सरकारी नीतिको कारण उद्योगीहरु व्यापारमा केन्द्रित भए, एफएनसीसीआई बरिष्ठ उपाध्यक्ष गोल्छाको विचार



विदेशी लगानीको कुरा गर्दा विदेशी लगानी देशभित्र आउने मात्र होइन बाहिरिने मात्र हो । धेरैजसो बुझाई विदेशी लगानी आउने मात्र भन्ने रहेको छ ।

नाफा गरेपछि त्यसपछि कम्पनीले लाभांशको रुपमा पैसा लिएर जान्छ । यो कुरा हामीले धेरै पटक बिर्सेका हुन्छौ । अहिले सरकारले बजेटमा ८ प्रतिशतको आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । यसमा बैदेशिक लगानी नआउदासम्म सरकारले लिएको आर्थिक बृद्धिदरको लक्ष्य पुरा हुँदैन ।

लगानी उत्पादन मुलक क्षेत्रमा हुनुपर्छ । त्यसमा कुनैपनि शंका छैन । हामीले बैदेशिक लगानीपनि त्यस्तै क्षेत्रमा खोजेका छौ । जसले रोजगारी सिर्जना गर्छ । अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ । उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ ।

अहिले हामीले देखेको बैदेशिक लगानी बैंक ग्यारेन्टीको आधारमा मात्र आएको छ । यो बैंक ग्यारेन्टी आएको छ । त्यसको आधारमा स्थानीय बैंकले पैसा दिन्छन् । त्यसले हाम्रो स्थानीय स्रोतलाई नै प्रयोग गर्छ । त्यस्तो बैदेशिक लगानीले हामीलाई फाइदा गर्छ कि गर्दैन त्यो पनि महत्वपूर्ण कुरा हो ।

हाम्रो बैंकको क्षमता निकै कमजोर छ । हाम्रो भुक्तानी सन्तुलन कमजोर बन्दै छ । यो अबको दिनमा निकै नै ठूलो समस्या बन्ने देखिएको छ ।

उद्योगको लागि विभिन्न समयमा विभिन्न खालका चुनौतीहरु आएका छन् । कुनैबेला सिमित बजारको चुनौती थियो । त्यसपछि राजनीतिक स्थाईत्व,ऊर्जा तथा श्रम समस्या चुनौतीको रुपमा देखिएको थियो । अहिले चुनौतीको बारेमा कुरा गर्दा तीनवटा प्रमुख चुनौती उद्योगको लागि छ ।

नेपालको नीति नियम लगानीमैत्री खालको अहिलेपनि रहेको छैन । अर्को चुनौती भनेको व्यवसाय गर्ने लागत निकै बढी छ । हाम्रो यातायात खर्च अत्याधिक छ । यसले गर्दा विदेशी लगानीमात्र होइन उद्योगको लागि स्वदेशी लगानीपनि चुनौतीपूर्ण बनेको छ ।
व्यवसाय गर्ने लागत बढ्नुको एउटा कारणमा जग्गाको मूल्यपनि हो ।

जसरी जग्गाको मूल्य बढेको छ त्यो आधारमा उद्योग लगाउन सजिलो छैन । कुनैपनि ठाउँमा जग्गा प्राप्ती प्रमुख चुनौतीको रुपमा देखिएको छ । हाम्रोमा सम्पत्ति जोड्ने भनेको नै जग्गा भएको छ । सम्बृद्धिको एउटा मापक जग्गा जोड्नु मात्र देखिएको छ । जग्गा प्राप्तीको लागि नै व्यवसायको लागत बढी हुने हुन्छ ।

अहिलेको बैंकको ब्याजदर पनि अर्को तेस्रो चुनौतीको रुपमा देखिएको छ । नेपालको तरलताको स्थिती आकलन गर्न नसक्ने खालको छ । हामी खुला बजार अर्थतन्त्रमा छौ । बैंकहरु नियमन अन्तर्गत चलेका छन् । जसरी ब्याजदरमा उतारचढाव देखिएको छ । हाम्रो वित्तीय स्वास्थ्य कमजोर देखिएको छ । ६ प्रतिशतबाट १६ प्रतिशतसम्म बैंकको ब्याजदर पुगेको छ । अन्यत्र कोहीपनि यसरी ब्याजदर बढ्दैन ।

नेपालमा अवसरको सम्भावना निकै छ । हामीले राखेको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा गर्न सकिन्छ । हामीले समावेशी आर्थिक विकासको अब काम गर्नुपर्छ । यो कुनै एउटा सहरमा मात्र विकास नभएर सबै ठाउँमा विकासमा हुनुपर्छ । अहिले हाम्रो सबैभन्दा राम्रो सम्भावना भनेको युवा जनशक्ति हो । हरेक देशमा यो एउटा मापदण्ड रहेको हुन्छ । जापानमा बृद्धहरुको संख्या बढी छ । हाम्रोमा काम गर्ने युवाहरुको जनसंख्या बढी छ । यो आर्थिक विकासको लागि निकै नै राम्रो सम्भावना भएको क्षेत्र हो ।

अर्को नेपालको भौगोलिक विविधता विकासको लागि महत्वपूर्ण छ । पर्यटन,कृषि क्षेत्रमा हामीले गर्न सकेका छैनौ ।

हामीले विदेशी लगानीको कुरा गर्दा स्वदेशी लगानीलाई दोस्रो प्राथमिकतामा राख्ने गरेका छौ । विदेशी लगानी भित्राउने क्रममा स्वदेशी लगानीको संरक्षण नगर्ने परिपाटी छ ।

किनभने स्वदेशी लगानी हाम्रो अर्थतन्त्रको महत्वपूर्ण कुरा हो । हामीले स्वदेशी लगानीको कुरा गरेक छैनौ । त्यसमा पारदर्शीता सबै एउटा लेभल फिल्ड हुनुपर्छ ।
विदेशी लगानीलाई संरक्षण गर्नको लागि काम गरेका छौ । तर,स्वदेशी लगानीको संरक्षणको लागि काम भएको छैन ।

अर्को नेपालमा उद्योगीभन्दा व्यापारी भएको भन्ने विषय जहिलेपनि उठ्छ । यो सरकारको नीतिको असफलता हो । सरकारको नीति आयात गरेर राजस्व उठाउने भएपछि लगानीपनि त्यही केन्द्रीत हुन्छ ।

अहिले सरकारले टे«डिङबाट राजस्व उठाउने गरेको छ । त्यही भएर व्यवसायीको फोकस टे«डिङमा छ । जता नाफा हुन्छ निजी क्षेत्रले लगानी त्यही गर्ने हो । अहिले राज्यको नीतिपनि उद्योगमा भन्दा ट्रेडिङमा देखिन्छ । त्यही भएर हाम्रो फोकसपनि ट्रेडिङमा छ ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र युकेएडको आयोजनामा भएको कार्यक्रमा गोल्छाले व्यक्त गरेको विचार ।


क्लिकमान्डु