कुन देशमा छ ह्याकर्सको सबैभन्दा ठूलो सेना ?




काठमाडौं । यो वर्ष अगस्ट महिनामा हरेक वर्ष जस्तै अमेरिकाको लस भेगासमा एउटा खास मेला लाग्यो । यो मेला ह्याकर्सको मेला थियो । जसमा साइबर एक्सपर्टदेखि बच्चासम्म हरेक उमेरका मानिसहरु अफ्नो ह्याकिङका सिप देखाइरहेका थिए ।

लसभेगासमा हरेक वर्ष ह्याकर्स जम्मा हुने गर्छन् । यी ह्याकर्सको क्षमता हेरेर अमेरिकाका साइबर एकस्पर्ट यो सोच्ने गर्छन् कि ह्याकर्सको दिमागले कसरी काम गर्छ ।

जुन समय ह्याकर्सको यो मेला लस भेगासमा चलिरहेको थियो त्यही बेला ह्याकर्सले भारतको एउटा बैंकमा साइबर एट्याक गरेर करिब ३ करोड डलर उडाएका थिए । विश्वमा हरेक समय सरकारी वेबसाइटदेखि ठूला, निजी कम्पनी र सर्वसाधारणमा साइबर एट्याक हुने गर्छ ।

कसरी चल्छ ह्याकिङको यो साम्राज्य ?
बीबीसीको रेडियो सिरीज द इन्क्वायरीमा हेलोना मेरिम्यानले यो पटक यही प्रश्नको उत्तर दिने कोशिस गरेकी थिइन् । उनले साइबर एक्सपर्टसको सहयोगमा ह्याकर्सको डरलाग्दो र रहश्यमय संसारमा हेर्ने कोशिस गरेकी थिइन् ।

सन् १९९० को दशकमा सोभियत संघको विघटन पछि रुसमा यस्ता धेरै एक्स्पर्ट बेरोजगार भएका थिए ।

यी सबै इलेक्ट्रोनिक इन्जिनियर तथा गणितज्ञ थिए । कमाइ गर्नका लागि यी बेरोजगारहरुले इन्टरनेटको दुनिया खोताल्न थाले । त्यस बेला साइबर सेक्यूरिटीलाई लिएर खासै सुरक्षाका केही कुरा थिएनन्, न त जानकारी नै थियो ।

ती रुसी एक्सपर्टहरुले ह्याकिङको संसार सुरुवात गरे । ती रुसी ह्याकर्सले बैंक, वित्तीय संस्था, अन्य देशका सरकारी वेभसाइटलाई आफ्नो सिकार बनाउन सुरु गरे । आफ्नो सफलताको कथा यिनीहरु पत्रपत्रिकालाई बताउने गर्थे पनि ।

रुसका खोज पत्रकार अन्द्रेई सोश्निकफ बताउछन् कि त्यस बेला ह्याकर्सहरु आफूलाई हिरो मान्ने गर्थे । त्यस बेला ह्याकर्स नामक एउटा पत्रिका पनि संचालनमा आएको थियो ।

अन्द्रेई भन्छन् ‘त्यस बेला ठूला हयाकर्सहरुको सम्बन्ध ह्याकर पत्रिकासँग हुने गथ्र्यो, रुसको जासुरी एजेन्सी एफएसबीलाई यी ह्याकर्सहरुको बारेमा थाहा थियो ।’

तर अचम्मको कुरा के थियो भने रुसको सरकार यी ह्याकर्सको कामबाट निरास नभई ह्याकर्सबाट उल्टै फाइदा लिन खोज्थ्यो ।

रुसी पत्रकार अन्द्रेई भन्छन् ‘एफएसबीका अध्यक्षलाई धेरै रुसी ह्याकर्सका बारेमा ब्यक्तिगत जानकारी थियो ।’

सन् २००७ सालमा रुसी ह्याकर्सले छिमेकी देश एस्टोनियामा ठूलो साइबर आक्रमण गरे । यी ह्याकर्सले एस्टोनियाको करोडौँ वेभसाइट ह्याक गरे । उनीहरुले यो काम रसियन सरकारको आदेशमा गरेका थिए ।

अर्को वर्ष रुसी ह्याकर्सले अर्को छिमेकी देश जर्जियाका धेरै सरकारी वेभसाइट साइबर आक्रमणबाट विनाश गरे ।

रुसका सरकारी ह्याकर्स
रुसी पत्रकार अन्द्रेईका अनुसार २००८ सालमा जर्जियामा भएको साइबर आक्रमण रुसका सरकारी ह्याकर्सले गरेका थिए । ती सबै रुसका जासुसी एजेन्सीका कर्मचारीहरु थिए ।

रुस सरकारले सोच्यो कि फ्रिलान्सर ह्याकर्समा पुरै विश्वास गर्नु हुन्न । त्योभन्दा राम्रो उसले आफै ह्याकर्स आर्मी बनाउन थाल्यो । रुसी ह्याकर्सको यही साइबर सेनाले जर्जियामा २००८ सालमा आक्रमण गरेका थिए ।

आजको समयमा रुससँग सबैभन्दा ठूलो र बलियो साइबर सेना छ । रुसी ह्याकर्स माथि आरोप छ कि उनीहरुले अमेरिकी राष्ट्रपति चुनावमा घुसपैठ गरेका थिए । उनीहरुले ह्वाइट हाउसमा साइबर आक्रमण गरे । न्याटो र पश्चिमी देशहरुका नेटवर्कहरु पनि रुसी ह्याकर्सको लक्ष्यमा रहेको छ ।

रुसबाट भएको साइबर आक्रमणमा एउटा खास ग्रुपको नाम धेरै आउने गरेको छ । त्यसको नाम हो फेनसी बियर । भन्ने गरिन्छ कि ह्याकर्सको यो ग्रुपलाई रुसको मिलिट्री इन्टेलिजेनसले चलाउने गरेको छ । ह्याकर्सको यो ग्रुपले अमेरिकाको राष्ट्रपति चुनावमा घुसपैठ गरेको आरोप छ ।

रुसी पत्रकारी शोश्निकफ भन्छन् ‘यो आक्रमणबाट रुस विश्वलाई आफु साइबर संसारको राजा भएको देखाउन चाहन्छ ।’

तर ह्याकर्सको यो खेलमा रुस मात्र एक देश भने पकै हैन । रुसबाहेक इरानसँग पनि ह्याकर्सको सेना रहेको छ ।

यस्तै उत्तर कोरियाले त झन आफ्नो देशमा भएको साइबर ह्याकर्सलाई पुरै सरकारी कर्मचारी बनाएको छ ।

उत्तर कोरियामा १३/१४ वर्षको उमेर देखि नै बच्चाहरुलाई ह्याकिङको तालिम दिने गरिन्छ । स्कूलमानै प्रतिभाशाली बच्चाहरु छानेर उनीहरुलाई अग्रज ह्याकर्स बनाउने गरिन्छ ।

उत्तर कोरियामा ८० हजारदेखि १ लाख डलर लिएर फ्रिलान्स ह्याकिङ गरिन्छ । बीबीसीबाट


क्लिकमान्डु