ढल्यो ।

‘बल्लबल्ल एउटा घडेरी त किनिएको थियो तर, दैवको लिला, केही समयपछि बेचियो,’ उनी आफ्नो दुखद दिन सम्झन लागे ।

उनी मलेयिशामै रहदा उनको जीबनमा कालो बादल मडारिएको रहेछ ।

उनी अरु आम नेपाली जस्तै आफ्नो र परिवारको जीबनस्तर उकास्ने सपना साकार पार्न मलेशिया गएका थिए । तर, उनी मलेशियामै भएको बेलामा उनकी श्रीमतीलाई पाठेघरको क्यान्सर भएको खबर पुग्यो ।

ध्रव नेपाल आँउदा न सम्पती बाँकी थियो, न त आफ्नी प्राण पियारी जीवनसंगिनी नै ।

‘यो खबर सुन्दा नै मेरो जीबन करिब सकियो जस्तो लाग्यो, श्रीमतीलाई क्यान्सरले समातेपछि त्यसको उपचार गर्ने आर्थिक क्षमता मसँग थिएन, धन कमाएर सुखी जिन्दगी जिउन भन्दै मलेशिया पुगेको मान्छेलाई यो भन्दा आपत केही पर्दैन होला,’ विगत सम्झदै गर्दा उनी निकै भावुक भए ।

‘मेरी श्रीमती, जसलाई म आफ्नो सवैभन्दा धेरै खुशी दिन चाहन्थे, आज त्यही मर्ने बाच्ने दोधारमा भएपछि म कसरी विदेश बस्न सक्छु र भन्ने लाग्यो, अनि म नेपाल फर्किए,’ उनी भन्छन् ।

ध्रव नेपाल आँउदा न सम्पती बाँकी थियो, न त आफ्नी प्राण पियारी जीवनसंगिनी नै ।

ध्रुव परिवारले अर्काे पनि सपना पालेको थियो । त्यो सपना आफ्नी छोरीलाई नर्स बनाउने भन्ने थियो ।

‘श्रीमती मरेपछि मेरो सबैथोक सकियो, बाँकी रहेको आशाको सानो त्यान्द्रो छोरीलाई नर्स बनाउने भन्ने थियो तर, दैवको अगाडी कस्को के लाग्छ ! छोरीलाई जब कलेजले निकालिदियो, त्यसपछि त मेरो अगाडी अन्धकार नै अन्धकार भयो,’ गला अबरुद्ध पार्दै ध्रुव आफ्नो वियोगान्त कहानी सुनाउँदै गए ।

तर, श्रीमतीको उपचारमा भएको खर्चले लागेको ऋण तिर्दा र बैदेशिक रोजगारीको आफ्नो जागिर छोडेपछि छोरीलाई नर्स बनाउने उनको परिवारको सपना केबल सपनै रह्यो । फिस तिर्न नसकेको भन्दै नर्सिङको अध्ययन गर्दै गरेकी उनकी छोरीलाई कलेजले निकालिदियो ।

‘श्रीमती मरेपछि मेरो सबैथोक सकियो, बाँकी रहेको आशाको सानो त्यान्द्रो छोरीलाई नर्स बनाउने भन्ने थियो तर, दैवको अगाडी कस्को के लाग्छ, छोरीलाई जब कलेजले निकालिदियो, त्यसपछि त मेरो अगाडी अन्धकार नै अन्धकार भयो,’ गला अबरुद्ध पार्दै ध्रुव आफ्नो वियोगान्त कहानी सुनाउँदै गए ।

दशा लागेपछि धुरीबाट कराउँछ भन्ने नेपाली किम्बदन्ती छ । अर्थात घरको धुरीबाट दशा कराएपछि कसैको केही लाग्दैन, केही बाँकी रहदैन भन्ने यो किम्बदन्तीको आशय हो ।

ध्रुबको जिन्दगीमा अर्काे यस्तै बज्रपात आइपर्यो ।

त्यो बेला उनको छोरा एसएलसी दिने तयारीमा थियो । छोराले राम्रो अंकसहित एसएलसी पनि पास गर्यो । पास भएको छोराको एसएलसीको सर्टिफिकेट लिन स्कूल पुगेपछि ध्रुवले अर्काे बज्रपातको महसुस गर्नुपर्यो ।

‘श्रीमती गुमाइसकेको थिएँ, धनसम्पत्ति पनि सकिएको थियो, छोरीलाई नर्स पढाउन लाग्ने पैसा तिर्न नसकेको भन्दै कलेजले निकालिदिएको थियो, उता छोराको सर्टिफिकेट पनि लिन सकिनँ, त्यो बेला त मरौं जस्तो नै लाग्यो, तर छेराछोरीको अनुहार हेरेँ, मर्न सकिनँ,’ उनले भक्कानिदै भने ।

‘तपाईको वच्चाको फिस तिर्न बाँकी छ, त्यो पैसा तिर्नुस्, अनि सर्टिफिकेट दिन्छौं भनेर स्कूलले भन्यो, मेरो जिन्दगीको यो अर्काे ठूलो बज्रपात थियो,’ उनले सुनाए ।

उनीसँग न त छोराको फिस तिर्ने पैसा नै थियो, न त छोराको सर्टिफिकेट माया मार्न सक्ने अबस्था नै ।

उनले स्कूललाई पहिले नै आफ्नो अवस्था सवै भनिसकेको रहेछन् । स्कुलले पनि छोरालाई केही शुल्क छुट दिने भनेको रहेछ । तर अन्तिममा सवै शुल्क तिर्नुपर्छ भन्दा उनी झन् चिन्तित भए ।

‘श्रीमती गुमाइसकेको थिएँ, धनसम्पत्ति पनि सकिएको थियो, छोरीलाई नर्स पढाउन लाग्ने पैसा तिर्न नसकेको भन्दै कलेजले निकालिदिएको थियो, उता छोराको सर्टिफिकेट पनि लिन सकिनँ, त्यो बेला त मरौं जस्तो नै लाग्यो, तर छेराछोरीको अनुहार हेरेँ, मर्न सकिनँ,’ उनले भक्कानिदै भने ।

छोराको सर्टिफिकेट निकाल्न चाहिने पैसाको लागि उनी हारगुहार गर्न लागे । चिनेजानका र आफन्तसँग सरसापटी मागे । अनेक प्रयत्नबाट उनी पैसाको जोहो गर्न सफल भए, छोराको सर्टिफिकेट निकाले, अनि यो ‘पापी काठमाडौं’ छोड्ने निष्कर्षमा पुगे ।

आफ्नो सवै कुरा गुमाएर उनी काठमाडौं छोडेर गाँउ तर्फ हानिए ।

केही समय गाँउ बसे ध्रुव । छोरीलाई नर्स बनाउन नसकेको पिडासँगै अब छोरालाई पनि शिक्षादिक्षाको लागि पैसाको बन्दोबस्त गर्नुपर्ने चुनौति थपिएको थियो । श्रीमतीको उपचार गर्दा लागेको र छोराको सर्टिफिकेट निकाल्दाको ऋण पनि तिर्नुपर्ने अर्काे समस्या त थियो नै ।

‘फेरि बिदेश जाउँ कि जस्तो लागिरहेको थियो, साथीभाइ र आफन्तले बिदेश जानुको सट्टा गाउँमै केही गर न भने, अनि केही पैसाको जोहो गरेर गाउँ (रौतहटको सन्तपूर) मै चटपटेको ब्यापार गर्न लागेँ,’ यस्तो सुनाउँदै गर्दा उनको अनुहारमा सन्तुष्टिको केही भाव झल्कन्थ्यो ।

रातपछि दिन आउँछ, हरेक समस्याको अन्त्य समाधानको मुखमा पुगेर हुन्छ । ध्रुवको जिन्दगी पनि यसैगरी कोल्टे फेर्ने चरणमा पुगेको थियो यो बेलासम्म ।

‘फेरि बिदेश जाउँ कि जस्तो लागिरहेको थियो, साथीभाइ र आफन्तले बिदेश जानुको सट्टा गाउँमै केही गर न भने, अनि केही पैसाको जोहो गरेर गाउँ (रौतहटको सन्तपूर) मै चटपटेको ब्यापार गर्न लागेँ,’ यस्तो सुनाउँदै गर्दा उनको अनुहारमा सन्तुष्टिको केही भाव झल्कन्थ्यो ।

करिब डेढ बर्ष अगाडिको कुरा हो । उनी सुरुमा ठेलामा चनाचटपटे बेच्न लागे । आम्दानी पनि राम्रो हुन थाल्यो । दैनिक १५ सय रुपैयाँ जति त बचाउन थाले । करिब ८ महिना अगाडिदेखि त ध्रुबले सन्तपूरमै सानो सटर भाडामा लिएर ब्यापार गर्न थालेका छन् ।

ब्यवसाय राम्रो हुन थालेपछि उनले नर्स बनाउन नसकेकी छोरीलाई कमर्श पढाए । कक्षा १२ सम्मको अध्ययन छोरीले पूरा गरिन् । अहिले छोरीको विहेबारी पनि गराइसकेका छन् ध्रुवले ।

उनको अर्काे सपना छोराको उच्च शिक्षा थियो । दैनिक १५ सय बचत हुने ब्यवसाय उनको सानो संसार सजाउन पर्याप्त नभएपनि पुग नपुग भने थियो ।

‘छोरालाई काठमाडौंमा पढाउदै छु, ब्यवसायबाट आएको पैसाले पहिलाको ऋण पनि तिर्दैछु, दैनिक खर्च पनि जुटेको छ, सबैभन्दा खुसीको कुरा त छोराको कलेज फिस तिर्न सकेको छु, अब पैसा नतिरको भन्दै कलेजले मेरो छोरालाई निकाल्दैन र सर्टिफिकेट रोक्न पनि सक्दैनँ,’ कुराकानीको अन्त्यतिर ध्रुवले यसो भन्दै गर्दा उनको गर्वानुभूति साच्चिकै सम्मान गर्न लायक थियो ।

‘पापी काठमाडौं’बाट दिग्दार भएर गाँउ फर्केका ध्रुुवलाई काठमाडौंसँग जोरी खोज्ने अबस्था कहाँ छ र । उनी आफ्नो छोरालाई गुणस्तरीय शिक्षा दिन चाहन्छन् । उनले सोचेको गुणस्तरीय शिक्षा काठमाडौंमै छ । त्यसैले काठमाडौंकै शरणमा पर्नुपर्ने अर्काे विवशता आइपरेको छ उनलाई ।

तर, उनी पहिलाको जस्तो कमजोर छैनन् । छोरालाई काठमाडौंमा राखेर फिस तिरेरै पढाउन सक्ने अबस्थामा छन् अहिले । किनकि उनी ब्यवसायबाट दैनिक १५ सय रुपैयाँ त बचत नै गर्छन् ।

‘छोरालाई काठमाडौंमा पढाउदै छु, ब्यवसायबाट आएको पैसाले पहिलाको ऋण पनि तिर्दैछु, दैनिक खर्च पनि जुटेको छ, सबैभन्दा खुसीको कुरा त छोराको कलेज फिस तिर्न सकेको छु, अब पैसा नतिरको भन्दै कलेजले मेरो छोरालाई निकाल्दैन र सर्टिफिकेट रोक्न पनि सक्दैनँ,’ कुराकानीको अन्त्यतिर ध्रुवले यसो भन्दै गर्दा उनको गर्वानुभूति साच्चिकै सम्मान गर्न लायक थियो ।


क्लिकमान्डु