शिवम् सिमेन्टको आइपिओः सर्वसाधारणलाई भन्दा प्रवर्द्धकलाई फाइदा



काठमाडौं । नेपाली सेयर बजारमा सिमेन्टको इतिहास लगानीकर्ताको हितमा छैन । सर्वसाधरणलाई सेयर जारी गरेको हिमाल सिमेन्ट बन्द भयो यसको सम्पत्ति रहेको चोभार व्यवस्थापन हुन सकेको छैन ।

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको अधिपत्य ८० प्रतिशत छ । राष्ट्र बैंक र बीमा समितिले नीतिगत व्यवस्था परिवर्तन गर्दा सेयर बजारमा प्रभाव पर्छ । जसको असर बैंक र बीमा बाहेकका कम्पनीलाई पनि पर्ने गरेको छ ।

धितोपत्र बोर्ड लगायत नीति निर्माताले जहिले पनि सेयर बजारमा बैंक र बीमाको मात्र अधिपत्य भएको पुँजी बजार अर्थतन्त्र ऐना बन्न नसकेको टिप्पणी हुने गरेको थियो ।

पुँजी बजार अर्थतन्त्रको ऐना बन्न नसकेको हुँदा उत्पादन मुलक तथा अन्य कम्पनीलाई भित्राउने विषयमा लामो समयदेखि गृहकार्य चलिरहेको थियो ।

बोर्डले उत्पादन मुलक क्षेत्रका कम्पनीलाई सेयर बजारमा भित्राउन दिनको लागि सेयर जारी गर्नुपर्ने हिस्सा १० प्रतिशत र प्रिमिय मुल्यमा सेयर जारी गर्न दिने सुविधा गर्यो । जस अनुसार धेरैपछि उत्पादन मुलक क्षेत्रबाट शिवम सिमेन्टले १२ प्रतिशत सेयर सर्वसाधरणको लागि बिक्री गर्दै छ ।

धितोपत्र बोर्डको प्रिमियम मुल्यांकन आधारमा वैज्ञानिक नभएको कारण जनताबाट ठूलो रकम उठाएपनि फाइदा जनतालाईभन्दा बढी प्रवर्द्धकलाई मात्र हुने भएको हो ।

जसमा ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित बासिन्दाको लागि र १० प्रतिशत सेयर ४४ लाख कित्ता सेयर सर्वसाधारणको लागि जारी गर्दै छ । जसमा आयोजना प्रभावितका लागि प्रिमियम सहित ३ सय र सर्वसाधारणलाई ४ सय रुपैयाँमा सेयर बिक्री गर्दै छ ।

इक्रा नेपालले ३ प्लस ग्रेडिङ गरेको आइपिओबाट सर्वसाधरण लगानीकर्तालाईभन्दा बढी फाइदा भने प्रवद्र्धकलाई हुने छ ।

सेयर बजारमा उत्पादन मुलक कम्पनीको सेयर सूचिकृत हुने एउटा फाइदा राम्रो भएपनि यसबाट सर्वसाधारणलाई सोचे अनुसारको फाइदा भने हुने छैन ।

शिवम सिमेन्टले सर्वसाधरणबाट १ अर्ब ३२ करोड सर्वसाधारण र आयोजना प्रभावितको बाट १७ करोड ६० लाख रुपैयाँ प्रियिममबाट उठाउने छ । अर्थात् कम्पनीले १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ प्रवद्र्धकबाट थप संकलन गर्ने छ ।

सेयर बजारका विश्लेषक प्रकाश तिवारी शिवम सिमेन्टको आइपिओले प्रवद्र्धकलाई मात्र फाइदा गर्ने बताउँछन् ।

‘सेयर बजारको दायरा विस्तारको लागि उत्पादन मुलक कम्पनीहरु आउनु आवश्यकपनि छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर, जसरी प्रिमियमको मुल्यांकन गरियो त्यो वैज्ञानिक छैन ।’

उनले यसरी आउने कम्पनीको लागि बुक बिल्डिङको योजना धितोपत्र बोर्डले ल्याउनुपर्ने बताए । शिवम सिमेन्टले चैत मसान्तसम्म ९३ करोड ६६ लाख रुपैयाँ फाइदा गरेको छ ।

शिवमको चुक्ता पुँजी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । चुक्ता पुँजीको करिब ४० प्रतिशत रकम हाल्दापनि सर्वसाधरणको हिस्सा भने कम्पनीमा जम्मा १२ प्रतिशत हुन्छ ।

धितोपत्र बोर्डको प्रिमियम मुल्यांकन आधारमा वैज्ञानिक नभएको कारण जनताबाट ठूलो रकम उठाएपनि फाइदा जनतालाईभन्दा बढी प्रवद्र्धकलाई मात्र हुने भएको हो ।

बैंकमा जस्तो उत्पादन मुलक कम्पनीमा संस्थापक र साधरण सेयरधनीको सेयरको मुल्य फरक हुँदैन । यस आधारमा कम्पनीको मुल्यांकन बढ्ने हुँदा प्रवर्द्धकलाई फाइदा हुन्छ । जसबाट प्रवद्र्धकले लिन सक्ने ऋण लगायतका सुविधा बढ्ने छ ।

कम्पनीको दैनिक उत्पादन क्षमता ३ हजार मेट्रिक टन रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७ अर्ब १० करोड रुपैयाँको सिमेन्ट बिक्री गरेको देखाएको छ ।

 


पुष्प दुलाल