‘प्राज्ञिक थलोले वित्तीय क्षेत्रको लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्यो’




ललितपुर । जनभावना क्याम्पसले विश्वविद्यालय अनुदान आयोग तथा गोदाबरी नगरपालिकाको सहकार्यमा ‘एकाडेमिया–इन्डस्ट्री डाइलग’ कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा वित्तिय संस्थाका प्रमुख कार्यकारी, उद्योगका प्रबन्ध निर्देशक, सहकारी सञ्चालक तथा प्रवन्धक, त्रिविका व्यावस्थापन संकायका प्राध्यापक एवं विद्यार्थीको सहभागिता थियो ।

डाइलगका सहभागीले वित्तीय प्राज्ञिक थलोले वित्तीय क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए । प्राज्ञिक थलोले आफूहरूको आवश्यकता पूर्ति गर्ने खालका जनशक्ति उत्पादन गर्न वित्तिय क्षेत्रको समष्ठीगत प्रतिनिधित्व गर्ने खालका व्यावहारिक ज्ञान सिकाउनु पर्ने उल्लेख गरे ।

कार्यक्रम उद्घाटन गर्दै प्रदेश ३ का उद्योग, बन तथा पर्यटन मन्त्री अरुण नेपालमा राजनैतिक संक्रमण अन्त्य भएको उल्लेख गर्दै सम्मृद्धिको यात्रामा लाग्नुपर्ने बेला आएको औल्याए । स्थानीय, प्रदेश तथा केन्द्र सरकारले सम्मृद्धिको यात्रामा हिँड्ने प्रयास गरेको उल्लेख गर्दै मुलुक सम्मृद्धिको यात्रामा जनभावना क्याम्पस जस्ता सामुदायिक क्याम्पसले सहयोग गर्नुपर्नेमा जोड दिए ।

जनताका लागि खोलिएका सामुदायिक क्याम्पसहरूले पनि मुलुकको विकासका लागि ठूलो भूमिका निर्वाह गर्नेतर्फ उनले सचेत गराए ।

कार्यक्रममा ललितपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य नवराज सिलवालले एउटा मानिस मात्रै धनी भएर समग्र समाजको प्रतिनिधित्व नहुने उल्लेख गर्दै व्यापारिक समुदायले आर्जन गर्ने नाफा समाज हितका लागि खर्च गर्दै जानु पर्नेमा जोड दिए । उनले गरिबै गरिबको बीचमा बस्दा धनी पनि सुरक्षित हुँदैन भने ।

ललिपतुर क्षेत्र नं १ प्रदेश सभासभासद् लालकुमारी पुनले आफूले समानताका लागि लामो लडाई लडेको उल्लेख गर्दै तर पनि यो लडाईले अझै पूर्णता पाउन नसकेको बताइन् ।

गोदाबरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले दक्षिण ललितपुरको शिक्षाका लागि जनभावना क्याम्पसले पु¥याएको योगदान उच्च रहेको उल्लखे गर्दै जनभावना क्याम्पसलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको जनाए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै डा.बलराम चापागाईले वित्तीय संस्थाहरूले सिएसआर कानुन मात्रा मानेर नभई समाजप्रतिको उत्तत्वदायित्व बहन गर्नुपर्नेमा जोड दिँदै संस्थाहरूले जिम्मेवारीपूर्ण नाफा कमाउनु पर्ने उल्लेख गरे ।

उनले सामाजिक कामका लािग खर्च गर्न सके वित्तिय संस्थाले सिएसआरको दायित्व पुरा हुने बताए ।

सनिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सबै कुरामा जिज्ञासा राख्ने पुस्ता उत्पादनका लागि प्राज्ञिक थलोले योगदान गर्नुपर्नेमा जोड दिए ।

‘प्रश्न नै प्रश्न गर्ने पुस्ता अहिलेलेका आवश्यकता हो’ उनले भने ।

नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ति सापकोटाले वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीले सेवाग्राहीलाई सन्तुष्ठि दिन सक्ने हुनुपर्नेमा जोड दिँदैमा अहिले यस्ता कर्मचारी पाउन कठिन भएको अवस्था आएको औंल्याए ।

खजुरीको नेपालका प्रबन्ध निर्देशक जगन्नाथ मजर्हनले व्यावहारिक अनुभव र ज्ञान भएका कर्मचारीले उद्योगथ क्षेत्रलाई सधैं आवश्यक रहने उल्लेख गर्दै यस्ता कार्यक्रमले प्राज्ञिक क्षेत्र र उद्योगबीच नजिक ल्याउन ठूलो भूमिका खेल्ने बताए ।

ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैकले सिएरआर लागू गर्नु अघि नै यो कार्य गरिरहेको जनाउँदै सिएसआरको रिसोर्स सहि ढंगबाट उपयोग हुन नसकेको औंल्याएका थिए ।


क्लिकमान्डु