सगुनको मिनी आईपीओ के हो ? लगानी गर्नु कानुनी कि गैरकानुनी ?




काठमाडौं । अमेरिकामा नेपालीले स्थापना गरेको आइटी स्टार्टअप कम्पनी सगुनले ग्लोबल मार्केटमा मिनी आइपिओ जारी गरेपछि विश्वको ध्यान त्यसले तानेको छ ।

नेपालमा आइपिओ, एफपिओ मात्र सुनेका लगानीकर्तालाई मिनी आइपिओ भन्ने शब्दाबलीले जिज्ञासा पैदा गरिदिएको छ ।
मिनी आइपिओ अमेरिकाले स्टार्ट अप कम्पनीलाई पूँजी जुटाउन पाउने गरी ल्याएको नयाँ कानुन रेगुलेशन ए प्लसलाई जनाउन सञ्चार माध्यमहरुले प्रयोग गरेको शब्दावली हो ।

अमेरिकाको नयाँ धितोपत्र कानुनको प्रावधान अनुसार आम नागरिकले अमेरिकी सरकारमा दर्ता भएका निजी कम्पनीहरुमा साना लगानीकर्ताले समेत शेयर सार्वजनिक रुपमा कारोबार हुनु अगाडि लगानी गर्न पाउँने प्राबधान भएको कम्पनीले जनाएको छ ।

अमेरिकाले नयाँ कानुन ल्याउनुअघि स्टार्ट अप कम्पनीले यसरी लगानी जुटाउ पाउँदैनथे । त्यस्ता कम्पनीहरुमा कम्तीमा दश लाख अमेरिकी डलर बराबरको खूद सम्पत्ति वा दुई लाख पचास हजार डलर वार्षिक आम्दानी भएका व्यक्तिहरुले मात्रै लगानी गर्न पाउँथे । त्यसैले फेसबुक, ट्वीटर, गुगलजस्ता कम्पनीमा सुरुवाती चरणमा सर्बसाधारणले लगानी गर्न पाएनन् । यस कानुन बनेपछि सबैले लगानीगर्न बाटो खुलेको हो ।

कम्पनीले साधारण शेयर निष्कासन नगरुञ्जेल ठूलो लगानीकर्ताबाट रकम जुटाउनु पथ्र्यो । त्यसपछि कम्पनीले मुनाफा गर्न थालेपछि मात्र सेयर निस्कासन गर्न पाउँछ । साधारण शेयर निष्कासनअघिको अवस्थामा वृद्धिदर धेरै हुन्छ । त्यसपछिको अवस्थामा वृद्धिदरमा कमी आउने भएकोले जति अगाडि लगानी गर्नेहरु नै कम्पनी सफल हुर्दा झन धनी बन्ने अवस्था सृजना हुन्थ्यो ।

अझ भन्नुपर्दा रुपमा लगानीगर्ने धनीहरु नै अझ धनी भन्ने भए । त्यसैले रिक्स लिन सक्ने साना लगानी कर्ताहरुले पनि लगानी गर्न सकुन भनेर अमेरिकाले रेगुलेशन ए प्लस अन्तर्गत २०१५ बाट नयाँ कानुन ल्याएर भबिश्यमा संभावना बोकेका स्टार्ट अप कम्पनीमा साना लगानीकर्तालाई लगानीको अवसर दियो, वास्तवमा त्यही नै हो मिनी आइपिओ । यसले धनी झन धनी हुने अवस्था तथा साना लगानीकर्ताले लगानी नै गर्न नपाउने अवस्थाको अन्त्य गरिदियो ।

अमेरिकन सेक्युरिटी एक्सचेन्ज कमिशन अन्तर्गत रहेको रेगुलेशन ए प्लस (मिनी आईपीओ) को नियमानुसार लगानी गर्नको लागि धनी हुनैपर्छ भन्ने प्रावधान हटेको छ । आफ्नो कमाइको थोरै रकम बचत गर्नेहरुले समेत लगानी गर्न पाउने भएकाले कम्पनीले प्रगति गरेअनुसारको प्रतिफलको हिस्सा उनीहरुले पनि पाउँछन् ।

फेसुबक, ट्वीटर, स्न्यापच्याटलगायतका विशेषता एकै ठाउँ भएको फरक खालको सामाजिक संजाल सगुनले पहिलो पटक सर्वसाधारणले लगानी गर्न पाउने गरी सेयर जारी गरेर अन्तराष्ट्रिय जगतमा चर्चा बटुलिरहेको छ । सगुनको सेयरमा यही जुलाई २६ सम्म संसारको जुनसुकै कुनाबाट पनि लगानी गर्न सकिने ब्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

अमेरिकी सेक्युरिटीको लामो कानुनी प्रकृया पुर्याएर स्वीकृति पाएको सगुनको यो मिनी आइपिओ यसरी पुन पब्लिकमा यसरी अव नआउने समेत बताएको छ । आफ्नो क्षमता हेरेर लगानी गर्न समेत एनआरएनका संस्थापक अध्यक्ष तथा बिलिनियर उपेन्द्र महत्तोले भिडियो मार्फत यस अघि नै बताइसकेका छन् ।

सगुनका संस्थापक गोविन्द गिरी आफ्ना अनुभव सेयर गर्न र हाम्रा गतिविधिलाई व्यवस्थित गर्न एउटै छानामुनी सबै खालका सुविधा सगुनमा उपलब्ध हुने बताउँछन् ।

मानिसको अनलाइन आइडेन्टिटीलाई आफ्नो पकेटमै फिट गर्ने आफ्नो लक्ष्य रहेको गिरी बताउँछन् । सगुनको एपमा माइ डे, सेक्रेट, मुड टक जस्ता फरक खालका फिचरहरु निक्कै रोचक र नयाँ छन् । तिनले प्रयोगकर्तालाई फरक प्रकारको अनुभूति दिन्छन् ।

सगुनले युजरलाई स्मार्ट कार्ड दिने नयाँ योजना ल्याएको छ । प्रयोगकर्तालाई सगुन चलाउँदा भएको कमाइको हिस्सा बाँड्ने योजना पनि सगुनको छ । सगुनका संस्थापक गिरीले पनि अमेरिकी कानुनको लामो प्रकृया पुर्याएर ल्याइएको मिनीआइपिओमा कम्पनीबारेमा बुझेर क्षमता अनुसार लगानी गर्न सुझाव दिएका छन् ।

सगुनमा लगानी गर्न www.sagoon.com/invest मा गएर फर्म भरेर बैकबाट वायर गरेर तथा डेबिट वा केड्रिटबाट समेत लगानी गर्न सकिन्छ । सगुनको पेजमा भएको लाइभच्याटबाट समेत जानकारी पाउन सकिनेछ ।

नेपालबाट भने बिदेशी कम्पनीमा लगानी गर्न कानुन बनिनसकेकोले नेपालभित्रबाट भने लगानी गर्न सकिदैन तर बिश्वभर छरिएर रहेका तथा त्यस देशमा बैक खाता भएका ब्यक्तिहरुले यहि जुलाइ २६ तारिक अमेरिकी न्यूवोर्क टाइमको मध्यरातसम्म लगानी गर्न सक्नेछन् । त्यसका लागि लगानीकर्ताको बैंक खाता हुनु पर्छ । बैंकबाट वायर ट्रान्सफर गरेर वा डेविट÷क्रेडिट कार्डमार्फत पनि सेयर खरिद गरेको रकम तिर्न सकिन्छ ।

एउटा साधारण कम्पनीमा लगानी गर्नु र स्टार्टअपमा लगानी गर्नुबीच ठूलो भिन्नता रहेको हुन्छ । स्टार्टअपमा लगानी गर्नु एउटा ठूलो अवसर पनि हो । त्यसैगरी जोखिम पनि बढी र राम्रो भए आम्दानी पनि म्याजिकल रुपमा रुपमा बढ्ने छ । स्टार्टअपमा एकसय डलर लगानी गर्नेले कम्पनी राम्रो हुँदा मिलियन डलरमा रिर्टन लिएका उदाहरण पनि छन् । स्मरण रहोस स्टार्टअप कम्पनी उवरमा २०१० मा १०० डलर लगानी गरेकाहरुको २०१५ मा १ मिलियन डलर भएको उदाहरण छन् । त्यसैगरी सुरुवाति चरणमा स्टार्टअफ कम्पनी स्न्यापच्याटमा लगानी गरेको केही हजार डलर आज आएर केही मिलियन डलर भएका उदाहरण धेरै भेटिन्छन् । यसरी लगानी बढ्ने कुरा बैक तथा अन्य कम्पनीहरुको सेयरमा लगानी गरेर सम्भव नै हुदैन ।


क्लिकमान्डु