२७ बाणिज्य बैंकको सेयर मूल्यः एक महिनामा २५ वटाको बढ्दा यी २ को किन घट्यो ?




काठमाडौं । पछिल्लो १ महिनाको अवधिमा वाणिज्य बैंकको सेयर मूल्यमा वृद्धि भएको भएको पाइएको छ । बाणिज्य बैंक मध्ये एभरेष्ट र हिमालयनको सेयर मूल्य घटेको छ भने बाँकी सबैको बढेको देखिन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार भदौ १ गते प्रतिकित्ता ३ सय २२ रुपैयाँ रहेको एनआईसी एशिया बैंकको सेयर मूल्य असोज १ गते ४ सय ११ रुपैया पुगेको छ । सो बैंकको सेयर मूल्य ८९ रुपैयाँले बढेको हो ।

त्यसैगरी बैंक अफ काठमाडौंको सेयर मूल्य प्रतिकित्ता २ सय ७३ रुपैयाँ रहेकोमा हाल ३ सय २५ रुपैयाँ कायम छ । यसरी बैंक अफ काठमाडौंको सेयर मूल्यमा ५२ रुपैयाँले वृद्धि भएको हो ।

कृषि बैंकको सेयर मूल्य भदौ १ गते प्रतिकित्ता ३ सय ४० थियो । असोज १ गते सो बैंकको सेयर मूल्य प्रतिकित्ता ३ सय ६० पुग्यो । एक महिनाको अवधिमा कृषि विकास बैंकको सेयर मूल्य २० रुपैंयाले बढेको हो ।

सेञ्चुरी कमर्सियल बैंकको सेयर मूल्य भदौ १ गते प्रतिकित्ता १ सय ७१ रुपैयाँ थियो । असोज १ गते सो बैंकको सेयर मूल्य प्रत्तिकिता १८६ रुपैयाँ पुगेको छ । सेञ्चुरीको सेयर मूल्य एक महिनामा १५ रुपैयाँले बढेको देखिन्छ ।

यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य भदौ १ गते प्रतिकित्ता १ सय ७१ रुपैयाँ थियो भने एक महिनापछि असोज १ गते सो सेयरको मूल्य १ सय ८६ रुपैयाँ पुगेको छ । यसरी सिटिजन्सको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँले बढेको हो ।

सिभिल बैंकको गत भदौ १ गते १ सय ५१ रुपैयाँ कायम रहेको प्रतिकित्ता सेयर मूल्य असोज १ मा १ सय ६७ रुपैयाँ पुगेको छ । एक महिनामा सिभिल बैंकको सेयर मूल्यमा १६ रुपैयाँले वृद्धि भएको छ ।

ग्लोबल आइएमइ बैंकको सेयर मूल्य भदौ १ गते प्रकिकित्ता ३ सय रुपैयाँ कायम थियो । असोज १ गते सोही बैंकको सेयर मूल्य १९ रुपैंयाले बढेर ३ सय १९ रुपैयाँ पुगेको छ ।

जनता बैंक नेपालको सेयर मूल्य गत भदौ १ गते १ सय ५७ रुपैंया कायम थियो । असोज १ गते सो सेयरको मूल्य १ सय ८५ रुपैयाँ पुग्यो । एक महिनाको अवधिमा सेयरको मूल्यमा २८ रुपैंयाले बृद्धि भएको छ ।

यसैगरी कुमारी बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय ६ रुपैयाँ कायम थियो । असोज १ गते सो सेयरको मूल्य २ सय ३९ रुपैयाँ पुगेको छ । एक महिनाको अवधिमा कुमारीको सेयरमा प्रतिकित्ता ३३ रुपैयाले बृद्धि भएको हो ।

लक्ष्मी बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय ४० रुपैयाँ कायम थियो । असोज १ गते सोही सेयरको मूल्य प्रतिकित्ता २ सय ५९ रुपैयाँ पुग्यो । एक महिनाको अवधिमा लक्ष्मीको सेयर मूल्यमा प्रतिकित्ता १९ रुपैयाँले बृद्धि भएको हो ।

माछापुच्छ्रे बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय ६ रुपैयाँ कायम थियो । असोज १ गते सोही सेरयरको मूल्य प्रतिकित्ता २ सय २७ पुग्यो । यसरी सो बैंकको सेयर मूल्यमा प्रतिकित्ता २१ रुपैयाँले बृद्धि भएको हो ।

मेगा बैकको सेयर मूल्य भदौ १ गते प्रतिकित्ता १ सय ७० रुपैयाँ थियो । सोही सेयरको मूल्य असोज १ गते २८ रुपैयाँले बढेर १ सय ९८ पुगेको छ । मेगाको सेयर मूल्य १ महिनाको बीचमा प्रतिकित्ता २८ रुपैयाँले बढेको छ ।

नबिल बैंकको सेयर मूल्य गत भदौ १ गते ९ सय ५७ रुपैयाँ थियो । असोज १ गते सोही सेयरको मूल्य प्रतिकित्ता ९ सय ६८ पुग्यो । सो बैंकको सेयर मूल्यमा १ महिनामा ११ रुपैयाँले वृद्धि भएको हो ।

त्यसैगरी, नेपाल बंगलादेश बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय ५ रुपैयाँ कायम थियो । असोज १ गते सोही सेयरको मूल्यमा १८ रुपैयाँले बृद्धि भई २ सय १३ रुपैयाँ कायम हुन पुग्यो ।

नेपाल बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय ९२ रुपैयाँ थियो । असोज १ गते सोही सेयरको मूल्य प्रतिकित्ता ३ सय ६ रुपैयाँ कायम हुन पुग्यो । सो बैंकको सेयर मूल्यमा १४ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल क्रेडिट एण्ड कमर्श बैंकको सेयर मूल्य गत भदौ १ गते प्रतिकित्ता १ सय ८० रुपैयाँ कायम थियो । असोज १ गते सोही बैंकको सेयर मूल्य प्रतिकित्ता २ सय ६ रुपैयाँ पुग्यो । सो बैंकको सेयर मूल्य एक महिनामा २६ रुपैयाँले बढेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य गत भदौ १ गते ६ सय ३९ रुपैयाँ कायम थियो । असोज १ गते सो बैंकको सेयर मूल्य प्रतिकित्ता ६ सय ५१ रुपैयाँ कायम रह्यो । यसरी इन्भेष्टमेन्टको सेयर मूल्यमा १२ रुपैयाँले वृद्धि भएको हो ।

नेपाल एसविआई बैंकको सेयर मूल्य गत भदौ १ गते प्रतिकित्ता ५ सय ५ रुपैयाँ कायम थियो । असोज १ गते सो बैंकको सेयर मूल्यमा १ रुपैयाँको वृद्धि भयो ।

एनएमबी बैंकको सेयर मूल्य गत भदौ १ गते ३ सय ३२ रुपैयाँ कायम थियो । सो बैंकको सेयर मूल्य असोज १ गते २५ रुपैयाँले बढेर ३ सय ५७ पुग्यो ।

प्रभु बैंकको सेयर मूल्य गत भदौ १ गते प्रतिकित्ता १ सय ८७ रुपैयाँ कायम थियो । सो बैंकको सेयर मूल्यमा १ महिनको अवधिमा २८ रुपैयाँले वृद्धि भएर २ सय १५ रुपैयाँ पुग्यो ।

प्राइम कमर्सियल बैंकको सेयर मूल्य गत भदौ १ गते ३ सय रुपैयाँ कायम थियो । असोज १ गते सोही सेयरको मूल्यमा ३३ रुपैयाँले वृद्धि हुन पुग्यो ।

यसैगरी सानिमा बैंकको सेयर मूल्य गत भदौ १ गते ३ सय २० रुपैयाँ कायम थियो । असोज १ गते सोही सेयरको मूल्य प्रतिकित्ता २१ रुपैयाँले बढेर ३ सय ४१ रुपैयाँ पुग्यो ।

सिद्धार्थ बैंकको सेयर मूल्य गत भदौ १ गते प्रतिकित्ता ३ सय २२ रुपैयाँ रहेको थियो । असोज १ गते सोही सेयरको मूल्यमा १ रुपैयाँको वृद्धि भएको छ ।

सनराइज बैंकको सेयर मूल्य गत भदौ १ गते २ सय २५ रुपैयाँ थियो । असोज १ गते सोही सेयरमा १९ रुपैयाँले वृद्धि हुन पुग्यो । हाल सनराइजको सेयर प्रतिकित्ता २ सय ४४ रुपैयाँ कायम छ ।

एभरेष्ट र हिमालयन बैंकको सेयर मूल्यमा भने घटेको छ ।

एभरेष्ट बैंकको सेयर मूल्य गत भदौ १ मा ६ सय ६३ कायम थियो भने असोज १ मा सो सेयरको मूल्य ६ सय ६० हुन पुग्यो । एभरेष्टको सेयर मूल्य भने ३ रुपैयाँले घट्न पुग्यो ।

हिमालयन बैंकको पनि सेयर मूल्यमा कमी आएको छ । गत भदौ १ गते प्रकिकित्ता ५ सय ७५ रुपैयाँ रहेको सेयर मूल्य असोज १ गते ५ सय ६६ पुग्यो । हिमालयनको सेयरमा ९ रुपैयाँले घटेको हो ।

किन बढ्यो सेयर मूल्य ?
बैंकलाई ब्रोकर लाईसेन्स दिने तथा अनलाईन ट्रेडिङको सहजता आउने संकेतले बैंकको सेयर मूल्य बढेको सेयर बजारका जानकारहरु बताउँछन् ।

इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारका अनुसार अनलाइन आउने कुराले बजारमा सकारात्मक प्रभाव पारेको हो । यस्तै बैंकलाई ब्रोकर लाईसेन्स दिने भनेसँगै लगानीकर्ता बैंकको सेयरतर्फ आकर्षित भएका हुन् ।

‘म्यूचुअल फण्ड छिर्नु तथा व्याज दर कम हुनुपनि वाणिज्य बैंकको सेयर बढ्नुको कारण हो,’ उपाध्यक्ष रौनियारले भने ।

साथै, इपिएस कम भएकाले इभरेष्टको सेयर मूल्य घटेको रौनियारले तर्क गरे ।


क्लिकमान्डु