गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा २ मोडालिटी



काठमाडौं । सरकारले निर्माण अन्तिम चरणमा पुगेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मोडालिटीमा छलफल सुरु गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणमा तीब्रता लिएसँगै सञ्चालनका २ मोडालिटीमा छलफल सुरु गरेको हो ।

प्राधिकरणले विमानस्थल सञ्चालनको दुई मोडालिटी अगाडि सारेको छ । प्राधिकरणका महानिर्देशक सन्जीव गौतमले विमानस्थल सञ्चालनमा पीपीपी (सार्वजनिक निजी साझेदारीमा ) मोडालिटी लागू हुने सम्भावन रहेको बताए ।

पीपीपी मोडलको तय भइ कम्पनी छनोट नहुँदासम्म भने प्राधिकरण आफैले विमानस्थल सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ ।

प्राधिकरणले मोडालिटी तय नहुँदासम्म अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जुन तवरबाट भएको छ त्यही तवरबाट सञ्चालन हुने बताए ।

सरकारले सन् २०१९ लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन वर्षको रुपमा लिने भएको छ ।
विमानस्थल निर्माणमा अहिले कुनै अवरोध छैन । विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदारले नर्थवेस्ट सिभिल एभिएसनले काममाा तीब्रता थिएको छ ।

सन् २०१८ को जुलाईसम्म विमानस्थल निर्माण सम्पन्न भइसक्नु पर्ने भएपनि सरकारले एक वर्षको म्याद थप गरिसकेको छ । थप भएको म्यादमा विमानस्थलको निर्माण सम्पन्न हुने गौतम बताउँछन । निर्माणमा प्रगति नदेखिने र गाह्रो काम सम्पन्न भइसकेको छ ।

चिनियाँ कम्पनीले जुनसम्म ५० प्रतिशत भन्दा बढी काम गरिसकेको छ ।पाँच महिना अगाडिसम्म विमानस्थल निर्माणमा २८ प्रतिशत भन्दा बढी काम भएको थिएन् । प्रमुख लगानी कर्ता एडीबीको चेतानावी पछि ठेकेदारले काममा तीब्रता दिएको छ । सन् २०१८ को जुलाईसम्म निर्माण कम्पनीले ६० प्रतिशत काम सक्ने तयारीका साथ काम गरिरहेको प्राधिकरणले जनाएको छ ।

तर, निर्माण कम्पनी र प्राधिकरणबीच भएको यसअघिको सम्झौताअनुसार यही जुलाईमा विमानस्थल निर्माण सम्पन्न हुनुपथ्र्यो । तर, समय थप भएसँगै अब चिनियाँ निर्माण कम्पनीले सन् २०१९ को जुलाईसम्म समय पाएको नेपाल नागरिक प्राधिकरणका महानिर्देशक गौतम बताउँछन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ गते गौतम बुद्ध विमानःथल निर्माणको औपचारिक उद्घाटन भएको थियो । निर्माणले तीव्रता लिएको छ ।

यस्तो बेला ठेक्का रद्द गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिमा भएको ढिलाई हुने सम्भावना बढी हुन्छ । फेरि, ठेक्का रद्ध गर्दा विमानस्थल निर्माणको लागत पनि बढ्ने गौतम बताउँछन् ।

सन् २०१४ नोभेम्बर १३ मा कुल ८५.५५७ मिलियन डलरको परियोजना प्राधिकरणले चिनियाँ कम्पनीसँग आईसीबी १ नम्बर परियोजनाका लागि ७८.३ मिलियन डलरमा निर्माण सम्झौता गरेको थियो ।

जसअन्तर्गत तीन हजार मिटर रनवे निर्माण, प्यारलल ट्याक्सीवे, रनवे र प्यारलल ट्याक्सी वे जोड्न ‘एग्जिट वे’ निर्माण, खोला फर्काउने, टर्मिनल भवन, टावर कन्ट्रोल भवन, प्रशासनिक भवन, अग्नि नियन्त्रण कार्यालय र जेनेरेटर घर निर्माणको काम रहेको छ ।

पहिलो पटक भएको सम्झौतामा सम्पन्न मिति सन् २०१७ डिसेम्बर तोकिएको थियो । तर, सन् २०१५ अप्रिलको विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले काममा अवरोध भएकाले सन् २०१८ को जुलाईसम्म समय थपिएको थियो । योसँगै निर्माण कम्पनीले दोस्रोपटक फेरि एक वर्षको समय पाएको छ ।


पुष्प दुलाल