आतंकबादको पर्याय बन्दै टोयटा गाडी (भिडियोसहित)



सन् २००१ मा सेप्टेम्बर हमलापछि अमेरिकाले आतंककारी संगठन तालिवान विरुद्ध कडा नीति लियो । आतंकवाद विरुद्धको यो युद्धमा एउटा अचम्म लाग्दो ट्याटु फेला परेको थियो ।

सैनिक कारबाही विश्लेषक डेविड किल्यलेनले एक तालिवानी लडाकुको पाखुरामा बनेको ट्याटु देखे । लडाकुले अफगानस्थनमा प्रयोग नहुने शैलीको ट्याटु बनाएका थिए ।

उत्त ट्याटु थियो क्यानडाको राष्ट्रिय झण्डामा प्रयोग हुने म्यापलको पात । रहस्यको पर्दा खुल्दै जाँदा यो म्यापल पात ट्याटुको सम्बन्ध अर्को टोयटा गाडीसँग जोडिएको पाईयो ।

डेविडका अनुसार अफगानस्थानमा टोयटा हायलेक्स ट्रकलाइ इञ्जत र सम्मानको पर्यायका रुपमा हेरिन्छ । क्यानडबाट अफगानस्थन ल्याईने टोयटा गाडीमा म्यापलको चित्र कोरिएको हुन्थ्यो । यहि चित्र लडाकुले ट्या्टुको रुपमा प्रयोग गरे ।

अफगानस्थनमा म्यापलको चित्र कोरिएको टोयटा गाडी मात्रै सक्कली ठान्ने गरिन्छ ।

सन् २००१ मा न्युर्योक टाइम्समा छापिएको एक खबर अनुसार अलकायदा प्रमुख ओसामा विन लादेन र उनका फौजी कमाण्डर मुहम्द आतिफ पनि टोयटाको ल्याण्ड क्रुसियर नै प्रयोग गर्ने गर्थे ।

सन् २००१ मा सार्वजनिक भएको भिडियोमा अतिफ र उनका सहयोगीलाई ल्याण्ड क्रुसियर गाडिसँग देखिएको थियो । जहाँ गाडीमाथि रातो बत्ति पनि जडान गरिएको थियो ।


टोयटा कम्पनीनेले भने गएका ५ वर्षमा अफगानस्थानमा एउटा मात्रै ल्याण्ड क्रुसियर पठाएको बताएको थियो । टोयटाका अनुसार सन् १९९७ मा टोयटाले आधिकारिक तवरमा अफगानस्थानमा ल्याण्ड क्रुसियर बेचेको थियो । अहिले पनि टोयटाको सेल्स या डिस्ट्रीब्युटर अफगानस्थानमा छैन ।

राईफलमा एके ४७ जस्तै टोयटा हायलेक्स

टोयटाले हायलेक्सको पहिलो उत्पादन सन् १९६८ मा गरेको थियो ।

बीबीसीका अनुसार हायलेक्सको प्रयोगले नै तालिवानी लडाकु मजबुत बनेका थिए । टोयटा हायलेक्सप्रतिको लगाव अफगानस्थनमा मात्रै होइन संसारभरका आतंकवादी संगठनमा रहेको पाइन्छ । केही वर्षअघि न्युज विक नामक पत्रिकामा प्रकाशित एक रिर्पोटका अनुसार गुरिल्ला लडाईमा टोयटा हायलेक्स अत्याधिक मात्रामा प्रयोग भएको छ ।

अफगानस्थान, सोमालिया निकारागुआ र चाड जस्ता देशमा यो गाडीको प्रयोग हतियारको रुपमा गर्ने गरिन्छ । वर्षेनि हायलेक्स ल्याण्ड क्रुसियर गाडीको बिक्री संख्या पनि बढिरहेको छ ।

सोमालिया

आतंकारी गतिविधिमा पहिलोपटक सोमालियामा टोयटा हायलेक्स प्रयोग भयो । ६० को दशकमा सोमालिया र इथोपियाबीच भएको सीमा विवादमा यो गाडी प्रयोग गरिएको थियो ।

त्यसपछि टोयटा गाडी समुन्द्री लुटेराको रोजाईमा पर्न थाल्यो । न्युयोर्क टाईम्सले समुन्द्री लुटेराको छनौट हायलेक्स शिर्षकमा एक लेख पनि प्रकाशित गरेको थियो ।

सिरिया

सन् २०१४ मा अमेरिकाले सीरियन विद्रोही फौजलाई हतियार सहयोग गरेको थियो । उत्त सहयोगमा ४३ वटा हायलेक्स ट्रक पनि सामेल थिए ।

सीरियन विद्रोही संगठनले अमेरीकासँग हायलेक्स ट्रकको विशेष माग गरेका थिए । यस बाहेक बेलायतले पनि सीरियाका विद्रोहीलाई टोयटा हायलेक्स नै सहयोग दिएको थियो ।

आईएस

आईएसले जारी गर्ने सबै भिडियोमा टोयटा ट्रक देखिन्छ । अमेरीकाका लागि संयुक्त राष्ट्र संघका पूर्वराजदुत मार्क वेलेसका अनुसार टोयटा गाडी अब आतंकावादीको पहिचान बनेको छ । अमेरीकाले टोयटासँग यस विषयमा प्रश्न गर्दा उसले कुनै पनि स्थापीत कम्पनीले गाडीको अवैध बिक्री रोक्न नसक्ने जवाफ दिएको थियो ।

अमेरीका र यूरोपियन देशले सीरियन विद्रोहीलाई टोयटा गाडी सहयोग गर्ने गर्छन् । सीरियाबाट नै अन्य देशका आतंककारीले टोयटा गाडी चोर्ने गरेको बताईन्छ ।

यस बाहेक पनि अन्य देशबाट चोरी भएर टोयटा गाडी आतंककारीसम्म पुग्ने गर्छ । एक अष्ट्रेलिय रिर्पोटका अनुसार सन् २०१४ देखि २०१५ को अवधिमा ८ सय भन्दा धेरै टोयटा ट्रक अष्टे«लियाबाट चोरी भएका छन् । यसरी संसारभरबाट चोरी हुने टोयटा गाडी आतंककारी संगठन सम्म पुग्ने गर्छन् ।

टोयटा युद्ध

सन् १९१४ को पहिलो विश्वयुद्धमा जर्मन र फ्रान्स युद्धमा थिए । युद्धमा जर्मनको सामना गर्नको लागि पेरिसमा अत्याधिक सैनिक पठाउनुपर्ने अवस्था थियो ।

फ्रान्सले ६ सय वटा ट्याक्सीको सहयोगले ६ हजार भन्दा धेरै सैनिक मरेन नदी किनारा पुर्याएको थियो । आश्चर्यजनक तवरमा फ्रान्सले यो युद्ध पनि जित्यो । कुनै पनि युद्धमा अत्याधिक संख्यामा कार प्रयोग गरिएको यो पहिलो पटक हो ।

यस्तै दुर्लभ घटना अफ्रिकी देशमा पनि भएको छ । लीबियाले सन् १९७२ मा चाडको उत्तरी भाग आओजोउमा कब्ज गरेको थियो । यो भुभागलाई लिएर दुई देशबिच लामो समयसम्म युद्ध चलेको थियो ।

सन् १९८७ मा समाप्त भएको यो युद्धमा फ्रान्सले चाडलाई ४ सय वटा टोयटा हायलेक्स ट्रक सहयोग गरेको थियो । यी ट्रकको पछिल्लो भागमा मेसिन गन जोडिएको थियो । युद्धमा हात हतियार र सैनिक सवारी सहयोग गर्नुको साटो फ्रान्सले सामान्य देखिने टोयटा हायलेक्स सहायोग गर्यो ।

मिडिया ड्राईभ नामक समाचार संस्थाका अनुसार टोयटा गाडी खरिद गर्नु सैनिक ट्याकं खरिद गर्नुभन्दा ४ प्रतिशत कम खर्च लाग्छ । यस बाहेक मेसिन गन र लञ्चर फिट गरिएको हायलेक्स ट्रकको अगाडी जंगी ट्यांक पनि कमजोर सावित हुनसक्छ ।

कम तौल, चलाउन सजिलो र १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा गुड्न सक्ने टोयटाको सहयोगले नै चाडले लीबियासंगको युद्ध जित्यो । हतियार र सैनिक संख्यामा निकै कमजोर मानिएको चाडले यो युद्ध जितेपछि यो युद्धलाई टोयटा वारको नाम दिईयो ।

टोयटा हायलेक्स किन आतंकारीको छनोटमा पर्छ ?

धेरैजसो विज्ञका अनुसार टोयटा हायलेक्सको ट्रकको कम तौल, द्रुत गति, हतियार सहित २० जना अटाउन सक्ने क्षमताको कारणले गर्दा हायलेक्स आतंकारी वा गुरिल्ला समुहको छनौटमा पर्ने गर्छ ।

बेलायका अटोमोबाईल विज्ञ डा. अलस्टेयर फिनलानका अनुसार हायलेक्समा ५० क्यालिभरको मेसिन गन मात्रै जोड्दा यो गाडी एउटा मजुबत सैनिक ट्यांकभन्दा बलियो हुन्छ ।

टोयटाका डिजाइन डिभिजन प्रेसिडेन्ट केविन हन्टरका अनुसार हायलेक्स हलुको तौलको गाडीको रुपमा तयार गरिएको हो । ठूला टायर लाग्ने यो ट्रकको ग्राउण्ड क्लीरियन्स पनि निकै धेरै छ । जसका कारण यो गाडी पहाड, हिलो र कच्ची बाटोमा पनि सहजै चलाउन सकिन्छ । यस बाहेक ४ ह्विल ड्राईभ पनि यसको अर्को विशेषता हो ।

सन् २००६ मा बीबीसले तयार गरेका टप गियरमा १८ वर्ष पुरानो हायलेक्स गाडीमाथि विभिन्न प्रयोग गरिएको थियो । १ लाख ९० हजार माईल कुदेको उक्त गाडीलाई, पर्खाला तथा रुखमा ठोक्काईएको थियो । पाँच घण्टा समुन्द्रमा डुबाईएको थियो ।

यति गर्दा पनि यो गाडी सामान्य जस्तै चलिरहेको थियो । यसपछि यसलाई अग्लो स्थनबाट खसाईएको थियो । र, यो गाडीमाथि ठूलो तौलका अन्य गाडी खसाईएको थियो । यति गर्दा पनि यो गाडीको क्लच, गियर, स्टेरिगंमा कुनै असर परेको थिएन । यहाँसम्मकी गाडीको स्पिड मिटर पनि काम गरिरहेको थियो ।

टोयटा मात्रै संसारको बलियो गाडी उत्पादन गर्ने कम्पनी होइन । टोयटा बाहेक अन्य कम्पनी पनि यस्तै मजबुत गाडी उत्पादन गर्ने गर्छन् । तर टोयटा मात्रै किन आतंकारी संडगठनको पहुँचमा पुग्यो भन्ने प्रश्नको जवाफमा विज्ञहरु भन्छन् ।

सुरुवाती चरणमा टोयटाले आफ्ना गाडी रेडक्रस र संयुक्त राष्ट्रसंघ जस्ता मानव कल्यायणसंग जोडिएका संस्थालाई उपलब्ध गराएको थियो । गएका ४ दशकमा टोयटाले विश्वभरका यस्ता संगठनलाइ करिब १ लाख ५० हजार गाडी उपलब्ध गराएको छ ।

प्रतिष्ठित संस्थाले प्रयोग गर्ने गाडीको परिचय बनाएको टोयटा यिनै प्रतिष्ठित संस्थानबाट पनि चोरी भएको बताइएको छ । यी संस्थाहरु विद्रोही संगठनसंग प्रत्यक्ष जोडिएर काम गर्ने भएकाले पनि विद्रोही संगठनलाई टोयटासम्म पुग्न सहज भएको अनुमान धेरैको रहेको छ ।


पुष्प दुलाल